साझा अक्षर

भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा

 खेम राज पाण्डेय/कैलालीको भजनीमा स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने मुख्य उदेश्य सहित सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि. धनगढीले भजनी,कृष्णनगर,नवलपुर, काँढा , महादेउली र जोशीपुर ,बौनिया देखि काठमाडौं जाने अत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (ए.सी.) भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा ल्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक तथा सुन्दर सुदुरपश्चिम यातायात प्रालिका निवर्तमान अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका उप प्रमुख राजु तिरुवाले संयुक्त रूपमा बसको उद्घाटन गर्नु भएको हो।उक्त कार्यक्रममा भजनी नगरपालिका वडा अध्यक्ष, व्यापारी, उद्योग बाणिज्य संघ भजनी , महुन्याल बहमुखि क्याम्पस व्यवस्थापक अध्यक्ष,संघसंस्था प्रतिनिधि,जनता पुस्तकालय, राजनीतिदल ,सुरक्षाकर्मी,सञ्चारकर्मी र सुपका बस काउन्टर प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो, उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक तथा सुन्दर सुदुरपश्चिम यातायात प्रालिका निवर्तमान अध्यक्ष टेकराज जोशीले यात्रुहरुको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले बिहीबार देखि सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको बताए । भजनी, धनगढी, अत्तरिया र टीकापुर हुँदै लामो दुरीको गन्तव्य तर्फ सुरक्षित तरिकाले गुड्ने गरेको बताए । उक्त सुदुरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष समेत रहेका गोवीन्द बहादुर शाहले यातायात क्षेत्रमा यस प्रालिबाट यात्रुहरुलाई सुरक्षित सुविधा सम्पन्न स्तरीय सेवा उपलब्ध गराउँदैत भीआईपी सोफा सहित आरामदायी गाडी भजनी देखि काठमाडौं सम्म संचालन गरिएको बताए । लामो दूरीको यात्रुहरुको आवश्यकतालाई ध्यानमा राख्दै बस सञ्चालनमा ल्याएको बताए । उनले आरामदायी भीआईपी सोफा थपे सँगै यात्रुलाई सहज हुने विश्वास लिएको बताए।उप–प्रमुख तिरूवाले मैले प्रतिवद्धता गरे, मेरै पालामा भजनीमा सुविधासम्पन्न बसपार्कको निमार्ण हुनेछ, त्यसकार्यलाई मैले र मेरो नगरपालिकाले जसरी भएपनि भजनी नगरहरुलाई सुविधा सम्पन्न बसपार्कको निर्माण सम्पन्न गरेर सञ्चालन गरेर देखाउने छौ।कार्यक्रममा भजनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरी, समाजसेवी गोकेन्द्र भण्डारी, भजनी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हर्क बुढा, भजनी उद्योग बाणीज्य संघका महासचिव जय बहादुर बुढा लगाएतले बस सेवा सञ्चालनको स्वागत गर्दै आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए।बस सेवा उद्घाटन कार्यक्रको सञ्चालन सुन्दर सुदुरपश्चिम यातायात प्रालिका उपाध्यक्ष दामोदर कठायतले स्वागत् मन्तव्य राखेका थिए भने महासचिव सुरेन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण कृष्णनगर(नवलपुर ) काउन्टर सुरेन्द्र प्रसाद जैसीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *