भजनी १६मंसिर /कैलालीको नेपाल-भारत खुला सीमानाका रहेको भजनी र टीकापुरमा तस्करी मौलाउन थालेको छ । सरकारले भन्सार छली तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई सीमा नाकामा खटाउने गरेको छ ।सीमा नाकाहरुबाट निर्वाद रुपले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल वि ओ पी कै मिलेमतोमा समानहरु आयात भैरहेको छ।भारतसँग सीमा जोडिएका सीमा नाकाबाट विभिन्न सामान तस्करी हुने क्रम बढेको छ।
सुरक्षा निकायसँग मिलेर र तस्करी गर्दै आएका छन् । कपडा,सुर्ती,माछा, हार्डवेयर ,चिनी,चप्पल र किराना पसल सामान तस्करीले सुरक्षाकर्मीसँग सेटिङ मिलाउने गरेका छन् ।दैनिक बिहान३/७ बजेदेखि राति ८/१२ बजेको समयमा भन्सार छलि गरी ल्याएका वस्तु ओसार्नेहरूको लर्को हुने गरेको बासिन्दाले स्थानीय बताउँछन्।
पछिल्लो समयमा भजनी नपाको जसबहादुर घाट, रेप्ती नाला, हिक्मतपुर, कैवाखेरा , डाक्टर घाट र हलैना र टीकापुरको श्रीलंका ,टावर नजिक र पुरानो भन्सारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
सशस्त्र प्रहरीलाई तस्कर नियन्त्रण गर्ने अभिभारा दिएर अनुसन्धान सहितको जिम्मेवारीमा सीमा क्षेत्रमा परिचालन भए पनि सीमा नाकाबाट तस्करी र भन्सार छली नियन्त्रण हुन सकेको छैन । तर भजनी र टीकापुरमा यी निकायको मिलेमतोमा खुलेआम तस्करी भइरहेका दृश्य सबै नाकाहरुमा व्याप्त छन् ।आयातमा प्रतिबन्ध लगाइएका मालवस्तुसमेत तस्करीमार्फत नेपाल भित्रिएको छ। सीमा क्षेत्रमा प्रहरी इमान्दार र अहोरात्र मिहिनेत गर्ने हो भने त्यस्ता वस्तुको सिन्को समेत अवैध आयात हुन पाउँदैन ।