Skip to main content

Bhajani Today

भजनीमा जलवायु परिवर्तनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भजनी,२०८३ असोज १६/भजनी नगरपालिकामा जलवायु परिवर्तनका प्रभाव, स्थानीय अनुकूलन तथा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम Australian Aid, The Asia Foundation तथा ClimAdaptको सहकार्यमा आयोजना गरिएको हो।

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, पत्रकार, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, डल्फिन संरक्षण मञ्चका संयोजक विजय राज श्रेष्ठ तथा नगरपालिका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा देखिएका तथा आगामी दिनमा देखिन सक्ने बाढी, डुबान, नदी कटान, वन तथा जैविक विविधतामा पर्ने प्रभाव, कृषि तथा जीविकोपार्जनमा पर्ने असर लगायतका विषयमा छलफल गरिएको थियो।जलवायुजन्य जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीय तह, समुदाय, सामुदायिक वन, सञ्चार क्षेत्रलगायत सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा डा. विनोद चापागाईं, डा. पपुलर जेन्टल, रेगम सापकोटा तथा रविन्द्र श्रेष्ठले जलवायु परिवर्तन, यसको स्थानीय प्रभाव, जोखिम न्यूनीकरण तथा अनुकूलनका उपायबारे सहजीकरण गरेका थिए।कार्यक्रमको सञ्चालन तथा सहजीकरणको समन्वय भजनी नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु राज न्यौपानेले गरेका थिए।

भजनी नगरपालिका बाढी तथा डुबानलगायत जलवायुजन्य जोखिमका दृष्टिले संवेदनशील क्षेत्र भएकाले जलवायु परिवर्तनका प्रभावलाई स्थानीय विकास योजना, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमसँग जोड्दै समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *