साझा अक्षर

सुरक्षा र कुटनिती

भजनीमा प्रहरीको इन्काउन्टर, चन्द र ढुंगाना पक्राउ

भजनीमा प्रहरीको इन्काउन्टर, चन्द र ढुंगाना पक्राउ

 भजनी: कैलाली प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा प्रहरीले गोली चलाएको हो। गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ। कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो। भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए। गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ। ‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा…
Read More
मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री मिश्र (टेनी महाराज)द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन

मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री मिश्र (टेनी महाराज)द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन

के. आर.पाण्डेय  भजनी १२ माघ /कैलालीको भजनीमा श्री माँ शक्ति स्वारुपा देबि माताको आश्रम भजनी नगरपालिका वडा नं ५ बेलाहको आयोजना तथा विश्व हिन्दु परिषद् नेपाल र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा भएको कार्यक्रममा मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा एक कार्यक्रमका बीच नेपाल र भारतको सम्बन्ध युगौँ युगको भएको र आफू भारत सरकारको पूर्व केन्द्रीय गृह मन्त्री भएकोले ग्रामीण क्षेत्रको विकासका लागि जोड दिन र भजनी नगरपालिका वडा नं ५ गुलरियाघाटमा पक्की पुल निर्माण भएमा दुवै देशका जनतालाई राहत हुने,उच्च शिक्षा अध्ययन,व्यापार व्यवसायमा सहज…
Read More
भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा

भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा

 खेम राज पाण्डेय/कैलालीको भजनीमा स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने मुख्य उदेश्य सहित सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि. धनगढीले भजनी,कृष्णनगर,नवलपुर, काँढा , महादेउली र जोशीपुर ,बौनिया देखि काठमाडौं जाने अत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (ए.सी.) भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा ल्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक तथा सुन्दर सुदुरपश्चिम यातायात प्रालिका निवर्तमान अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका उप प्रमुख राजु तिरुवाले संयुक्त रूपमा बसको उद्घाटन गर्नु भएको हो।उक्त कार्यक्रममा भजनी नगरपालिका वडा अध्यक्ष, व्यापारी, उद्योग बाणिज्य संघ भजनी , महुन्याल बहमुखि क्याम्पस व्यवस्थापक अध्यक्ष,संघसंस्था प्रतिनिधि,जनता पुस्तकालय, राजनीतिदल ,सुरक्षाकर्मी,सञ्चारकर्मी…
Read More
दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

भजनी, पौष १० खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका वडा नं. १ गरी १६ जना छन्‌ । २०८१ मंसिर १६ न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका वडा नं. १, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो । मह विक्रेताले मरेका मौरी, मौरीको घार र मह अलग अलग भाँडामा राखेको अवस्थामा फेला परेका थिए । मरेका मौरी र सुकेको घार अलग अलग बाल्टीमा र मह प्लास्टिकका…
Read More

भजनीमा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्नअध्यक्षमा जगत निर्वाचित

भजनी/कैलालीको भजनीमा भजनी नगरपालिकामा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा जगत वि.क निर्वाचित ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भजनी नगरपालिकामा ३९ सदस्य नगरकमिटी चयन भएको छ ।अध्यक्षको लागि तिन जनाको उम्मेदवारीमा जगत व. वि.क निर्वाचित हुनुभएको छ। उपाध्यक्ष नृप व.साउँद, उपाध्यक्ष दुर्गा व. पुन, उपाध्यक्ष चन्द्रकला वि . क, सचिव गाेपिलाल चाैधरी, स-सचिव राजु पुनमगर, काेषाध्यक्ष भागवति चाैधरि गरि ३५ सदस्यीय सहित ४ जना मनोनीत गरि ३९ जनाको कमिटि हुने छ ।आईतवार भएको नगरअधिवेशन मार्फत केन्द्रिय सदस्य बिनिता देवि चौधरीको नेतृत्वमा भजनी नगरकमिटी सर्वसम्मत चयन भएको हो ।
Read More

२७ वर्षपछि आजदेखि टीकापुर -काठमाडौँ नियमित उडान

कैलाली । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो। पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौंको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यस अवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई…
Read More
कैलालीमा १ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

कैलालीमा १ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

कैलाली। भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिवार साँझ सशस्त्र प्रहरीले एक करोडभन्दा बढीको सुन, चाँदी, नगद र अन्य सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक, र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा बरामद सामग्री सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट विभिन्न बहुमूल्य वस्तु र नगद बरामद गरेको छ। ती सामग्रीमा समावेश छन्: सुन: ६२० ग्राम, अनुमानित मूल्य…
Read More
सीमानाकामा देखिएयो भन्सार छली

सीमानाकामा देखिएयो भन्सार छली

भजनी १६मंसिर /कैलालीको नेपाल-भारत खुला सीमानाका रहेको भजनी र टीकापुरमा तस्करी मौलाउन थालेको छ । सरकारले भन्सार छली तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई सीमा नाकामा खटाउने गरेको छ ।सीमा नाकाहरुबाट निर्वाद रुपले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल वि ओ पी कै मिलेमतोमा समानहरु आयात भैरहेको छ।भारतसँग सीमा जोडिएका सीमा नाकाबाट विभिन्न सामान तस्करी हुने क्रम बढेको छ। सुरक्षा निकायसँग मिलेर र तस्करी गर्दै आएका छन् । कपडा,सुर्ती,माछा, हार्डवेयर ,चिनी,चप्पल र किराना पसल सामान तस्करीले सुरक्षाकर्मीसँग सेटिङ मिलाउने गरेका छन् ।दैनिक बिहान३/७ बजेदेखि राति ८/१२ बजेको समयमा भन्सार छलि गरी ल्याएका वस्तु ओसार्नेहरूको लर्को हुने गरेको बासिन्दाले स्थानीय बताउँछन्।…
Read More
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

भजनी / कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।विस २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठूलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ…
Read More
अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल पक्राउ

अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल पक्राउ

सात वटा मोटरसाइकल पक्राउ भजनी / कैलालीको टीकापुर क्षेत्रबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे छ । शसस्त्र प्रहरीकाे केन्द्रीय ब्युराेटाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट पक्राउ गरेकाे हाे । शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाकाे प्रतिबेदन अनुसार ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे सत्ति भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथाेकिले जानकारी दिएका छन । नेपाल भित्र्याउन लागेकाे कपडामा १३६ पिस सुट,२९ पिस पर्दा,७८ मिटर ब्लाउजकाे कपडा,४३ पिस साडी,१० पिस लाैलिया,लेहङ्गा कपडा ६० मिटर,मलमल…
Read More
भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान

भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान

  एजेन्सी    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका छन् । रुसमा यो सबैभन्दा ठूलो सम्मान हो  । मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिइएको हो । योसँगै रुस मोदीलाई उच्च सम्मान दिने १४औँ राष्ट्र बनेको छ । यसअघि मोदीले भुटान, ग्रीस, फ्रान्स, इजिप्ट, ८पपुवा न्यूगिनी, फिजी, अमेरिका, बहराइन, यूएई, माल्दिभ्स, प्यालेस्टाइन, अफगानिस्तान र साउदी अरेबियाबाट उच्च सम्मान पाएका थिए । सोमबार रुस पुगेका मोदीले राष्ट्रपति पुटिनसँगै शिखर वार्तामा सहभागिता जनाए छन् । सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरे । शिखर वार्ताका क्रममा मोदीले पछिल्लो ४०–५० वर्षदेखि भारतले आतंकवादको सामना गरेको बताउँदै आतंकवादी हमलाको पीडा आफूलाई थाहा भएको बताउँदै…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More