भजनी १३ मंसिर/नेकपा माओवादी केन्द्र भजनी नगरपालिका वडा नं.३,५ र ८को वडा सम्मेलन बुधबार सम्पन्न भएको छ ।
दोस्रो वडा सम्मेलनबाट वडा नं३मा गोविन्द चौधरी वडा नं ५ मा तेज बहादुर साउद र वडा नं ८ मा प्रशु राम लामाको नेतृत्वमा नयाँ वडा कमिटी चयन भएको हो ।नेतृत्वमा २५ सदस्यीय समिति चयन भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै पुर्व मेयर शेर वहादुर चौधरीले जनताको पार्टी माओवादी केन्द्र नै भएको बताउँदै लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख पक्ष पनि माओवादी नै भएको बताएका छन् ।
सम्मेलनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य पुर्व मन्त्री मा विनिता चाैधरी,नगर कमिटी अधयक्ष प्रशू चौधरी, उपाध्यक्ष नारायण ओझा,सुरज चौधरी, पुर्व मेयर शेर वहादुर चाैधरी,जगत विक, नृप साउद, कुम्भ कडायत र जनक साउद लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी भजनी नगरपालिका बाँकी वडाको सम्मेलन केही दिनमै सम्पन्न हुने नगर कमिटी सचिव जगत विकले जानकारी दिए।
