भजनी, कैलाली । साना किसान सहकारी संस्था लिमिटेड, भजनी–१, कैलालीको आयोजनामा सोनपाल आधारभूत विद्यालय, भजनी–९, भुरुवाका १६ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष बसन्ती चौधरीले जानकारी दिनुभयो। कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका बालबालिकाको अध्ययनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।