Skip to main content

Bhajani Today

सडक सुरक्षा जाँच तीव्र, रिफ्लेक्टर जडान अभियान सञ्चालन

भजनी ०५ बैशाख/कैलाली क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा जाँचलाई तीव्र बनाएको छ। विशेषगरी रातको समयमा हुने दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका ट्रयाक्टर तथा ढुवानी साधनहरूमा रिफ्लेक्टर टाँस्ने अभियान सञ्चालन गरेकोमा भजनी नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष  केशव बुढाले धन्यवाद दिएका छन्।

अभियान अन्तर्गत ट्राफिक प्रहरीले ट्रयाक्टरको पछाडि र छेउभागमा रिफ्लेक्टर जडान गर्दै चालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना समेत दिएको छ। धेरैजसो ग्रामीण क्षेत्रमा चल्ने ट्रयाक्टर तथा गाडीहरूमा रिफ्लेक्टर नहुँदा रातको समयमा दुर्घटनाको जोखिम बढ्ने गरेको भन्दै प्रहरीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनीले सबै सवारी चालकलाई सवारी साधनमा अनिवार्य रूपमा रिफ्लेक्टर, बत्ती तथा सुरक्षा सामग्री प्रयोग गर्न आग्रह गरेको छ। यस अभियानले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। 🚦

Leave a Reply

Your email address will not be published. Required fields are marked *