जोशीपुर १२ असार /गुणस्तरीय शिक्षा र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको प्रसिद्ध विद्या निकेतन, जोशीपुरमा विद्यार्थी तथा शिक्षकहरूका लागि एकहप्ते हस्तलेखन -ज्बलमधचष्तष्लन) तालिम कार्यक्रम सुरु गरिएको छ।विद्यालयका व्यवस्थापक, शिक्षाविद्, समाजसेवी तथा बौद्धिक व्यक्तित्व सिद्धराज जोशी को विशेष पहल तथा दूरदर्शी नेतृत्वमा सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थी तथा शिक्षकहरूको लेखन कला, प्रस्तुतीकरण क्षमता र शैक्षिक दक्षतामा सकारात्मक प्रभाव पार्ने बताइएको छ।विद्यालयका प्रिन्सिपल राजेश चौधरी ले हस्तलेखन व्यक्तिको अनुशासन, सिर्जनशीलता र व्यक्तित्वको महत्वपूर्ण पक्ष भएकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो। व्यवस्थापक सिद्धराज जोशीले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्र नभई नैतिक, बौद्धिक र व्यवहारिक ज्ञानको उत्कृष्ट थलो…
भजनी ०४ साउन/वातावरण संरक्षण, धार्मिक आस्था प्रवर्द्धन तथा हरियाली विस्तार गर्ने उद्देश्यका साथ पाण्डव फाउन्डेसनले ‘एक मन्दिर, एक पारिजात अभियान’ अन्तर्गत बिरुवा वितरण गरेको छ ।माँ शक्ति स्वरूपा आश्रममा आयोजित कार्यक्रममा पाण्डव फाउन्डेसनका अध्यक्ष टंक प्रसाद जोशीको अध्यक्षतामा बिरुवा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका लेखा समिति संयोजक राजेन्द्र खनाल तथा विशिष्ट अतिथि स्वामी गजेन्द्र भण्डारी रहेका थिए । कार्यक्रमको सञ्चालन अनिता चौधरीले गरेको थियो भने स्वागत मन्तव्य कृष्णबहादुर बुढाले गरेका थिए । कार्यक्रममा माँ शक्ति स्वरूपा आश्रमसहित भजनी नगरपालिकाभित्र रहेका करिब ४४ जना मन्दिरका पुजारी तथा भक्तजनहरूको सहभागिता रहेको थियो । सो अवसरमा…
भजनी २०८३ साउन १। बाढी तथा डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिकाले विपद्को समयमा खोज, उद्धार तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले चार सुरक्षा निकायलाई रबर रेस्क्यु बोटसहित विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ। भजनी नगरपालिकाले बि.ओ.पि. गुलरियाघाट, बि.ओ.पि. पगियापसार, बि.ओ.पि. कुसुमघाट तथा इलाका प्रहरी कार्यालय भजनीलाई प्रत्येक निकायलाई एक/एक थान रबर रेस्क्यु बोट, लाइफ ज्याकेट, गमबुट, उद्धार डोरी (रोप) तथा उद्धार कार्यमा आवश्यक सम्पूर्ण सामग्रीसहितको सेट हस्तान्तरण गरेको हो।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख केवल चौधरीले भजनी नगरपालिका बर्सेनि बाढी र डुबानबाट प्रभावित हुने भएकाले विपद् आउनुअघि नै प्रभावकारी पूर्वतयारी गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको बताउनुभयो। उहाँले सुरक्षा निकायलाई…
कैलाली — नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित इकोल्याब परियोजनाअन्तर्गत भजनी नगरपालिका–३ र ८ का करेसाबारी गर्ने ३ सय लाभग्राहीलाई कृषि सामग्री वितरण गरिएको छ।असार ३२ गते आयोजित कार्यक्रममा लाभग्राहीहरुलाई करेसाबारी प्रवर्द्धनका लागि आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको छ। परियोजनाले स्थानीय तहमा पोषणयुक्त खाद्यान्न उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा आयआर्जनमा सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निवर्तमान सभापति वासुदेव विनाडि ,भजनी नगरपालिकाका प्रमुख केवल चौधरी, वडा नं ८ का अध्यक्ष पंकज चौधरी , वडा नं ३का कार्यबाहक अध्यक्ष सत्रुधन चौधरी, वडा सदस्य गङ्गा राम चौधरी…
भजनि / सशस्त्र प्रहरीले भारततर्फ एक्लै जाँदै गरेकी एक महिलालाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको छ ।सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म गुलरियाघाट, कैलालीबाट खटिएको चेकपोस्ट टोलीले शनिबार कैलालीको भजनी नगरपालिका –५ स्थित गुलरियाघाट सीमावर्ती क्षेत्रमा भारततर्फ जाँदै गरेको अवस्थामा ती महिलालाई उद्धार गरेको हो । सशस्त्र प्रहरीले ती महिलामाथि शंका लागेपछि रोकी आवश्यक सोधपुछ गरेको थियो । महिलाको अवस्था र यात्राको उद्देश्यबारे प्रारम्भिक जानकारी संकलन गर्नुका साथै परिवारसँग समन्वय गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।त्यसपछि आवश्यक सुरक्षा तथा संरक्षणको व्यवस्था मिलाउँदै उनलाई थप प्रक्रिया र संरक्षण का लागि नेपाल प्रहरी तथा शान्ति पुनःस्थापना गृहको जिम्मा लगाइएको बताइएको छ ।
भजनी २४ असार/अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय बोर्ड सदस्य अनिल मल्लले एन्फा निर्वाचन प्रक्रियाबारे आठ बुँदामा आफ्नो धारणा सार्वजनिक गर्दै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको भूमिकामाथि प्रश्न उठाएका छन्।एन्फाका केन्द्रीय सदस्य अनिल मल्ल भन्नुहुन्छ खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद कुन बिज्ञ को सल्लाहमा अल्मलियो ? अबिभावक सरकारि निकायले विवेक नपुर्यादाको हुने क्षति खेलकुद मत्रालय र नेपाल सरकार ले लिन्न भन्न मिल्दैन। एन्फा निर्वाचनबारे बुझ्नैपर्ने ८ कुराहरु १.धुलिखेल साधारणसभाको निर्णय के थियो ?“पहिला जिल्लाको निर्वाचन गरेर मात्र केन्द्रीय निर्वाचन गर्ने” भन्ने निर्णय नै भएको छैन।साधारणसभाले निर्णय गरेको “२०८३-२०८७ कार्यकालको लागि एन्फाको विधान बमोजिम एन्फाका सबै तहको निर्वाचनका लागि…
भजनी, २४ असार/ कैलाली बाढी तथा डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिकामा आधुनिक वर्षा मापन केन्द्र र ताप मापन केन्द्र स्थापना गरिएको छ। स्थानीय स्तरमा मौसमसम्बन्धी भरपर्दो तथ्याङ्क सङ्कलन, बाढीको पूर्वानुमान तथा विपद् जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको रु. ९ लाख ८० हजार आर्थिक सहयोग, जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको प्राविधिक सहयोग तथा भजनी नगरपालिकाको समन्वय र सहकार्यमा केन्द्र स्थापना सम्पन्न भएको हो। भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले आधुनिक मौसम मापन प्रणालीले स्थानीय सरकारलाई तथ्यमा आधारित निर्णय लिन, विपद्को पूर्वतयारी गर्न तथा नागरिकको जीवन र सम्पत्तिको सुरक्षा…
भजनी, २२ असार – कैलालीको भजनी नगरपालिका–१ स्थित श्री महुन्याल माध्यमिक विद्यालयमा निर्माणाधीन बालविकास खेल स्टेशनको भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, सामाजिक बिकास मन्त्रालयको टोली, वडा अध्यक्ष तथा प्राविधिक टोलीले सोमबार स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बालबालिकाका लागि सुरक्षित, गुणस्तरीय र सिकाइमैत्री वातावरण निर्माण गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउँदै निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले खेल स्टेशन सञ्चालनमा आएपछि प्रारम्भिक बालविकास तहका बालबालिकाको सिकाइ र समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। हाल खेल स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केही सजावट, खेल सामग्री जडान…
भजनी २२ असार/जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले समाचार लेख्दा संवेदनशीलतालाई विशेष ध्यान दिन पत्रकारलाई आग्रह गरेका छन् ।जानकी गाउँपालिकाको समन्वय तथा कैलाश मष्टा मिडिया प्रालिको आयोजनामा भएको स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धि पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले पत्रकारले एकलौटी रुपमा संकलन गरेर सम्प्रेषण गर्ने समाचारले समाजको संवेदनशीलतालाई ध्यान नदिएको बताएका हुन । “समाचारलाई विश्वसनीय बनाउनका लागि दुबै पक्षको कुरालाई पत्रकारले समाचारमा समेट्नुपर्छ ।” उनले भने, “समाजमा घट्ने हरेक घटनाको संवेदनशीलतालाई ख्याल नगरेकै कारण समस्या माथी समस्या थपिने क्रम बढ्दै गएको छ ।” जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने औल्याउँदै अध्यक्ष चौधरीले समाचारमा सत्यता महत्त्वपूर्ण हुने बताएका छन् । उनले नगर तथा…
भजनी असार १९/विश्वमै दुर्लभ एवं नेपालमा संरक्षित जलप्राणी गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका दक्षिणी नदीहरुमा देखा पर्न थालेका छन् । नदीमा जलस्तर बढेपछि बच्चा हुर्काउनका लागि आएका डल्फिन देखापर्न थालेका हुन् । यद्यपि यस वर्ष मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन आउन पनि ढिलाइ नै भएको थियो । गत वर्ष जेठ मसान्तमै नेपालका नदीमा आइपुगेका डल्फिन यसवर्ष ढिलो गरेर आएको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । उनका अनुसार गत मङ्गलबारदेखि टीकापुर नगरपालिका वडा नं. ७ र भजनी नगरपालिका वडा नं. ८ को सिमानामा रहेको मोहना नदी र पथरैयाको दोभानमा एक बच्चासहित तीन डल्फिन देखा परिरहेका छन् । यसैगरी पथरैया र काँढा नदीको दोभानमा दुई वटा वयस्क डल्फिन देखा…
भजनी, कैलाली । भजनी नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत लघुवित्तमा पहुँच तथा बजारीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख, विभिन्न विषयगत शाखाका प्रमुख तथा झोला उद्योग, बेकरी, दुग्ध डेरी, ब्युटी पार्लर लगायतका लघु उद्यमीहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा लघु उद्यमीहरूको वित्तीय पहुँच विस्तार, उत्पादनको बजारीकरण तथा उद्यम प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।कार्यक्रमको सहजीकरण विनोद शाह, राम गोपाल चौधरी र सुस्मिता चौधरीले गर्नुभएको थियो।
भजनी, कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाद्वारा सञ्चालित ECOLAB कार्यक्रम अन्तर्गत भजनी नगरपालिकाका बाढी तथा विपद्को उच्च जोखिममा रहेका वडा नं. ३ र ८ लाई पूर्वसूचना तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ।कार्यक्रममार्फत प्रदान गरिएका सामग्रीहरूले बाढी तथा अन्य विपद्का बेला समयमै पूर्वसूचना प्रवाह गर्न, प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न तथा धनजनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। हस्तान्तरण गरिएका सामग्रीमा ६ थान लाइफ ज्याकेट, ६ जोडी गमबुट, ६ थान सुरक्षा हेल्मेट, १०० मिटरको १ रोल नाइलन डोरी, २ थान फोल्डिङ स्ट्रेचर, १ थान साइरन, १ थान ह्यान्ड माइक, १५ थान सिट्टी, ६ थान हेड लाइट, ६…
भजनी, कैलाली, असार १७ / भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य चौकी स्तरीय न्यूनतम सेवा मापदण्ड (HP MSS) समीक्षा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा भजनी नगरपालिकाका उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत, शाखा अधिकृत,वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, भजनी आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरूले प्रदान गरिरहेका सेवाको गुणस्तर, न्यूनतम सेवा मापदण्डको कार्यान्वयन अवस्था तथा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै वडा नं. १ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। नगर उपप्रमुख राजु तिरूवाले स्वास्थ्य…
भजनी, कैलाली । भजनी नगरपालिकाको आयोजना तथा खप्तड तालिम तथा रोजगार मल्टिपर्पोज प्रा.लि., साँफेबगर–२, अछामको सहकार्यमा महिला विकास समूह समिति सदस्यहरूका लागि बेकरी उद्योग सञ्चालन सम्बन्धी तालिम तथा चाउमिन उद्योग सञ्चालन सम्बन्धी प्रविधि हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको उक्त तालिममा सहभागी महिलाहरूलाई बेकरी तथा चाउमिन उत्पादनका आवश्यक सैद्धान्तिक र व्यावहारिक सीप प्रदान गरिएको थियो। तालिममार्फत सहभागीहरूलाई स्वरोजगार तथा साना उद्यम सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ। कार्यक्रममा नगर उपप्रमुख राजु तिरूवाले महिलाहरूले सीप सिकेर आयआर्जनमूलक कार्यमा संलग्न भई आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता…
भजनी, कैलाली । भजनी नगरपालिकामा नव जीवन सेवा संघ (NSA) द्वारा सञ्चालन गरिने पाँच वर्षे शिक्षा परियोजना ‘रुपान्तरित व्यक्ति–रुपान्तरित समुदाय (सन् २०२६–२०३०)’ को औपचारिक शुभारम्भ गरिएको छ। परियोजनाको पहिलो परियोजना सल्लाहकार समिति बैठक तथा प्रारम्भिक (किक-अफ) अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिकामा सम्पन्न भएको हो। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, वडा अध्यक्षहरू, शिक्षा शाखा अधिकृत पंख बहादुर शाह,नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, आमा समूह, बाल क्लब, युवा क्लब तथा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाका प्रतिनिधिहरू लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नव जीवन सेवा संघका कार्यक्रम…