भजनी कैलाली। भजनीमा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका एक लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी. कुसुमाघाट कार्यालयले सीमा नाकामा गस्ती तथा जाँच गर्ने क्रममा रु एक लाख मूल्य बराबरका पटका बरामद गरेको हो । बरामद गरिएका पटका सञ्चारकर्मी, स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल , वि.ओ.पी. कुसुमाघाटका सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र नाथका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी तथा अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती, निगरानी र सवारीसाधन चेकजाँचलाई तीव्रता दिइएको छ ।