विजया दशमी तथा शुभ दीपावली–२०८३ को हार्दिक मंगलमय शुभकामना
नेपालीहरूको महान् पर्व विजया दशमी तथा शुभ दीपावली–२०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी, शिक्षाप्रेमी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।यी पर्वहरूले हामी सबैमा आपसी सद्भाव, भाइचारा, एकता, प्रेम र सहकार्यको भावना अभिवृद्धि गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गरून्।
