Skip to main content

Bhajani Today

समाचार

आर्थिक वर्ष २०८२/०८३ का स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

आर्थिक वर्ष २०८२/०८३ का स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

भजनी, कैलाली । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी भजनीमा सम्पन्न भएको छ।भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा भदौ २२ र २३ गते भजनी प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा गोष्ठी आयोजना गरिएको हो।गोष्ठीमा भजनी नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख वडा अध्यक्षहरू, विपद् शाखा प्रमुख, वडा नं. १ देखि ९ सम्मका स्वास्थ्य संस्थाका प्रमुख तथा नर्सिङ कर्मचारीहरू साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाभित्र सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि तथा प्रभावकारिताबारे समीक्षा गरिएको थियो। साथै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा स्वास्थ्य सेवा…
Read More
आनन्द ए.जी.चर्च बाट ११ हजार १सय ११रुपैयाँ आर्थिक सहयोग

आनन्द ए.जी.चर्च बाट ११ हजार १सय ११रुपैयाँ आर्थिक सहयोग

भजनी, कैलाली । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि आनन्द ए.जी .चर्च भजनी नगरपालिका वडा नं ८ सोनाफाँटामा नयाँ स्थापना भएको आनन्द एजी चर्च बाट ११ हजार १सय ११रुपैयाँ आर्थिक सहयोग गरेको छ। भोटेकोसीमा आएको विनाशकारी विपत्तिबाट प्रभावित पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ हजार १११ सहयोग गरेको छ। विपद्को कठिन समयमा पीडितहरूको साथमा उभिँदै सहयोग गर्नुहुने आनन्द ए.जी. चर्च भजनी नगरपालिका वडा नं ८ सोनाफाँटाप्रति हार्दिक धन्यवाद तथा आभार
Read More
२६औँ वार्षिक उत्सवमा बिरामीलाई फलफूलसँगै सामग्री वितरण

२६औँ वार्षिक उत्सवमा बिरामीलाई फलफूलसँगै सामग्री वितरण

भजनी, कैलाली । सामुदायिक सहकारी संस्था लिमिटेड, टीकापुर–७, सत्तीले आफ्नो २६औँ वार्षिक उत्सवका अवसरमा बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै स्वास्थ्य संस्थाका लागि आवश्यक सामग्रीसमेत सहयोग गरेको छ।संस्थाले बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गर्नुका साथै ९ वटा डस्टबिन, १० वटा कुर्सी र ५ वटा बाटा प्रदान गरेको हो। वार्षिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै गरिएको उक्त कार्यको प्रशंसा गर्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो कार्य अत्यन्तै राम्रो र प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि योगदान गर्नुपर्नेमा जोड दिनुभयो। फलफूल तथा सामग्री वितरण कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता…
Read More
भजनीबाट विश्वकपको सपना! FIFA U-15 का लागि खेलाडी छनोट सुरु

भजनीबाट विश्वकपको सपना! FIFA U-15 का लागि खेलाडी छनोट सुरु

भजनी, कैलाली । कैलालीको भजनी रंगशालामा युवा फुटबल खेलाडीको अन्तर्राष्ट्रिय सपना बोकेको महत्वपूर्ण छनोट कार्यक्रम सुरु भएको छ। “विश्वलाई फुटबलले जोड्छ, हरेक प्रतिभालाई एक अवसर दिऔं” भन्ने नारासहित FIFA U-15 World Cup & Festival 2026 (Boys) का लागि पुरुष खेलाडी छनोट सुरु गरिएको हो।अजरबैजानमा आगामी अक्टोबर २२ देखि ३१, २०२६ सम्म आयोजना हुने प्रतियोगिताका लागि भजनी क्लब, भजनीको आयोजनामा खुला छनोट भइरहेको छ। कैलालीमा भजनी नगरपालिका र गोदावरी नगरपालिका गरी दुई स्थानमा प्रतिभावान खेलाडी छनोट गरिनेछ। छनोटमा सहभागी U-15 उमेर समूहका खेलाडीहरूले मैदानमा आफ्नो प्रतिभा, कौशल र खेल क्षमता प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने ऐतिहासिक अवसरका लागि प्रतिस्पर्धा गर्नेछन्।भजनीमा सुरु…
Read More
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

भजनी २९ साउन/सुदूरपश्चिम प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढी पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए। दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका हुन्। नियुक्तिसँगै भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्।नवनियुक्त मुख्यमन्त्री भट्टसहित नयाँ सरकारमा सहभागी मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ।
Read More
सामुदायिक वनलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड

सामुदायिक वनलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड

भजनी — सामुदायिक वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन र रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल, केन्द्रीय कार्यालय धनगढीको तेस्रो वार्षिक साधारण सभा तथा सामुदायिक वन दिवस–२०८३ को अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाको विशेषाधिकार समितिका सभापति माननीय तुलसी देवकोटाले सामुदायिक वनलाई केवल संरक्षणको विषयमा सीमित नराखी यसको दिगो उपयोगमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनुभयो।उनले वन संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सामुदायिक वनबाट रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा राहुल बुढा, दीपक चौधरी, खोजराम चौधरी, विजय श्रेष्ठ, भोजराज पाठक, जनक पाध्याय, डा. रामविचारी ठाकुर र दीर्घनारायण कोइरालाले शुभकामना मन्तव्य…
Read More
पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालन गर्न चार स्थानीय तहका जनप्रतिनिधिको माग

पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालन गर्न चार स्थानीय तहका जनप्रतिनिधिको माग

भजनी, कैलाली । कैलालीको भजनी नगरपालिका–५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालयलाई स्तरोन्नतिसहित पुनःसञ्चालन गर्न माग गर्दै भजनी नगरपालिका ,बर्दगोरिय गाउँपालिका , जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन्। जनप्रतिनिधिहरूले माननीय केपी खनाल र कोमल ज्ञवालीसमक्ष संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि सञ्चालनमा रहेको भन्सार बन्द हुँदा ३ लाखभन्दा बढी नागरिक, किसान, व्यापारी तथा उद्योगी प्रभावित भएको बर्दगोरिय गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनुभयो। स्थानीयलाई सहज सेवा उपलब्ध गराउने, राजस्व वृद्धि गर्ने तथा अवैध कारोबार नियन्त्रण गर्न पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालन आवश्यक रहेको जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरियाले बताउनु भयो। भन्सार स्तरोन्नतिका लागि आवश्यक जग्गा…
Read More
पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालनको माग गर्दै जनप्रतिनिधि काठमाडौंमा

पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालनको माग गर्दै जनप्रतिनिधि काठमाडौंमा

भजनी, कैलाली । नेपाल सरकारले बन्द गरेको कैलालीको भजनी नगरपालिका–५ मा रहेको पृथ्वीपुर छोटी भन्सार कार्यालयलाई स्तरोन्नतिसहित यथास्थानमै पुनःसञ्चालन गर्न माग गर्दै चार स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त टोलीले काठमाडौं पुगेर भन्सार विभागमा ज्ञापनपत्र बुझाएको छ। भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त टोलीले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसमक्ष ज्ञापनपत्र हस्तान्तरण गरेको हो। जनप्रतिनिधिहरूले पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन भए सीमावर्ती क्षेत्रका नागरिक, किसान, व्यापारी तथा उद्योगीले सहज रूपमा सेवा प्राप्त गर्ने बताएका छन्। साथै, वैध व्यापारलाई प्रोत्साहन, सरकारी राजस्व संकलनमा वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन भन्सार कार्यालयको महत्वपूर्ण भूमिका रहने…
Read More
बाल अधिकारका विषयमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया

बाल अधिकारका विषयमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया

भजनी, २२ साउन। बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल अधिकार तथा समुदायका सवाललाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठाउने उद्देश्यले कैलालीको भजनीमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।यार्ड धनगढीको आयोजना तथा वल्डभिजनको आर्थिक सहयोगमा भजनी नगरपालिका–१मा आयोजित कार्यक्रममा बालबालिकाका अधिकार, उनीहरूले भोगिरहेका समस्या तथा समुदायका विभिन्न सवालका विषयमा छलफल गरिएको हो। कार्यक्रममा बालबालिकाको आवाजलाई प्राथमिकताका साथ सञ्चारमाध्यममा ल्याउने, बाल अधिकार संरक्षण तथा प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने र बालबालिकासँग सम्बन्धित विषयलाई जिम्मेवार तथा संवेदनशील ढंगले प्रस्तुत गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो। यार्डका सामाजिक परिचालक रतन चौधरीले बालबालिकाको समग्र समस्याहरुको पहिचान गर्दै त्यसको निराकरणका लागि बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो…
Read More
पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गर्ने तयारीप्रति भजनीका नागरिकको आपत्ति

पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गर्ने तयारीप्रति भजनीका नागरिकको आपत्ति

भजनी, १४ साउन। कैलालीको भजनीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गर्ने तयारीप्रति स्थानीय व्यवसायी तथा सरोकारवालाले गम्भीर आपत्ति जनाएका छन्। भजनी उद्योग वाणिज्य संघले उक्त निर्णय तत्काल फिर्ता गरी भन्सार कार्यालयलाई निरन्तर सञ्चालनमा राख्न सरकारसँग माग गरेको छ।भजनी उद्योग वाणिज्य संघका अध्यक्ष जयबहादुर बुढाले पृथ्वीपुर छोटी भन्सार कार्यालय हटाउने चर्चा सत्य भए यसले स्थानीय नागरिकको अधिकारमाथि हस्तक्षेप गर्नुका साथै व्यापार–व्यवसायमा प्रतिकूल असर पार्ने र भजनीको आर्थिक गतिविधिलाई कमजोर बनाउने बताए। त्यस्तै, भजनी नगरपालिका वडा नं. ५ का अध्यक्ष केशव बुढाले पृथ्वीपुर छोटी भन्सार कार्यालय हटाउनु केवल एउटा सरकारी कार्यालय स्थानान्तरणको विषय नभई भजनीको पहिचान, स्थानीय व्यापार, रोजगारी तथा समग्र आर्थिक…
Read More
नेपाल शिक्षक महासंघ भजनीको नगर अध्यक्षमा  शाही

नेपाल शिक्षक महासंघ भजनीको नगर अध्यक्षमा शाही

भजनी १३ साउन /नेपाल शिक्षक महासंघ, भजनी नगरपालिकाको नगर अध्यक्षमा पदम बहादुर शाही चयन भएका छन्। नगर अध्यक्षको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण साथीहरू, अग्रज, शिक्षक तथा शुभेच्छुकहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्। शाहीले आफ्नो कार्यकालमा शिक्षकहरूको हक–हित संरक्षण, पेशागत मर्यादा अभिवृद्धि, सामुदायिक विद्यालयको गुणस्तरीय विकास तथा शैक्षिक सुधारका लागि निष्पक्ष, पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच सुदृढ सहकार्य कायम गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा सक्रिय रहने उनले बताएका छन्।
Read More
भजनीमा नेपाल रेडक्रस सोसाइटीद्वारा २३० जना लाभग्राहीलाई करेसाबारी सामग्री हस्तान्तरण

भजनीमा नेपाल रेडक्रस सोसाइटीद्वारा २३० जना लाभग्राहीलाई करेसाबारी सामग्री हस्तान्तरण

भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण कार्यक्रम (ECOLAB) अन्तर्गत भजनी नगरपालिका वडा नं. ३ र ८ का २३० जना लाभग्राहीलाई करेसाबारी सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ ।कार्यक्रमअन्तर्गत भजनी नगरपालिका वडा नं. ८ का १०३ जना तथा वडा नं. ३ का १२७ जना गरी कुल २३० जना लाभग्राहीलाई विभिन्न करेसाबारी सामग्री प्रदान गरिएको हो। वडा कार्यालयको प्राङ्गणमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रम वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम व्यवस्थापक उमेश ढुङ्गाना रहनुभएको…
Read More
लागुऔषध रोकथामका लागि अन्तरक्रिया

लागुऔषध रोकथामका लागि अन्तरक्रिया

भजनी १३ साउन /भजनी नगरपालिकाले लागुऔषध दुर्व्यसनको जोखिम दिनप्रतिदिन बढ्दै जाँदा त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।ईलाका प्रहरी कार्यालय भजनी र शसशस्त्र प्रहरीबल गुलरियाको साझेदारीमा वडा नं. ३,५ र ७ मा भारतसँगको खुला सिमानका कारण लागुऔषधको जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट आएका सुझावलाई आत्मसात गर्दै नगरपालीकाले लागुऔषध दुर्व्यसनको जोखिम कम गर्न आवश्यक सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा गाउँगाउँमा लागुऔषध न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्ने नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जनएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले लागुऔषध दुर्व्यसनीले आउने पुस्ता…
Read More
भजनीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणाको लागि सरोकारवालाका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न

भजनीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणाको लागि सरोकारवालाका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न

कैलालीको भजनी नगरपालिकामा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणा प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले सरोकारवालाहरूका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ।वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा विकासका लागि युवा एक्यबद्धता (यार्ड), धनगढीद्वारा सञ्चालित “बाल समृद्धिका लागि एकीकृत विकास हातेमालो परियोजना” अन्तर्गत आयोजना गरिएको उक्त तालिममा भजनी नगरपालिकाका वडा स्तरीय बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन (CFLG) समिति र १० वटा टोल समितिका गरी ३५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिमका क्रममा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सूचक, बालअधिकार, पोषण, सरसफाइ, समुदायको सहभागिता तथा स्थानीय तहको भूमिका लगायतका विषयमा विस्तृत छलफल तथा अन्तरक्रियात्मक अभ्यास…
Read More
सांसद खनालले गरे बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता”

सांसद खनालले गरे बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता”

भजनी, ११ साउन । महुन्याल माध्यमिक विद्यालय भजनीको अनुगमन तथा निरीक्षणका क्रममा विद्यालय व्यवस्थापन समितिले प्राविधिक शिक्षालय (कृषि), बालविकास (ECD) कक्षाका लागि स्मार्ट बोर्ड जडान, भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर सुधार लगायत विषय समेटिएको पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले नगर उपप्रमुख राजु तिरुवा, माननीय के.पी. खनाल, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडा नं. ५ का अध्यक्ष केशव बुढा तथा शिक्षा शाखा अधिकृत पंखबहादुर शाहको उपस्थितिमा ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो।सो अवसरमा प्रतिनिधिसभा सदस्य तथा क्षेत्र नं. २ का माननीय के.पी. खनालले विद्यालयको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने…
Read More