साझा अक्षर

सुदूरपश्‍चिम प्रदेश

शिक्षकलाई जिम्मेवार बनाइ शैक्षिक गुणस्तर बढाउन तलब वृद्धि

शिक्षकलाई जिम्मेवार बनाइ शैक्षिक गुणस्तर बढाउन तलब वृद्धि

भजनी नगरपालिकाको नगरकार्यपालिकाको बैठकले नगरपालिका मातहत नियुक्त भएका शिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।कार्यपालिकाको असार १६ गते आज बसेको बैठकले नगर अनुदान तथा निजि श्रोत शिक्षकको तलबको २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । शैक्षिक विकासको लागि एकमुष्ट अनुदान प्राप्त बाल उद्यान आधारभूत बिद्यालय बसाहा र इभन बाबा आधारभूतमा कार्यरत शिक्षकलाइ नगर अनुदान शिक्षकमा समायोजन गरिएको गर्ने निर्णय पनि भएको बताइएको छ । त्यस्तै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी,विद्यालय सहयोगीलाई नगर पालिकाले प्रदान गर्ने अनुदानमा वृद्धि गरिएको, नगर अनुदान निजि श्रोत लगायत बालविकास सहजकर्ता , विद्यालय कर्मचारी, विद्यालय सहयोगी कर्मचारीलाई अभिभाकत्व ग्रहण गरी स्थानीय सरकारले तलब वृद्धि…
Read More
कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना

कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना

धनगढी : कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना रहेको छ। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हो। यो वर्ष कैलालीमा पानी बढी पर्ने सम्भावना देखिएपछि पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ। धनगढीमा आयोजित पूर्वसूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्वतयारीमा जुट्न जरुरी रहेको बताएका हुन्। सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान समस्या हुन सक्ने उनीहरूको दाबी छ। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष अली बढी डुबान हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको…
Read More
चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन

चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन

कैलालीको भजनीमा चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन गरिएको छ। दिगो विकास समाज भजनी तथा वर्ल्ड भिजन नेशनल नेपालको सहयोगमा भजनी नगरपालिका वडा नं ७ कार्यालय र हाट बजार व्यवस्थापन समितिको आयोजनामा चर्रा रैथाने कृषि हाट बजार उद्घाटन समारोह कार्यक्रम भएको छ। वडा नं ७ का अध्यक्ष अमर कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कैलाली निर्वाचन क्षेत्र नं ३ ' क' का प्रदेश सदस्य पूर्व प्रदेश मन्त्री घनश्याम चौधरी, विशिष्ठ अतिथिमा नगर प्रमुख केवल चौधरी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि अतिथिमा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गाउँका भलमन्सा, कृषक, संरक्षणकर्मी र ब्यापारी लगायत उपस्थिति रहेको थियो…
Read More
मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री मिश्र (टेनी महाराज)द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन

मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री मिश्र (टेनी महाराज)द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन

के. आर.पाण्डेय  भजनी १२ माघ /कैलालीको भजनीमा श्री माँ शक्ति स्वारुपा देबि माताको आश्रम भजनी नगरपालिका वडा नं ५ बेलाहको आयोजना तथा विश्व हिन्दु परिषद् नेपाल र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा भएको कार्यक्रममा मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा एक कार्यक्रमका बीच नेपाल र भारतको सम्बन्ध युगौँ युगको भएको र आफू भारत सरकारको पूर्व केन्द्रीय गृह मन्त्री भएकोले ग्रामीण क्षेत्रको विकासका लागि जोड दिन र भजनी नगरपालिका वडा नं ५ गुलरियाघाटमा पक्की पुल निर्माण भएमा दुवै देशका जनतालाई राहत हुने,उच्च शिक्षा अध्ययन,व्यापार व्यवसायमा सहज…
Read More
भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा

भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा

 खेम राज पाण्डेय/कैलालीको भजनीमा स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने मुख्य उदेश्य सहित सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि. धनगढीले भजनी,कृष्णनगर,नवलपुर, काँढा , महादेउली र जोशीपुर ,बौनिया देखि काठमाडौं जाने अत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (ए.सी.) भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा ल्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक तथा सुन्दर सुदुरपश्चिम यातायात प्रालिका निवर्तमान अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका उप प्रमुख राजु तिरुवाले संयुक्त रूपमा बसको उद्घाटन गर्नु भएको हो।उक्त कार्यक्रममा भजनी नगरपालिका वडा अध्यक्ष, व्यापारी, उद्योग बाणिज्य संघ भजनी , महुन्याल बहमुखि क्याम्पस व्यवस्थापक अध्यक्ष,संघसंस्था प्रतिनिधि,जनता पुस्तकालय, राजनीतिदल ,सुरक्षाकर्मी,सञ्चारकर्मी…
Read More

बोगटान फुड्सिल गाउँपालिकामा दुना-टपरी मेसिन खरिद र तालिम कार्यक्रम शुभारम्भ

दीपक संगम विश्वकर्मा/डोटीको बोगटान फुड्सिल गाउँपालिका, डोटीले महिलाहरूको सशक्तीकरण र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुना-टपरी मेसिन खरिद तथा तालिम कार्यक्रमको शुभारम्भ गरेको छ। यो कार्यक्रम गाउँपालिकाको आयोजनामा र महिला सञ्जालको सहकार्यमा सञ्चालन भइरहेको हो। कार्यक्रम मंसिर १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिस्ना बामले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो। विशेष अतिथिहरूमा वडा नं. १ का अध्यक्ष खेम घर्तीमगर, वडा नं. २ का अध्यक्ष भरत बम र स्वास्थ्य शाखा प्रमुख पारस बोहरा रहेका थिए। तालिमका लागि प्रशिक्षकको रूपमा भावना मगरले निर्देशन दिइरहनु भएको छ। यस तालिममा सहभागी महिलाहरूसँग दुना-टपरी बनाउनका लागि आधुनिक…
Read More
सिमचौर माविमा न्यानाे कपडा वितरण

सिमचौर माविमा न्यानाे कपडा वितरण

दीपक संगम विश्वकर्मा/डोटी,बोगटान फुड्सिल गाउँपालिका–१, सिमचौरस्थित श्री सिमचौर माध्यमिक विद्यालयमा न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको नेतृत्वमा आयोजित यो कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई चिसो मौसममा राहत प्रदान गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा चैतन्य पाठशालाका सम्पूर्ण टिमको सक्रिय सहभागिता रहेको थियो। अध्यक्ष जोशीले विद्यार्थीहरूको शैक्षिक विकाससँगै स्वास्थ्य र जीवनस्तर सुधारका लागि यस्ता सहयोगात्मक कार्य आवश्यक रहेको बताए। विद्यालयका प्रधानाध्यापकले चैतन्य पाठशालाको यस पहलप्रति आभार प्रकट गर्दै विद्यार्थीहरूलाई प्रदान गरिएको सहयोगले उनीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यस प्रकारका सामाजिक सहयोगले विद्यालयका विद्यार्थीहरूको मनोबल उच्च राख्नुका साथै स्थानीय समुदायलाई पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।…
Read More
टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन

टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन

खक्रौला / कैलालीको टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामलाल डगौरा थारुले कम्पनी स्थापनाले नेपालको धार्मिक तथा साँस्कृतिक पर्यटनमा विकास भई नेपाल र भारतको आर्थिक र सामाजिक सम्बन्ध मजबुत हुने बताएका थिए ।यात्रुले सेवासुविधा भोग गर्न चाहने भएकाले यात्रु लाई सोही अनुसारको सेवा दिन कम्पनी लागि पर्नुपर्ने उनको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा जानकि गाउँ पालिकाका अध्यक्ष गणेश चौधरीले सिमानाकामा नेपालीहरु आवतजावत गर्दा बाटोमा विभिन्न सास्ती खेप्ने गरेको र सो सास्ती कम गर्न प्रा.लि. का संचालक अघि सरेर कम्पनी स्थापना गरेको देख्दा आफुलाई…
Read More
भजनीमा पढाई मेला

भजनीमा पढाई मेला

  कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल तथा यार्ड धनगढिको आर्थिक तथा प्रबिधिक सहयोग र गणेशमान आधारभुत विधालय भजनी वडा न ७ चर्रामा पढाइ मेला सम्पन्न भएको छ।  पढाई मेलाका गणेशमान आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश कठरियाको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका का नगरप्रमुख केवल चौधरीको प्रमुख अतिथि  भएको थियो । सो मेला कार्यक्रममा विशिष्ट अतिथिको रुपमा  उप- प्रमुख राजु तिरुवा र  प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने, अतिथिमा शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह , वडा न ७ का अध्यक्ष अमर कठरिया, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल, कल्पना चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक , वडा सदस्यहरु,…
Read More
जानकी गाउँपालिकामा सुत्केरीलाई पोषण वितरण

जानकी गाउँपालिकामा सुत्केरीलाई पोषण वितरण

कैलाली, पुस १२/जानकी गाउँपालिका, स्वास्थ्य शाखा, दुर्गौलीको आयोजनामा "सुत्केरीलाई उपाध्यक्ष पोषण कार्यक्रम" सम्पन्न भएको छ। पुस १२ गते जानकीनगर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको हो। कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाको संयोजकत्वमा पोषण सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा वडानम्बर २ का कार्यवाहक वडा अध्यक्ष योगेन्द्र बम, वडाका सम्पूर्ण सदस्यहरू, व्यवस्थापन समितिका सदस्यहरू, र स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सी.अ.न.मि. शोभा चौधरी, जानकीनगर स्वास्थ्य शाखाका ईन्चार्ज, र अन्य स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको छ। यो कार्यक्रमले सुत्केरी महिलाहरूलाई पोषणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ। जानकी गाउँपालिकाले स्वास्थ्य र पोषण क्षेत्रलाई प्राथमिकतामा राख्दै…
Read More
जानकी गाउँपालिकालाई “थारु लोक कलाको हव” बनाउने योजना प्रारम्भ

जानकी गाउँपालिकालाई “थारु लोक कलाको हव” बनाउने योजना प्रारम्भ

दुर्गाैली, पौष ११ – जानकी गाउँपालिकालाई "थारु लोक कलाको हव" बनाउने योजना अन्तर्गत आज एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा प्र.प्र.अ. सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रप्रसाद काफ्ले 'थुम्केली', प्राज्ञपरिषद्का सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, र सौरगंगा दर्शनधारीले पनि सहभागिता जनाए। कार्यक्रममा थारु समुदायको मौलिक संस्कृति, लोक कला र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै जानकी गाउँपालिकालाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने विषयमा गहन छलफल गरियो। सहभागीहरूले थारु कलाको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्‍याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। गाउँपालिका अध्यक्ष चौधरीले थारु कलाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय स्तरमा पर्यटन…
Read More

कैलालीमा सुन र चाँदीका गरगहनासहित दुईजना पक्राउ

भजनी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो…
Read More
दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

भजनी, पौष १० खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका वडा नं. १ गरी १६ जना छन्‌ । २०८१ मंसिर १६ न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका वडा नं. १, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो । मह विक्रेताले मरेका मौरी, मौरीको घार र मह अलग अलग भाँडामा राखेको अवस्थामा फेला परेका थिए । मरेका मौरी र सुकेको घार अलग अलग बाल्टीमा र मह प्लास्टिकका…
Read More
लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

भजनी १० पौष/कैलालीका विभिन्न ठाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।जिल्लाको दक्षिणी सीमावर्ती भजनी नगरपालिका वडा नं. ३ सरदार चोकस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका १८ वर्षीय किशोर पक्राउ परेका हुन् । ती किशोरलाई ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३० वर्षीय श्रबण चौधरी पक्राउ परेका हुन् । चौधरीलाई ३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तिमा शैक्षिक सामाग्री वितरण

नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तिमा शैक्षिक सामाग्री वितरण

पुस ८ टीकापुर: नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री, निष्ठावान सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ति टीकापुरस्थित कैलाशेश्वर वेद विधा आश्रममा विशेष कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा आश्रमका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने सत्कार बुक्सका श्री बिरेन्द्र रावललाई विशेष धन्यवाद दिइएको छ। उक्त पुस्तक वितरण कैलाली जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति प्रकाश शाह बाट गरिएको हो। कार्यक्रममा सहभागीहरूले स्व. भट्टराईको योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरेका हुन। नेपाली कांग्रेसका यो महान् व्यक्तित्वले देश र लोकतन्त्रका लागि पुर्‍याएको योगदान सधैं प्रेरणादायी रहेको वक्ताहरूले बताए।
Read More