खेम राज पाण्डेय/कैलालीको भजनीमा रहेको भजनी रेन्जरपोष्ट स्तरीय समन्वय सामुदायिक वन उपभोक्ता समुह समन्वय समिति भजनी नगरपालिका वडा नं १को १५ औं वार्षिक सार्वजनिक सुनुवाई तथा जन लेखापरीक्षण र साधारणसभा समुहको शनिबार सम्पन्न भएको छ। समितीका उपाध्यक्ष दीपक चौधरीको अध्यक्षतामा तथा भजनी नगरपालिका वडा नं २का वडा अध्यक्ष दुर्गा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले सामुदायिक बनका उपभोक्ताले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने सभाले पारित गरेको वार्षिक कार्ययोजनाले वन संरक्षणसँगै स्थानीय उपभोक्ताको आवश्यकता सम्बोधन गर्दै सामुदायिक विकासमा समेत योगदान पु¥याउने विश्वास ब्यक्त गर्नु भएको छ। साधारण सभामा जोशीपुर र भजनीका ५४ वटा सामुदायिक वन उपभोक्ता समुह प्रतिनिधि तथा पत्रकार लगाएतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा शंकर सामुदायिक वन उपभोक्ता समुह जोशीपुरका अध्यक्ष दान सिंह चौधरी र प्रगतिशील सामुदायिक वन उपभोक्ता समुह भजनी सदस्य सभापति देवी चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो। आर्थिक वर्ष २०८२/२०८३को १लाख ६३ हजार बराबर आय व्याय समुहका सचिव इन्द्रा विकले प्रस्तुत गरेका थिए। १५ औं साधारण सभाको स्वागत मन्तव्य समुहकी कोषाध्यक्ष मङ्गला जोशीले गर्नु भएको थियो।
१५औं साधारण सभा सम्पन्न