Skip to main content

Bhajani Today

भजनीमा करसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भजनी, कैलाली — उद्योग वाणिज्य संघ भजनीको आयोजनामा व्यवसायी तथा व्यापारीहरूलाई लक्षित गर्दै करसम्बन्धी अन्तरक्रिया कार्यक्रम भजनीमा सम्पन्न भएको छ।उद्योग वाणिज्य संघ भजनीका अध्यक्ष जयबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख भीमप्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रशिक्षक अधिकृत तर्कराज जैशीले करसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा भजनी नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका करिब १५० जना व्यापारी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। व्यवसाय सञ्चालन, कर दर्ता, कर तिर्ने प्रक्रिया तथा करसम्बन्धी विविध विषयमा सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *