भजनी, कैलाली। भजनी नगरपालिका–१ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। भजनी नगरपालिकाको स्वास्थ्य शाखा तथा भजनी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराई पूर्ण खोप सुनिश्चितता कायम राख्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताए। उनले खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रणका लागि समुदायको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै दिगोपनालाई विशेष ध्यान दिन आग्रह गरे। त्यस्तै, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा समुदायस्तरको सक्रिय सहभागिताका कारण वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना…
भजनी, कैलाली । केयर नेपाल र आइडिइ नेपालको आर्थिक सहयोग तथा याक नेपालद्वारा सञ्चालित पोषण परियोजनाअन्तर्गत भजनी नगरपालिकामा सञ्चालन भएका विभिन्न गतिविधिहरूको पालिका स्तरीय सल्लाहकार समितिद्वारा अनुगमन गरिएको छ।अनुगमन टोलीले परियोजनामार्फत सञ्चालित पोषण सुधार, समुदायस्तरीय जनचेतना अभिवृद्धि, बाल तथा मातृ पोषण प्रवर्द्धन, सरसफाइ तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको थियो। अनुगमनपछि बोल्दै नगर उपप्रमुख राजु तिरुवा ले परियोजनाले लक्षित समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमहरूलाई अझ प्रभावकारी र दिगो बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीचको समन्वय थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य शाखा प्रमुख कैलाश थारु का अनुसार परियोजनाले विशेषगरी महिला, बालबालिका तथा विपन्न समुदायको…
भजनी१३ जेठ/६४ बिघा जग्गाको ६३ लाख ठेक्का रकम नउठ्दा शिक्षकलाई तलब खुवाउनै समस्या महुन्याल माध्यमिक विद्यालय भजनी आर्थिक संकटमा परेको छ। विद्यालयको स्वामित्वमा रहेको ६४ बिघा जग्गाको ठेक्का रकम लामो समयसम्म नउठ्दा विद्यालय सञ्चालनमै समस्या देखिन थालेको हो। विद्यालयले १० वर्षे सम्झौता अन्तर्गत ठेक्कामा दिएको जग्गाबाट गत आर्थिक वर्षको २७ लाख रुपैयाँ र चालु आर्थिक वर्षको ३६ लाख रुपैयाँ गरी कुल ६३ लाख रुपैयाँ पाउन बाँकी रहेको जनाएको छ। तर, पटक–पटक ताकेता गर्दा पनि हालसम्म रकम उठ्न नसकेको विद्यालय प्रशासनको भनाइ छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीका अनुसार ठेकेदारलाई निरन्तर पत्राचार र मौखिक ताकेता गरिए पनि रकम बुझाउने…
अमृत केसी/कैलालीमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै थप पदक हासिल गरेको छ। प्रतियोगिताको सुरुवाती चरणदेखि नै भजनी नगरपालिकाले विभिन्न खेल विधामा आफ्ना प्रतिद्वन्द्वीलाई कडा टक्कर दिँदै आएको छ।जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुन १ दिन मात्र बाँकी रहँदा भजनी नगरपालिकाले हालसम्म ४ पदक आफ्नो नाममा पार्न सफल भएको छ। छात्रा हाइजम्पतर्फ प्रतिका कठरियाले स्वर्ण पदक जित्दै भजनीलाई गौरवान्वित बनाएकी छन्।त्यसैगरी, ज्याभ्लिङ थ्रोतर्फ अभिषेक विकले रजत पदक प्राप्त गरेका छन् भने सटपुटतर्फ पारस टमट्टा र कराँतेतर्फ अनुप चौधरीले कास्य पदक हासिल गरेका छन्। भजनी नगरपालिकाका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले खेलाडीहरूको…
अमृत केसी/कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन चरणमै भजनी नगरपालिकाले ऐतिहासिक सफलता हासिल गरेको छ । विगतका वर्षहरूमा अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै आएको भजनीले यस वर्ष भने सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न हाईजम्प प्रतियोगितामा भजनी नगरपालिकाकी छात्रा प्रतिका कठरियाले शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै भजनी नगरपालिकाले प्रतियोगितामा पहिलो ठूलो सफलता हात पार्दै स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएकी हुन् । प्रतिका कठरियाको स्वर्ण पदकसँगै भजनी नगरपालिकाको टोलीमा उत्साह छाएको छ । खेल मैदानमा उनले देखाएको आत्मविश्वास, मेहनत र उत्कृष्ट प्रदर्शनले भजनी नगरपालिकाको खेल इतिहासमा…
भजनी ३० वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुदले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियो। त्यसैगरी शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी तथा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा…
भजनी २६ वैशाख /उद्योग वाणिज्य संघ भजनीकाे नेतृत्व पत्रकार तथा व्यवसायी जयबहादुर बुढाले सम्हालेका छन् । वाणिज्य सङ्घको वार्षिक चुनावी साधारण सभाले बुढालाई सर्वसम्मत रुपमा अध्यक्षका लागि चयन गरेको हो । लामो समयदेखि भजनीमा बसेर व्यापार व्यवसाय गर्दै आउनुभएका बुढा यसअघि उद्योग वाणिज्य संघ भजनीको ९ वर्षसम्म सचिव हुनुहुन्थ्यो । पेशाले पत्रकारिता र व्यापारमा सक्रिय बुढा व्यापारीको हकहितका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा रामप्रशाद रेग्मी, सचिव जनक बहादुर विक, कोषाध्यक्ष शान्ति ओझा, सह सचिव विनोद शाह सर्वसम्वत भएका छन् । सदस्यमा निर्मला परियार, राजकुमार अग्रवाल, लालबहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी, नरेन्द्र थापा सर्वसम्वत चयन भएका हुन् । अध्यक्षमा…
भजनी ०५ बैशाख/कैलाली क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा जाँचलाई तीव्र बनाएको छ। विशेषगरी रातको समयमा हुने दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका ट्रयाक्टर तथा ढुवानी साधनहरूमा रिफ्लेक्टर टाँस्ने अभियान सञ्चालन गरेकोमा भजनी नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष केशव बुढाले धन्यवाद दिएका छन्। अभियान अन्तर्गत ट्राफिक प्रहरीले ट्रयाक्टरको पछाडि र छेउभागमा रिफ्लेक्टर जडान गर्दै चालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना समेत दिएको छ। धेरैजसो ग्रामीण क्षेत्रमा चल्ने ट्रयाक्टर तथा गाडीहरूमा रिफ्लेक्टर नहुँदा रातको समयमा दुर्घटनाको जोखिम बढ्ने गरेको भन्दै प्रहरीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट…
भजनी । सरकारले निशस्त्र युवा पुस्तामाथि गरेको क्रूर बर्बर दमनको विरुद्धमा तथा जेनजी पुस्ताले अघि बढाएको आन्दोलनको पक्षमा भजनीमा रहेका युवा तथा जेनजीले शोक सभा आयोजना गरेका छन् ।केहीबेर अघि भजनी बजारमा युवा तथा जेनजीको आयोजनामा शोक सभा सम्पन्न गरिएको युवा नेता सुरेन्द्र प्रसाद जैशी जानकारी दिए। शोक सभामा दीप प्रज्वलन गरेर शहिद भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गरिएको छ।
भजनी नगरपालिकाको नगरकार्यपालिकाको बैठकले नगरपालिका मातहत नियुक्त भएका शिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।कार्यपालिकाको असार १६ गते आज बसेको बैठकले नगर अनुदान तथा निजि श्रोत शिक्षकको तलबको २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । शैक्षिक विकासको लागि एकमुष्ट अनुदान प्राप्त बाल उद्यान आधारभूत बिद्यालय बसाहा र इभन बाबा आधारभूतमा कार्यरत शिक्षकलाइ नगर अनुदान शिक्षकमा समायोजन गरिएको गर्ने निर्णय पनि भएको बताइएको छ । त्यस्तै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी,विद्यालय सहयोगीलाई नगर पालिकाले प्रदान गर्ने अनुदानमा वृद्धि गरिएको, नगर अनुदान निजि श्रोत लगायत बालविकास सहजकर्ता , विद्यालय कर्मचारी, विद्यालय सहयोगी कर्मचारीलाई अभिभाकत्व ग्रहण गरी स्थानीय सरकारले तलब वृद्धि…
धनगढी : कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना रहेको छ। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हो। यो वर्ष कैलालीमा पानी बढी पर्ने सम्भावना देखिएपछि पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ। धनगढीमा आयोजित पूर्वसूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्वतयारीमा जुट्न जरुरी रहेको बताएका हुन्। सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान समस्या हुन सक्ने उनीहरूको दाबी छ। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष अली बढी डुबान हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको…
कैलालीको भजनीमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिको आर्थिक वर्षको नीति कार्यक्रम बजेट सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेशनल नेपाल द्वारा संचालित पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाबाट यस नगरपालिकामा रहेका समुदाय स्तरीय विपत् व्यवस्थापन,वडा स्तरीयलाई विपत् पूर्व कार्यकालागि विपत् खोज तथा उद्धार सामाग्रीहरु वितरण दिगो विकास समाज भजनीले वडा नं २ र ३ समुदायलाई ३३ हजार १३ सय बराबरको विपतमा प्रयोग हुने सामग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद शाह जानकारी दिए। साथै भजनी नपाको विपत् व्यवस्थापन शाखासंगको सहकार्यमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिसंग आर्थिक वर्षको निति कार्यक्रम…
कैलालीको भजनीमा चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन गरिएको छ। दिगो विकास समाज भजनी तथा वर्ल्ड भिजन नेशनल नेपालको सहयोगमा भजनी नगरपालिका वडा नं ७ कार्यालय र हाट बजार व्यवस्थापन समितिको आयोजनामा चर्रा रैथाने कृषि हाट बजार उद्घाटन समारोह कार्यक्रम भएको छ। वडा नं ७ का अध्यक्ष अमर कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कैलाली निर्वाचन क्षेत्र नं ३ ' क' का प्रदेश सदस्य पूर्व प्रदेश मन्त्री घनश्याम चौधरी, विशिष्ठ अतिथिमा नगर प्रमुख केवल चौधरी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि अतिथिमा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गाउँका भलमन्सा, कृषक, संरक्षणकर्मी र ब्यापारी लगायत उपस्थिति रहेको थियो…
के. आर.पाण्डेय भजनी १२ माघ /कैलालीको भजनीमा श्री माँ शक्ति स्वारुपा देबि माताको आश्रम भजनी नगरपालिका वडा नं ५ बेलाहको आयोजना तथा विश्व हिन्दु परिषद् नेपाल र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा भएको कार्यक्रममा मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा एक कार्यक्रमका बीच नेपाल र भारतको सम्बन्ध युगौँ युगको भएको र आफू भारत सरकारको पूर्व केन्द्रीय गृह मन्त्री भएकोले ग्रामीण क्षेत्रको विकासका लागि जोड दिन र भजनी नगरपालिका वडा नं ५ गुलरियाघाटमा पक्की पुल निर्माण भएमा दुवै देशका जनतालाई राहत हुने,उच्च शिक्षा अध्ययन,व्यापार व्यवसायमा सहज…
भजनी,४माघ/कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्र भजनी नगरपालिका वार्ड नं.८सोनाफाटामा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीको आयोजनामा २दिन सम्म संचालन हुने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी उद्घाटन भएको छ। टीकापुर नगरपालिका, भजनी नगरपालिका, प्रकृति संरक्षण कोष (NTNC)र WWF नेपालको सहयोग तथा सहकार्य संचालन हुने गोष्ठी टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल विर चौधरी र भजनी नगरपालिकामा वार्ड नं.८ का वार्ड अध्यक्ष पंकज चौधरीले डल्फिनका साथीहरु (Friends of Dolphin) अभियानको ब्यानर अनावरण गरेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल विर चौधरीले डल्फिन,जलचर तथा जैविक संरक्षण कार्यमा आगामी दिनमा…