भजनी, कैलाली । भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई शंकास्पद नियन्त्रणमा लिइएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–२ बगौरामा बस्ने ३४ वर्षीय राकेश शाही, लम्कीचुहा नगरपालिका–५ मोतीपुरका २० वर्षीय विज्ञान भण्डारी र लम्कीचुहा नगरपालिका–९ लम्कीका २६ वर्षीय विशाल बिष्ट भारतबाट नेपालतर्फ आउँदै गरेका बेला सशस्त्र प्रहरी बल बि.ओ. पी. कुसुमघाट सीमा क्षेत्रमा खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित थान बजाज पल्सर एनएस १२५ सीसी स.प्र.प.०१-०११प ६७१४मोटरसाइकल बरामद सहित सम्बन्धित व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको सप्रसनि उमाकान्त कँडेल बताउनु भयो।
भारतबाट आउँदै गरेका तीन जनाको साथबाट ब्राउन सुगर बरामद