Skip to main content

Bhajani Today

कैलालीमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

भजनी/गौरीगंगा नगरपालिका–६ मोयामा रहेको भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय रहेका छन् ।दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको डीएसपी हिरासिंह महराले जानकारी दिए ।

उनीहरूमाथि दलित समुदायका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका र कार्यालय सहयोगी माथि जातीय विभेद गरेको आरोप सहित कारबाही गर्न माग गरिएको छ ।प्रहरीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बिक, शिक्षिका बिना बिक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई र दलित विद्यार्थीमाथि जातीय विभेद गरिएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *