कैलाली, पुस १२/जानकी गाउँपालिका, स्वास्थ्य शाखा, दुर्गौलीको आयोजनामा "सुत्केरीलाई उपाध्यक्ष पोषण कार्यक्रम" सम्पन्न भएको छ। पुस १२ गते जानकीनगर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको हो। कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाको संयोजकत्वमा पोषण सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा वडानम्बर २ का कार्यवाहक वडा अध्यक्ष योगेन्द्र बम, वडाका सम्पूर्ण सदस्यहरू, व्यवस्थापन समितिका सदस्यहरू, र स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सी.अ.न.मि. शोभा चौधरी, जानकीनगर स्वास्थ्य शाखाका ईन्चार्ज, र अन्य स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको छ। यो कार्यक्रमले सुत्केरी महिलाहरूलाई पोषणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ। जानकी गाउँपालिकाले स्वास्थ्य र पोषण क्षेत्रलाई प्राथमिकतामा राख्दै…
दुर्गाैली, पौष ११ – जानकी गाउँपालिकालाई "थारु लोक कलाको हव" बनाउने योजना अन्तर्गत आज एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा प्र.प्र.अ. सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रप्रसाद काफ्ले 'थुम्केली', प्राज्ञपरिषद्का सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, र सौरगंगा दर्शनधारीले पनि सहभागिता जनाए। कार्यक्रममा थारु समुदायको मौलिक संस्कृति, लोक कला र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै जानकी गाउँपालिकालाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने विषयमा गहन छलफल गरियो। सहभागीहरूले थारु कलाको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। गाउँपालिका अध्यक्ष चौधरीले थारु कलाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय स्तरमा पर्यटन…
भजनी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो…
भजनी, पौष १० खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका वडा नं. १ गरी १६ जना छन् । २०८१ मंसिर १६ न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका वडा नं. १, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो । मह विक्रेताले मरेका मौरी, मौरीको घार र मह अलग अलग भाँडामा राखेको अवस्थामा फेला परेका थिए । मरेका मौरी र सुकेको घार अलग अलग बाल्टीमा र मह प्लास्टिकका…
भजनी १० पौष/कैलालीका विभिन्न ठाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।जिल्लाको दक्षिणी सीमावर्ती भजनी नगरपालिका वडा नं. ३ सरदार चोकस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका १८ वर्षीय किशोर पक्राउ परेका हुन् । ती किशोरलाई ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३० वर्षीय श्रबण चौधरी पक्राउ परेका हुन् । चौधरीलाई ३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुस ८ टीकापुर: नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री, निष्ठावान सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ति टीकापुरस्थित कैलाशेश्वर वेद विधा आश्रममा विशेष कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा आश्रमका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने सत्कार बुक्सका श्री बिरेन्द्र रावललाई विशेष धन्यवाद दिइएको छ। उक्त पुस्तक वितरण कैलाली जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति प्रकाश शाह बाट गरिएको हो। कार्यक्रममा सहभागीहरूले स्व. भट्टराईको योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरेका हुन। नेपाली कांग्रेसका यो महान् व्यक्तित्वले देश र लोकतन्त्रका लागि पुर्याएको योगदान सधैं प्रेरणादायी रहेको वक्ताहरूले बताए।
पुष ०७ ,दिपक संगम विश्वकर्मा /टीकापुर: कैलालीस्थित वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले अब शुल्क तिर्नका लागि बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।उक्त क्याम्पसका स्ववियु सभापति नवीन अधिकारीका अनुसार विद्यार्थीहरूको सुविधा र समस्यालाई मध्यनजर गर्दै शुल्क भुक्तानी प्रक्रियालाई सहज बनाउन गोलोबल बैंकसँग सम्झौता गरी नयाँ प्रणालीको थालनी गरिएको जनाएका छन्। अधिकारीले बताएअनुसार, अब क्याम्पसभित्रै शुल्क तिर्ने व्यवस्था मिलाइएको छ, जसले विद्यार्थीहरूको समय र श्रम बचत हुने अपेक्षा गरिएको छ। गोलोबल बैंकसँग गरिएको सहकार्यले डिजिटल माध्यमबाट शुल्क भुक्तानीको व्यवस्थालाई पनि प्राथमिकता दिने योजना रहेको छ। उक्त नयाँ व्यवस्थाले विद्यार्थीहरूलाई सहजता प्रदान गर्नुका साथै क्याम्पसको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको…
कैलालीको भजनीमा रहेको दिव्य शाक्ति कृषक समूह भजनी न.पा.-८जनकपुरकाे पाँचौ साधारणसभा सम्पन्न भएको छ।समुहका अध्यक्ष खेम राज चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी न .पा.वडा न.८ काे वडा अध्यक्ष पंकज चाैधरी रहनु भएको थियो।उक्त साधारण सभा तथा सुनवाई विशिष्ट अतिथि वडा सदस्य लल्टु ड.थारू, वडा न.७ काे वडा सचिव जय प्रसाद ढुङगाना, अतिथिमा सुनाैलाे ग्रा.वि.सहकारी संस्था काे संस्थापक अध्यक्ष राम फल चाैधरी तथा कृषक समूहकाे सदस्य लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत् मन्तव्य राम फल चाैधरीले गर्नु भएको थियो। समुहको आर्थिक वर्ष २०८०/०८१काेषाध्यक्ष राम बहादुर चाैधरीले ६लाख ८३ हजार ६ सय बराबरकाे आय व्याय प्रस्तुत गरेको थियो ।कार्यक्रममा प्रमुख…
दुर्गाैली: कैलाली जिल्ला जानकी गाउँपालिका, दुर्गौलीले आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना तथा कार्यक्रमअन्तर्गत सामाजिक विकासतर्फको पहलमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरूप साइकल वितरण कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष सुरेश चाैधरीले जानकारी दिएका छन्। गाउँपालिकाको वडा नं. १ अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रत्येकलाई १/१ वटा साइकल प्रदान गरिएको हो। यस कार्यक्रमले स्वयंसेविकाहरुलाई सहज गतिशीलता प्रदान गर्ने र उनीहरूको सेवा प्रभावकारिता बढाउने विश्वास गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिहरू वडा अध्यक्ष चाैधरीले स्वास्थ्य सेवामा महिला स्वयंसेविकाहरूको भूमिकाको प्रशंसा गर्दै उनीहरूको योगदानलाई थप प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। यो पहलले स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा…
कैलालीको भजनीमा / वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल र यार्ड धनगढिको संयुक्त साझेदारिमा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजनाको भजनी नगरपालिका द्वारा अनुगमन तथा पृष्ठ पोषण गरिएको छ ।अनुगनमा भजनी नगरपालिका उप प्रमुख राजु तिरुवा, निमित्त प्रशासकिय प्रमुख सूर्यबहादुर सिंह, वडा नं ५ का अध्यक्ष केशब बहादुर बुढा, स्वास्थ्य प्रमुख कैलाश चौधरी, प्रशासन अधिकृत चन्द्र देव भट्ट, शिक्षा शाखा कर्मचारी देबराज अवस्थि, महिला तथा बालकालिका शाखा जौकला सार्की , गणेशमान आ बि प्र अ जादो लाल राय र यार्ड नेपालका फिल्ड अधिकृत पिताम्बर पौडेलको सयुक्त रुपमा परियोजनाले भजनी क्षेत्रमा गरेका कृयाकलापहरुको स्थलगत अनुगमन गरि शुझाब र पृष्ठपोषण गरेको छ । अनुगमनमा…
दीपक संगम विश्वकर्मा/दुर्गाैली:कैलाली जिल्ला जानकी गाउँपालिकाको वृहत् शैक्षिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो विचार प्रस्तुत गर्दै मा रञ्जिता चाैधरिले "विद्यार्थीहरूलाई केवल पाठ्यक्रममा सीमित गर्नुको सट्टा उनीहरूलाई नैतिकता, सिर्जनशीलता, र नेतृत्व क्षमतामा पनि अगाडि बढाउनुपर्छ।"बताएकी छन्। तेस्तै "समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि विद्यार्थीहरूले राम्रो शिक्षासँगै उत्कृष्ट चारित्रिक गुण पनि अवलम्बन गर्नुपर्छ। यसरी नै हामी भविष्यमा जिम्मेवार नागरिक र सफल व्यक्तिहरू उत्पादन गर्न सक्नेछौं।" यो कार्यक्रम विद्यार्थीहरूको बहुआयामिक विकासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो, जसमा स्थानिय शिक्षक र शैक्षिक संस्थाका प्रतिनिधिहरू बिद्यार्थीहरूको विभिन्न राजनीतिदलका प्रतिनिधिहरू,समाजसेवीहरूको सहभागी थिए। कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनात्मकता र नेतृत्वको क्षेत्रको महत्त्वबारे सोच्न प्रेरित गरेको थियो, जसले उनीहरूको…
भजनी – भजनी नगरपालिका ७ चर्रा स्थित पुरैना सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई शुक्रबार धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सामुदायिक वन समितिका कार्यबाहक अध्यक्ष तथा संस्थाका उपाध्यक्ष फयाज खान ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा निवर्तमान नगर प्रमुख शेर बहादुर चौधरी रहनु भएको थियो।कार्यक्रमका विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय अधिकृत लाल वहादुर विश्वकर्म,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव डन्डी राज सुवेदी,CFCC अध्यक्ष खोज राम चौधरी रहनु भएको थियो साथै छिमेकी सामुदायिक वनका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी ,पत्रकार, तथा स्थानीय वन उपभोक्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि…
टीकापुर:विरेन्द्र विद्या मन्दिर क्याम्पसको सभाहलमा लागुपदार्थ दुरुपयोग विरुद्धको जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना क्याम्पस स्ववियु पहलमा गरिएको थियो, जसमा ईलाका प्रहरी कार्यालय टिकापुरको विशेष सहकार्य रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई लागुपदार्थको असर, रोकथामका उपायहरू, तथा समाजमा सकारात्मक भूमिका खेल्नुपर्ने विषयमा जानकारी प्रदान गरियो। प्रहरी कार्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई यस विषयमा विस्तृत रूपमा अवगत गराउँदै, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरे। क्याम्पस प्रशासनले कार्यक्रमको सफलताका लागि सहयोग पुर्याउने ईलाका प्रहरी कार्यालय टिकापुरलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, अनुशासनपूर्वक कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई पनि विशेष आभार प्रकट गरिएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सचेतना फैलाउन महत्त्वपूर्ण योगदान गर्ने…
दीपक संगम विश्वकर्मा,कैलाली /बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ढोधपुर (डुङ्या) स्थित काडा नदीमा आजदेखि तटबन्धन कार्य सुरु भएको छ। १५० मिटरको दुरीमा हुने यो तटबन्धनले नदी कटान र बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। उक्त वडाका वडा अध्यक्ष जगत बहादुर शाहिका अनुसार तटबन्धन कार्यको सुरुवातसँगै स्थानीय बासिन्दाले सुरक्षा र संरक्षणको अनुभूति गर्ने आशा व्यक्त गरेका छन्। यो परियोजनाले स्थानीय समुदायको दिगो विकास र सुरक्षित वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कामलाई समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउन सम्बन्धित पक्षहरूले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै क्रममा स्थानीयवासी र सरोकारवालाहरूले कामको निरन्तर अनुगमन गरिरहेका…
दीपक संगम विक /डोटी - बोगटान सहजपुर सडक खण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा स्थानीयवासी र यात्रुहरूलाई सास्ती भएको छ। सडकको अवस्था नाजुक भएका कारण यात्रा गर्न कठिन हुनुका साथै दैनिक जीवनयापनमा समस्या सिर्जना भएको छ। निर्माणमा भइरहेको ढिलाइले सडकका कतिपय भागमा खाल्डाखुल्डी र हिलो जमेको छ। वर्षायाममा सडक जोखिमपूर्ण बन्ने र हिउँदमा धुलोका कारण स्थानीय जनजीवन प्रभावित हुने गरेको छ। सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएपछि यात्रुहरूलाई अनावश्यक खर्च र समय बर्बाद गर्नुपरेको छ। स्थानीय बासिन्दा रामबहादुर बमले भने, "सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा हामीले दैनिक दुःख भोग्नु परेको छ। बिरामी लिएर अस्पताल लैजानु परे झन्…