कैलालीको भजनीमा चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन गरिएको छ। दिगो विकास समाज भजनी तथा वर्ल्ड भिजन नेशनल नेपालको सहयोगमा भजनी नगरपालिका वडा नं ७ कार्यालय र हाट बजार व्यवस्थापन समितिको आयोजनामा चर्रा रैथाने कृषि हाट बजार उद्घाटन समारोह कार्यक्रम भएको छ। वडा नं ७ का अध्यक्ष अमर कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कैलाली निर्वाचन क्षेत्र नं ३ ' क' का प्रदेश सदस्य पूर्व प्रदेश मन्त्री घनश्याम चौधरी, विशिष्ठ अतिथिमा नगर प्रमुख केवल चौधरी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि अतिथिमा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गाउँका भलमन्सा, कृषक, संरक्षणकर्मी र ब्यापारी लगायत उपस्थिति रहेको थियो…
कैलालीको भजनीमा रहेको दिव्य शाक्ति कृषक समूह भजनी न.पा.-८जनकपुरकाे पाँचौ साधारणसभा सम्पन्न भएको छ।समुहका अध्यक्ष खेम राज चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी न .पा.वडा न.८ काे वडा अध्यक्ष पंकज चाैधरी रहनु भएको थियो।उक्त साधारण सभा तथा सुनवाई विशिष्ट अतिथि वडा सदस्य लल्टु ड.थारू, वडा न.७ काे वडा सचिव जय प्रसाद ढुङगाना, अतिथिमा सुनाैलाे ग्रा.वि.सहकारी संस्था काे संस्थापक अध्यक्ष राम फल चाैधरी तथा कृषक समूहकाे सदस्य लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत् मन्तव्य राम फल चाैधरीले गर्नु भएको थियो। समुहको आर्थिक वर्ष २०८०/०८१काेषाध्यक्ष राम बहादुर चाैधरीले ६लाख ८३ हजार ६ सय बराबरकाे आय व्याय प्रस्तुत गरेको थियो ।कार्यक्रममा प्रमुख…
भजनी ११ मंसिर /कैलालीको भजनी नगरपालिका ५ नं वडा कार्यालयको आयोजनामा मल/खादको अभावका कारण कृषकहरुको समस्या बारे छलफल गरिएको छ । भजनी- ५ नं वडा कार्यालयमा भजनी क्षेत्रमा रहेका सम्पूर्ण सुरक्षा निकाय, सरोकारवलाहरुसँग छलफल गरिएको छ।छलफलमा नगर प्रमुख केवल चौधरी,उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा नं ३,५,र ७ का वडा अध्यक्ष, सिमा क्षेत्रका सुरक्षाकर्मी, पत्रकार, राजनीति दल, पालिकाका विभिन्न शाखा प्रमुखको सहभागीता रहेको थियो।छलफलको विषय बस्तु बारे ५-का वडा अध्यक्ष केशव बहादुर बुढाले बताउनु भएको थियो।छलफलमा राजनीति दल र कृषकले सरकारले जहिले पनि मुख्य सिजनमा मल बीउ बिजनमा किसानलाई धोका दिएको भन्दै गुनासो गरेका थिए । भजनी-५ का…
सात वटा मोटरसाइकल पक्राउ भजनी / कैलालीको टीकापुर क्षेत्रबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे छ । शसस्त्र प्रहरीकाे केन्द्रीय ब्युराेटाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट पक्राउ गरेकाे हाे । शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाकाे प्रतिबेदन अनुसार ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे सत्ति भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथाेकिले जानकारी दिएका छन । नेपाल भित्र्याउन लागेकाे कपडामा १३६ पिस सुट,२९ पिस पर्दा,७८ मिटर ब्लाउजकाे कपडा,४३ पिस साडी,१० पिस लाैलिया,लेहङ्गा कपडा ६० मिटर,मलमल…
भोजपुर साउन२०।। बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाँझो रहेका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए । यस वर्ष आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ । यस्तै टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी…
बिर्तामोड साउन २०।। झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ । इलाम र पाँचथर को सीमावर्ती बजारहरु बाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको जनाइएको छ । प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दा माथि देखिएमा उपयोग गर्न सकिदैन । आज विहान प्रयोगशालाले कोल्बुङको गोलभेडा, इनरुवाको करेला, शान्तिनगरको बोडी, फिक्कलको हरियो खोर्सानी र इलामको…
झापा साउन १९।। जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछी बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए। ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’ मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ । उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए…
जुम्ला – जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन्। पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए। ‘कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ। चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्,’ अध्यक्ष रोकायाले भने,’यसरी मरेका भेडाको बीमासमेत…
बिर्तामोड, ११ साउन : बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरपालिकाले 'पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको तरकारी बिक्री केन्द्रको नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आज (शुक्रबार) रिवन काटेर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप-प्रमुख संग्रोलाले सामुदायिक तरकारी विक्री केन्द्रलाई निरन्तर व्यवस्थित ढंगले अगाडि लिएर जाने नगरको अवधारणा रहेको बताउनु भयो । उहाँले जिल्लामा कृषि र पशुपंछि तथा मत्स्य विकासको क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने पालिकाको रुपमा बिर्तामोड रहेको बताउनु भयो । उहाँले खाली रहेका जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सबैलाई…
बिर्तामोड, ७ साउन ।। बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाऊँ' भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले रिवन काटेर बिक्री केन्द्रको उद्घाटन गर्नु भयो । नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४…
चारपाने साउन ३॥ विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ। यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताए। उनका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड बढी लगानी भइसकेको छ । स्थानीय व्यक्तिको सहयोगमा…
विराटनगर, असार २९ ॥ कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा आठ लाख २६ हजार छ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । मनसुनको सक्रियतासँगै अहिलेसम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए । उनले प्रदेशको उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र…