Skip to main content

Bhajani Today

प्याब्सन भजनी कप–२०८३ को भव्य उद्घाटन, छात्रतर्फ ईभर ग्रिन र छात्रातर्फ घोडताल विजयी

  • भजनी, कैलाली। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भजनीको आयोजनामा सञ्चालन हुन लागेको त्रीनेत्र ब्राइट फ्युचर प्याब्सन भजनी कप यू–१४ नगरपालिका स्तरीय अन्तरविद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता–२०८३’ को उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो। कार्यक्रममा भजनी नगरपालिका वडा नं. ५ का अध्यक्ष केशव बुढा, वडा नं. ७ का अध्यक्ष अमरबहादुर कठरिया तथा प्याब्सन कैलालीका जिल्ला उपाध्यक्ष राज बुढा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उद्घाटन कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी तथा अन्य अतिथिहरूको समेत सहभागिता रहेको थियो।प्रतियोगिताको मुख्य प्रायोजक भजनी नगरपालिका–७, चर्रास्थित त्रीनेत्र ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुल रहेको छ।

प्रतियोगिताअन्तर्गत आज सम्पन्न छात्रतर्फको उद्घाटन खेलमा ईभर ग्रिनले भानु विद्यालयलाई ४–० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। त्यसैगरी, छात्रातर्फ घोडताल र भीमसेन बाबा विद्यालयबीच भएको खेलमा घोडतालले १–० गोलको जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ। त्रीनेत्र ब्राइट फ्युचर प्याब्सन भजनी कप यू–१४ नगरपालिका स्तरीय अन्तरविद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता छात्रतर्फ १० समुह र छात्रातर्फ १० समुहको सहभागिता रहेको आयोजकले जानकारी दिनुभयो।आजका खेलमा छात्रतर्फ ईभर ग्रिनका विकास जोशी र छात्रातर्फ घोडतालकी रोशनी न्यौपानेले उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) को उपाधि प्राप्त गरेका छन्।

प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै प्रतिभा पहिचान, अनुशासन, आपसी सद्भाव र विद्यालयबीचको खेलकुद सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्टले बताउनु भयो।प्याब्सन नगर अध्यक्ष खड्क बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्याब्सन कैलाली जिल्ला कार्यसमितिका उपाध्यक्ष राज बुढाले राख्नु भएको उद्घाटन खेल सञ्चालन दामोदर दत्त जैसीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *