Skip to main content

Bhajani Today

भजनीका किसानले पाएनन् समयमा मल खाद र बिउविजन

भजनी ११ मंसिर /कैलालीको भजनी नगरपालिका ५ नं वडा कार्यालयको आयोजनामा मल/खादको अभावका कारण कृषकहरुको समस्या बारे छलफल गरिएको छ । भजनी- ५ नं वडा कार्यालयमा भजनी क्षेत्रमा रहेका सम्पूर्ण सुरक्षा निकाय, सरोकारवलाहरुसँग छलफल गरिएको छ।छलफलमा नगर प्रमुख केवल चौधरी,उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा नं ३,५,र ७ का वडा अध्यक्ष, सिमा क्षेत्रका सुरक्षाकर्मी, पत्रकार, राजनीति दल, पालिकाका विभिन्न शाखा प्रमुखको सहभागीता रहेको थियो।छलफलको विषय बस्तु बारे ५-का वडा अध्यक्ष केशव बहादुर बुढाले बताउनु भएको थियो।छलफलमा राजनीति दल र कृषकले सरकारले जहिले पनि मुख्य सिजनमा मल बीउ बिजनमा किसानलाई धोका दिएको भन्दै गुनासो गरेका थिए । भजनी-५ का कृषक हरिप्रसाद डगौराले ४ बिगाहमा गहु लगाएका छन र लक्ष्मण चौधरीले ९ बिगाहा लगाएको बताए । उनिहरुले खेतमा छर्न मल नपाएपछि भारतबाट सिमा नाका हुदै दुई बोरा मल ल्याउदै गर्दा प्रहरीले जफत गरेको छलफलमा सुनाए ।त्यस्तै पालिका प्रवक्ता बिक्रम चौधरीले भने “दश हजार कुन्टल मलले भजनीका कृषकलाई पुग्दैन “वास्तवममा कृषकलाई एक सिजनमा २५ देखि ३५ हजार कुन्टल सम्म खाद मलको अभाव छ । “किसानले १ बोरी खाद मल नाका पारीबाट ल्याउदैमा किसानलाई तस्करको रुपमा नहेर्न सुरक्षा कर्मीलाई अनुरोध गरे ।”भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले किसानको समस्या आफुलाई थाहा भएको र किसानको समस्या समाधान गर्न डेलिगेसन समेत जाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *