भजनी / सुदूरपश्चिम प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा भजनी बजार अनुगमन गरिएको छ । निर्देशनालयकानिर्देशक हेमन्तबहादुर सिहको नेतृत्वमा विहीबार जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय धनगढी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले बजार अनुगमन गरेको हो ।भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट र इलाका प्रहरी कार्यालयका प्रतिनिधिसहित भएको अनुगमनका क्रममा म्याद नाघेका १५ हजार १८५ रुपियाँ बराबरका सामग्रीहरु बरामद गरी नष्ट गरिएको निर्देशक सिंहले जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नायव प्राविधिक सहायक तोयानाथ ओझाले रङ मिसाइएका दाल, लेवल नभएका आइसक्रिमहरु, चिसो पेय पदार्थ बरामद गरी नष्ट गरिएको जानकारी दिनुभयो…
भजनी कैलाली/जर्सी वभरसिज एड , ब्रिटिश रेडक्रस को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा अन्तर्गत संचालित इकोल्याब परियोजना मार्फत भजनी नगरपालिकामा मिति २०८३ कार्तिक १५ गते सोमबारका दिन एक दिने किसान सुचीकरण एवं परिचय पत्र अद्यावधिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ। सो कार्यशालामा भजनी नगरपालिकाका नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एक देखि नौ वटै वडाका वडा अध्यक्ष नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा कार्यसमिति सदस्य निवर्तमान सभापति साथै भजनी उपशाखाका सभापति तथा विषयगत शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सहजीकरण राष्ट्रिय कृषक महासंघ नेपालबाट गरिएको थियो। कार्यक्रमको सहजीकरणमा…
खेम राज पाण्डेय/ नेपालमा करिब ५ हजार जनसङ्ख्या रहेको अल्पसङ्ख्यक राजी समुदायबाट उच्च शिक्षाका लागि विदेश जाने पहिलो व्यक्तिका रूपमा भजनी नगरपालिका–९, भुरुवाका विदेशी राजीले नयाँ इतिहास रचेका छन्। उनी थप उच्च शिक्षा हासिल गर्दै मास्टर डिग्री अध्ययनका लागि दक्षिण कोरिया पुगेका हुन्। २०५७ सालमा बुवा साजन राजी र आमा कुवारी देवी राजीका तेस्रो सन्तानका रूपमा भजनी नगरपालिका–९ भुरुवामा जन्मिएका विदेशीको शैक्षिक यात्रा स्थानीय विद्यालय भीमसेन बाबा इङ्लिस स्कुलबाट सुरु भएको थियो। उनले टिकापुरस्थित वीरेन्द्र विद्यामन्दिरबाट एसएलसी उत्तीर्ण गरेपछि टिकापुर पोलिटेक्निकबाट डिप्लोमा तहको अध्ययन पूरा गरेका थिए। त्यसपछि भारतको चण्डीगढबाट बीएससी एग्रिकल्चर (B.Sc. Agriculture) अध्ययन पूरा गरेका उनले अहिले थप…
दिपक बहादुर विक/टीकापुर: प्रहरी अधिकृत बन्ने सपना थियो। तर परिस्थितिले जीवनको बाटो बदलिदियो। सपना अधुरै रहे पनि उनले हिम्मत हारेनन्। फोटोग्राफी, भिडियोग्राफी र चलचित्र निर्माण हुँदै कृषिमा भविष्य खोजेका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँका सीताराम चौधरी अहिले फूलखेतीबाट सुदूरपश्चिममा आफ्नो छुट्टै पहिचान बनाउँदै छन्।करिब एक दशकदेखि व्यावसायिक पुष्पखेतीमा सक्रिय चौधरीले १५ कट्ठा जमिनमा सयपत्री र मखमली फूल उत्पादन गर्दै आएका छन्। आफ्नै माटोमा सम्भावना खोज्दै पुष्प व्यवसायलाई मुख्य पेसा बनाएका उनले कृषि क्षेत्रमा पनि मेहनत र लगनशीलताका साथ सफल हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।२०५२ सालमा नेपाली विषयमा स्नातक गरेका चौधरी आर्थिक अवस्थाका कारण स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्न सकेनन्।…
खेम राज पाण्डेय/कैलालीको भजनीमा रहेको भजनी रेन्जरपोष्ट स्तरीय समन्वय सामुदायिक वन उपभोक्ता समुह समन्वय समिति भजनी नगरपालिका वडा नं १को १५ औं वार्षिक सार्वजनिक सुनुवाई तथा जन लेखापरीक्षण र साधारणसभा समुहको शनिबार सम्पन्न भएको छ। समितीका उपाध्यक्ष दीपक चौधरीको अध्यक्षतामा तथा भजनी नगरपालिका वडा नं २का वडा अध्यक्ष दुर्गा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले सामुदायिक बनका उपभोक्ताले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने सभाले पारित गरेको वार्षिक कार्ययोजनाले वन संरक्षणसँगै स्थानीय उपभोक्ताको आवश्यकता सम्बोधन गर्दै सामुदायिक विकासमा समेत योगदान पु¥याउने विश्वास ब्यक्त गर्नु भएको छ। साधारण सभामा जोशीपुर र भजनीका…
टीकापुर, कैलाली।कैलालीको टीकापुर नगरपालिका तथा आसपासका क्षेत्रमा चोरीका घटना बढ्दै गएको भन्दै टीकापुर सचेत समाजले चोरी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय टीकापुरको ध्यानाकर्षण गराएको छ।समाजले सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाउँदै पछिल्लो समय घर, पसल, व्यावसायिक प्रतिष्ठान तथा सर्वसाधारणका धनमाल चोरी हुने घटनाले स्थानीय नागरिकमा त्रास र असुरक्षाको भावना बढ्दै गएको जनाएको छ।चोरीका घटनाले नागरिकको सम्पत्तिमा क्षति पुर्याउनुका साथै स्थानीय व्यापार–व्यवसाय, सामाजिक सद्भाव र दैनिक जनजीवनमा समेत नकारात्मक असर पारेको समाजको भनाइ छ।समाजले टीकापुर क्षेत्रमा हालसम्म भएका चोरीका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, चोरी हुन सक्ने संवेदनशील क्षेत्रको पहिचान गरी प्रहरी…
भजनी, कैलाली। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भजनीको आयोजनामा सञ्चालन हुन लागेको त्रीनेत्र ब्राइट फ्युचर प्याब्सन भजनी कप यू–१४ नगरपालिका स्तरीय अन्तरविद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता–२०८३’ को उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो। कार्यक्रममा भजनी नगरपालिका वडा नं. ५ का अध्यक्ष केशव बुढा, वडा नं. ७ का अध्यक्ष अमरबहादुर कठरिया तथा प्याब्सन कैलालीका जिल्ला उपाध्यक्ष राज बुढा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उद्घाटन कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी तथा अन्य अतिथिहरूको समेत सहभागिता रहेको थियो।प्रतियोगिताको मुख्य प्रायोजक भजनी नगरपालिका–७, चर्रास्थित त्रीनेत्र ब्राइट फ्युचर इङ्लिस…
भजनी कैलाली। भजनीमा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका एक लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी. कुसुमाघाट कार्यालयले सीमा नाकामा गस्ती तथा जाँच गर्ने क्रममा रु एक लाख मूल्य बराबरका पटका बरामद गरेको हो । बरामद गरिएका पटका सञ्चारकर्मी, स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल , वि.ओ.पी. कुसुमाघाटका सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र नाथका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी तथा अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती, निगरानी र सवारीसाधन चेकजाँचलाई तीव्रता दिइएको छ ।
जोशीपुर |कैलालीको जोशिपुर गाउँपालिकाका भोटेकोशीको विनाशकारी बाढीमा परी हालसम्म बेपत्ता रहेका ९ जनाका परिवारलाई भेटेर उनीहरूको अवस्था बुझिएको छ। रोजगारीका लागि रसुवा पुगेका उनीहरू बेपत्ता भएपछि परिवारले भोगिरहेको पीडा, आर्थिक संकट र बालबालिकाको भविष्यबारे बुझ्न विद्यार्थी अभियन्ता लोकेश जोशी प्रभावित परिवारको घरमै पुगेका हुन्।बेपत्ता हुनेहरूमा जोशिपुर गाउँपालिका वडा नम्बर २ का ७ जना, वडा नम्बर १ का १ जना र वडा नम्बर ३ का १ जना रहेका छन्। भौगोलिक रूपमा टाढा घटेको बाढीको घटनाले गाउँका परिवारमा गहिरो शोक र निराशा छाएको छ। परिवारसँगको भेटघाटका क्रममा अधिकांशको आर्थिक अवस्था कमजोर रहेको र दैनिक छाक टार्नसमेत कठिनाइ भइरहेको पाइएको जोशीले बताएका छन्।…
भजनी । कैलालीमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।जिल्लाको कैलारी गाउँपालिका–३, हसुलियामा बेलुका मोटरसाइकल डल्लबसँग ठोक्किँदा भजनी नगरपालिका–१ का १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको हो।से ५ प ३४६५ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको डल्लबसँग ठोक्किएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो।दुर्घटनामा डल्लब चालक राम चौधरी घाइते भएका छन्।
विजया दशमी तथा शुभ दीपावली–२०८३ को हार्दिक मंगलमय शुभकामना नेपालीहरूको महान् पर्व विजया दशमी तथा शुभ दीपावली–२०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी, शिक्षाप्रेमी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।यी पर्वहरूले हामी सबैमा आपसी सद्भाव, भाइचारा, एकता, प्रेम र सहकार्यको भावना अभिवृद्धि गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गरून्।
भजनी २८ असोज/भजनी नगरपालिका वडा नं.१ स्थित महुन्याल माद्यामिक बिद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष जगत विकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले कानुनी व्यवस्था अनुसार सामुदायिक बिधालयले कार्तिक भित्र अनिवार्य बिधालयको सामाजिक लेखापरीक्षण कार्यक्रम गरिसक्नुपर्ने बताएका छन् । बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले बिधालयको शैक्षिक गुणस्तर तथा भौतिक प्रगतिका लागि सबै क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । बिधालय प्रति सकारात्मक सुझावको अपेक्षा आफुहरुले गरेको उनको भनाई छ । भजनी…
भजनी २७ असोज।अन्तरराष्ट्रीय विपद् जोखिम न्यूनीकरण दिवस २०२६ को अवसरमा 'उत्थानशीलताको शुरूवात घरबाटै' भन्ने मूल नाराका साथ सामुदायिक विपद् व्यवस्थापन समिति टीकापुर ७ बैदीको आयोजनामा practical ACTION र BBE Group सहयोग मा अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कार्यक्रम अध्यक्ष CDMCटीकापुर ७ बैदीका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी रहनुभएको प्रमुख अतिथि सिमा सुरक्षा गुल्म खक्रौलाका सशस्त्र प्रहरी नायक उपरिक्षक नन्द किशोर महत्तो रहनुभएको विशिष्ट अतिथि टीकापुर नगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख चेत बहादुर बोहरा, विशिष्ट अतिथि नेरोसे उपशाखा नारायणपुर सभापति धनसरी कोइराला अतिथीमा आर्दश टोल विकास संस्था अध्यक्ष गोविन्द कोइराला,बल बहादुर गरन्जा ओजुवातालका अध्यक्ष कणली मा वि टीकापुर ७ सत्तीका शिक्षक राजकुमार…
भजनी,असोज २७।कैलालीको धनगढीमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। KNH काे साझेदारीमा विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)धनगढीले, बाल अधिकार संरक्षणका लागि महिला सशाक्तिकरण परियाेजना अन्तर्गत लैङ्गिक समानता कायम गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक समावेशीकरणलाई व्यवहारमा लागू गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।तालिममा सहभागीहरूलाई लैङ्गिक तथा सामाजिक विभेदको पहिचान, समावेशी व्यवहार, समान अवसरको सुनिश्चितता र संस्थागत कार्यप्रक्रियामा GEDSI को अवधारणा समावेश गर्ने विषयमा जानकारी प्रदान गरिएको थियो। तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुका साथै कार्यस्थल र समुदायमा लैङ्गिकमैत्री, अपाङ्गतामैत्री तथा समावेशी वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा…