भजनी,असोज २७।कैलालीको धनगढीमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।
KNH काे साझेदारीमा विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)धनगढीले, बाल अधिकार संरक्षणका लागि महिला सशाक्तिकरण परियाेजना अन्तर्गत लैङ्गिक समानता कायम गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक समावेशीकरणलाई व्यवहारमा लागू गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।तालिममा सहभागीहरूलाई लैङ्गिक तथा सामाजिक विभेदको पहिचान, समावेशी व्यवहार, समान अवसरको सुनिश्चितता र संस्थागत कार्यप्रक्रियामा GEDSI को अवधारणा समावेश गर्ने विषयमा जानकारी प्रदान गरिएको थियो।
तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुका साथै कार्यस्थल र समुदायमा लैङ्गिकमैत्री, अपाङ्गतामैत्री तथा समावेशी वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रममा संस्थाका अध्यक्ष विमला भण्डारी, महासचिव सुमित्र बिष्ट,यार्डका कार्यक्रम व्यवस्थापक महेन्द्रबहादुर चन्द, प्रशिक्षक देबिलाल उपाध्याय लागाएतले बाेल्नु भएकाे थियाे ।तालिमले समानता, सम्मान र समावेशितामा आधारित समाज निर्माणका लागि थप योगदान पुर्याउने विश्वास गरिएको छ।