Skip to main content

Bhajani Today

भजनीमा मुक्त कमैया, कमलरी तथा हलियालाई परिचयपत्र वितरण

भजनी २२असोज/ भजनी नगरपालिकाको आयोजनामा मुक्त कमैया, कमलरी तथा हलियाहरूको पहिचानका लागि परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा भजनी नगरपालिका वडा नं. १ देखि ९ सम्मका ६० परिवारलाई मुक्त कमैया, कमलरी तथा हलियाको परिचयपत्र वितरण गरिएको छ। भजनी नगरपालिकामा विगतमा लगत सङ्कलन छुट भएका ७०७ परिवारलाई परिचयपत्र वितरण गरिने नगर प्रमुख केवल चौधरीले बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले सुदूरपश्चिम प्रदेशको मुक्त कमैया, हलिया तथा कम्लहरी पुनस्थापना कार्यविधि, २०८० तथा भजनी नगरपालिकाको मुक्तकमैया, कम्लहरी तथा हलिया पुर्नस्थापना कार्यविधि, २०८१ बमोजिम परिचयपत्र वितरण गरिएको जानकारी गराउनुभयो । परिचयपत्र प्राप्त गरेपछि सम्बन्धित परिवारले राज्यबाट उपलब्ध हुने सेवा, सुविधा तथा अधिकार प्राप्त गर्न, सीपमुलक कार्यक्रमहरुमा अवसर प्राप्त गर्न एवं कार्यविधि बमोजिमका सहुलियत प्राप्त गर्न पहलकदमी हुने बताइएको छ । नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय घनश्याम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।कार्यक्रमको स्वागत मन्तव्य नगर उपप्रमुख राजु तिरुवाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भजनी नगरपालिकाका उद्यम विकास सहजकर्ता सुस्मिता चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा मुक्त कमैया, कमलरी र हलियाका अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले भजनी नगरपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक छुट हुन गएका मुक्तकमैया, कम्लहरी तथा हलिया मुक्त कमैया, कमलरी तथा हलियाहरुलाई परिचयमार्फत पहिचान दिएकोमा भजनी नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै मुक्तकमैया, कम्लहरी तथा हलियाहरुको अधिकार, सम्मान र सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटै तहहरुले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *