Skip to main content

Bhajani Today

भजनीमा १५ हजार रुपियाँ बराबरका म्याद नाघेका सामग्री नष्ट

भजनी / सुदूरपश्चिम प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा भजनी बजार अनुगमन गरिएको छ । निर्देशनालयकानिर्देशक हेमन्तबहादुर सिहको नेतृत्वमा विहीबार जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय धनगढी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले बजार अनुगमन गरेको हो ।भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट र इलाका प्रहरी कार्यालयका प्रतिनिधिसहित भएको अनुगमनका क्रममा म्याद नाघेका १५ हजार १८५ रुपियाँ बराबरका सामग्रीहरु बरामद गरी नष्ट गरिएको निर्देशक सिंहले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नायव प्राविधिक सहायक तोयानाथ ओझाले रङ मिसाइएका दाल, लेवल नभएका आइसक्रिमहरु, चिसो पेय पदार्थ बरामद गरी नष्ट गरिएको जानकारी दिनुभयो । अनुगमनमा सहभागी गुणस्तर तथा नापतौल कार्यालय प्राविधिक विनोद उपाध्यायले ढक तराजुको अवस्था ठिकै पाइएको र केही दर्ता नभएका तराजुलाई दर्ता गराउन निर्देशन दिएको बताउनुभयो ।

टोलीले भजनीका होटल, किराना पसल, पेट्रोल पम्प गरी १५ वटा जति पसलमा नाम मात्रको अनुगमन भएको तर प्रभावकारी नभएको पत्रकार नानु काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ नगरपालिका बेखबर छ यो काम नगरपालिकाले निरन्तर गर्नुपर्दथ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *