जोशीपुर |कैलालीको जोशिपुर गाउँपालिकाका भोटेकोशीको विनाशकारी बाढीमा परी हालसम्म बेपत्ता रहेका ९ जनाका परिवारलाई भेटेर उनीहरूको अवस्था बुझिएको छ। रोजगारीका लागि रसुवा पुगेका उनीहरू बेपत्ता भएपछि परिवारले भोगिरहेको पीडा, आर्थिक संकट र बालबालिकाको भविष्यबारे बुझ्न विद्यार्थी अभियन्ता लोकेश जोशी प्रभावित परिवारको घरमै पुगेका हुन्।बेपत्ता हुनेहरूमा जोशिपुर गाउँपालिका वडा नम्बर २ का ७ जना, वडा नम्बर १ का १ जना र वडा नम्बर ३ का १ जना रहेका छन्। भौगोलिक रूपमा टाढा घटेको बाढीको घटनाले गाउँका परिवारमा गहिरो शोक र निराशा छाएको छ। परिवारसँगको भेटघाटका क्रममा अधिकांशको आर्थिक अवस्था कमजोर रहेको र दैनिक छाक टार्नसमेत कठिनाइ भइरहेको पाइएको जोशीले बताएका छन्।…
भजनी । कैलालीमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।जिल्लाको कैलारी गाउँपालिका–३, हसुलियामा बेलुका मोटरसाइकल डल्लबसँग ठोक्किँदा भजनी नगरपालिका–१ का १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको हो।से ५ प ३४६५ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको डल्लबसँग ठोक्किएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो।दुर्घटनामा डल्लब चालक राम चौधरी घाइते भएका छन्।
विजया दशमी तथा शुभ दीपावली–२०८३ को हार्दिक मंगलमय शुभकामना नेपालीहरूको महान् पर्व विजया दशमी तथा शुभ दीपावली–२०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी, शिक्षाप्रेमी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।यी पर्वहरूले हामी सबैमा आपसी सद्भाव, भाइचारा, एकता, प्रेम र सहकार्यको भावना अभिवृद्धि गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गरून्।
भजनी २८ असोज/भजनी नगरपालिका वडा नं.१ स्थित महुन्याल माद्यामिक बिद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष जगत विकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले कानुनी व्यवस्था अनुसार सामुदायिक बिधालयले कार्तिक भित्र अनिवार्य बिधालयको सामाजिक लेखापरीक्षण कार्यक्रम गरिसक्नुपर्ने बताएका छन् । बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले बिधालयको शैक्षिक गुणस्तर तथा भौतिक प्रगतिका लागि सबै क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । बिधालय प्रति सकारात्मक सुझावको अपेक्षा आफुहरुले गरेको उनको भनाई छ । भजनी…
भजनी २७ असोज।अन्तरराष्ट्रीय विपद् जोखिम न्यूनीकरण दिवस २०२६ को अवसरमा 'उत्थानशीलताको शुरूवात घरबाटै' भन्ने मूल नाराका साथ सामुदायिक विपद् व्यवस्थापन समिति टीकापुर ७ बैदीको आयोजनामा practical ACTION र BBE Group सहयोग मा अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कार्यक्रम अध्यक्ष CDMCटीकापुर ७ बैदीका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी रहनुभएको प्रमुख अतिथि सिमा सुरक्षा गुल्म खक्रौलाका सशस्त्र प्रहरी नायक उपरिक्षक नन्द किशोर महत्तो रहनुभएको विशिष्ट अतिथि टीकापुर नगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख चेत बहादुर बोहरा, विशिष्ट अतिथि नेरोसे उपशाखा नारायणपुर सभापति धनसरी कोइराला अतिथीमा आर्दश टोल विकास संस्था अध्यक्ष गोविन्द कोइराला,बल बहादुर गरन्जा ओजुवातालका अध्यक्ष कणली मा वि टीकापुर ७ सत्तीका शिक्षक राजकुमार…
भजनी,असोज २७।कैलालीको धनगढीमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। KNH काे साझेदारीमा विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)धनगढीले, बाल अधिकार संरक्षणका लागि महिला सशाक्तिकरण परियाेजना अन्तर्गत लैङ्गिक समानता कायम गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक समावेशीकरणलाई व्यवहारमा लागू गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।तालिममा सहभागीहरूलाई लैङ्गिक तथा सामाजिक विभेदको पहिचान, समावेशी व्यवहार, समान अवसरको सुनिश्चितता र संस्थागत कार्यप्रक्रियामा GEDSI को अवधारणा समावेश गर्ने विषयमा जानकारी प्रदान गरिएको थियो। तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुका साथै कार्यस्थल र समुदायमा लैङ्गिकमैत्री, अपाङ्गतामैत्री तथा समावेशी वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा…
भजनी, कैलाली। लैङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा न्यूनीकरण तथा प्रभावित केन्द्रित अवधारणासम्बन्धी एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ।DWRF Nepal को आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा साइबर केन्द्रित दृष्टिकोण, विशेषगरी लैङ्गिक हिंसासम्बन्धी विषयमा छलफल गरिएको थियो। कार्यक्रममा लैङ्गिक हिंसाका विभिन्न स्वरूप, हिंसाबाट प्रभावित व्यक्तिको अवस्था तथा उनीहरूलाई केन्द्रमा राखेर गरिने सहयोग र सम्बोधनका विषयमा विचारविमर्श गरिएको थियो। सावित्रा घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट, न्यायिक समितिका सदस्य राजेन्द्र खनाल, ईलाका प्रहरी कार्यालय भजनी प्रमुख खगेन्द्र साउद,विषयगत शाखा प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पुरुष अगुवालगायतको सहभागिता रहेको थियो।कार्यक्रममा DWRF…
सम्पादकीय ताल ठेक्काको राजस्व असुलीदेखि प्राकृतिक स्रोतको संरक्षणसम्म; राजनीतिक विवादभन्दा नगरको आवश्यकता र सार्वजनिक सेवाको प्रभावकारितामा केन्द्रित हुनुपर्ने बहस भजनी, कैलाली।भजनी नगरपालिकामा नगर प्रहरी भर्नाका लागि विज्ञापन प्रकाशित भएसँगै यसको औचित्यबारे बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध व्यक्तिहरूले विज्ञापनको विरोध गरिरहेको सन्दर्भमा नगर प्रहरीको आवश्यकता, कानुनी आधार, खर्चको औचित्य र नगरवासीले पाउन सक्ने लाभबारे तथ्यमा आधारित बहस आवश्यक देखिएको छ। स्थानीय तहको कार्यकाल सकिन करिब ६ / ७ महिना बाँकी रहेको अवस्थामा करारमा नयाँ जनशक्ति भर्ना गर्न खोजिएको विषयमा प्रश्न उठ्नु स्वाभाविक हो। तर नगर प्रहरी आवश्यक छ कि छैन भन्ने प्रश्नको उत्तर राजनीतिक समयतालिका वा कुनै…
भजनी, कैलाली । साना किसान सहकारी संस्था लिमिटेड, भजनी–१, कैलालीको आयोजनामा सोनपाल आधारभूत विद्यालय, भजनी–९, भुरुवाका १६ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष बसन्ती चौधरीले जानकारी दिनुभयो। कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका बालबालिकाको अध्ययनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
भजनी २२असोज/ भजनी नगरपालिकाको आयोजनामा मुक्त कमैया, कमलरी तथा हलियाहरूको पहिचानका लागि परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा भजनी नगरपालिका वडा नं. १ देखि ९ सम्मका ६० परिवारलाई मुक्त कमैया, कमलरी तथा हलियाको परिचयपत्र वितरण गरिएको छ। भजनी नगरपालिकामा विगतमा लगत सङ्कलन छुट भएका ७०७ परिवारलाई परिचयपत्र वितरण गरिने नगर प्रमुख केवल चौधरीले बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले सुदूरपश्चिम प्रदेशको मुक्त कमैया, हलिया तथा कम्लहरी पुनस्थापना कार्यविधि, २०८० तथा भजनी नगरपालिकाको मुक्तकमैया, कम्लहरी तथा हलिया पुर्नस्थापना कार्यविधि, २०८१ बमोजिम परिचयपत्र वितरण गरिएको जानकारी गराउनुभयो । परिचयपत्र प्राप्त गरेपछि सम्बन्धित परिवारले राज्यबाट उपलब्ध हुने सेवा, सुविधा तथा अधिकार…
भजनी, कैलाली । भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई शंकास्पद नियन्त्रणमा लिइएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–२ बगौरामा बस्ने ३४ वर्षीय राकेश शाही, लम्कीचुहा नगरपालिका–५ मोतीपुरका २० वर्षीय विज्ञान भण्डारी र लम्कीचुहा नगरपालिका–९ लम्कीका २६ वर्षीय विशाल बिष्ट भारतबाट नेपालतर्फ आउँदै गरेका बेला सशस्त्र प्रहरी बल बि.ओ. पी. कुसुमघाट सीमा क्षेत्रमा खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित थान बजाज पल्सर एनएस १२५ सीसी स.प्र.प.०१-०११प ६७१४मोटरसाइकल बरामद सहित सम्बन्धित व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको सप्रसनि उमाकान्त कँडेल बताउनु भयो।
भजनी,२०८३ असोज १६/भजनी नगरपालिकामा जलवायु परिवर्तनका प्रभाव, स्थानीय अनुकूलन तथा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम Australian Aid, The Asia Foundation तथा ClimAdaptको सहकार्यमा आयोजना गरिएको हो। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, पत्रकार, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, डल्फिन संरक्षण मञ्चका संयोजक विजय राज श्रेष्ठ तथा नगरपालिका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा देखिएका तथा आगामी दिनमा देखिन सक्ने बाढी, डुबान, नदी कटान, वन तथा जैविक विविधतामा पर्ने प्रभाव, कृषि तथा…
भजनी/गौरीगंगा नगरपालिका–६ मोयामा रहेको भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय रहेका छन् ।दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको डीएसपी हिरासिंह महराले जानकारी दिए । उनीहरूमाथि दलित समुदायका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका र कार्यालय सहयोगी माथि जातीय विभेद गरेको आरोप सहित कारबाही गर्न माग गरिएको छ ।प्रहरीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बिक, शिक्षिका बिना बिक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई र दलित विद्यार्थीमाथि जातीय विभेद गरिएको आरोप छ ।
भजनी । कैलालीमा बाढी तथा डुबानको जोखिम बढ्दै गएपछि कैलाशपुर बाँधका ढोका तत्काल खोल्न भारतीय पक्षसमक्ष आग्रह गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाका जिल्ला मजिस्ट्रेटलाई पत्र पठाउँदै कैलाशपुर बाँधका ढोका यथाशीघ्र खोल्न आग्रह गरेका हुन्। जिल्ला प्रशासन कार्यालय कैलालीले भारतीय पक्षलाई २०८३ असोज ९ गते (२५ सेप्टेम्बर २०२६) पठाएको पत्रमा पछिल्ला केही दिनदेखि सीमावर्ती क्षेत्रमा भइरहेको निरन्तर भारी वर्षाका कारण पानीको सतह तीव्र रूपमा बढिरहेको उल्लेख गरिएको छ। पानीको बहाव र सतह बढ्दै जाँदा कैलालीका सीमावर्ती तथा तल्लो तटीय क्षेत्रमा खेतीयोग्य जमिन, बालीनाली, पशुधन, भौतिक संरचना तथा मानव जीवनमा समेत गम्भीर क्षति…
भजनी, कैलाली — उद्योग वाणिज्य संघ भजनीको आयोजनामा व्यवसायी तथा व्यापारीहरूलाई लक्षित गर्दै करसम्बन्धी अन्तरक्रिया कार्यक्रम भजनीमा सम्पन्न भएको छ।उद्योग वाणिज्य संघ भजनीका अध्यक्ष जयबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख भीमप्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रशिक्षक अधिकृत तर्कराज जैशीले करसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।