भजनी कैलाली/जर्सी वभरसिज एड , ब्रिटिश रेडक्रस को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा अन्तर्गत संचालित इकोल्याब परियोजना मार्फत भजनी नगरपालिकामा मिति २०८३ कार्तिक १५ गते सोमबारका दिन एक दिने किसान सुचीकरण एवं परिचय पत्र अद्यावधिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ। सो कार्यशालामा भजनी नगरपालिकाका नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एक देखि नौ वटै वडाका वडा अध्यक्ष नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा कार्यसमिति सदस्य निवर्तमान सभापति साथै भजनी उपशाखाका सभापति तथा विषयगत शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो।
सो कार्यक्रमको सहजीकरण राष्ट्रिय कृषक महासंघ नेपालबाट गरिएको थियो। कार्यक्रमको सहजीकरणमा नेपाल कृषक महासंघ नेपालका अध्यक्ष तथा सहजकर्ता केदार कोइरालाले सहजीकरण गर्नुभएको थियो र सो कार्यक्रममा उद्देश्यमाथि प्रकाश पार्ने कैलाली जिल्ला शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्टले गर्नु भएको थियो।भने कार्यक्रम सञ्चालनमा कार्यक्रम अधिकृत लौटन चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्ययोजना तर्जुमा समिति गठन गरिएको थियो। कार्ययोजना तर्जुमा समिति नगर उपप्रमुखको संयोजकत्वमा कृषि शाखा सदस्य सचिव रहने गरी नेपाल रेडक्रस सोसाइटीको प्रतिनिधि लगायतको सहभागितामा त्यो समिति गठन गरेको छ।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय र नगर उपप्रमुख तथा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको प्रतिबद्धता सहितको मन्तव्यबाट कार्यक्रम सम्पन्न भएको थियो।
किसान सुचीकरण एवं परिचय पत्र अद्यावधिक योजना तर्जुमा कार्यशाला सम्पन्न