साझा अक्षर

मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री मिश्र (टेनी महाराज)द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन

के. आर.पाण्डेय 

भजनी १२ माघ /कैलालीको भजनीमा श्री माँ शक्ति स्वारुपा देबि माताको आश्रम भजनी नगरपालिका वडा नं ५ बेलाहको आयोजना तथा विश्व हिन्दु परिषद् नेपाल र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा भएको कार्यक्रममा मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा एक कार्यक्रमका बीच नेपाल र भारतको सम्बन्ध युगौँ युगको भएको र आफू भारत सरकारको पूर्व केन्द्रीय गृह मन्त्री भएकोले ग्रामीण क्षेत्रको विकासका लागि जोड दिन र भजनी नगरपालिका वडा नं ५ गुलरियाघाटमा पक्की पुल निर्माण भएमा दुवै देशका जनतालाई राहत हुने,उच्च शिक्षा अध्ययन,व्यापार व्यवसायमा सहज हुने भएकाले यस पक्की पुलको निर्माण कार्यका लागि आफू र आफ्नो सरकारसँग आग्रह गर्ने पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज )ले बताउनु भयो। यसै क्रममा नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी, पुर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठोर, संविधानसभा सदस्य हरि श्रीपाइली र भजनी नगरपालिका नगरप्रमुख केवल चौधरी लगाएतले भजनी नगरपालिका वडा नं ५गुलरियाघाटमा पक्की पुल निर्माणका लागि जोड दिनु भएको थियो।साथै भजनी नगरपालिकाले भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज) लाई ६बुदे ज्ञापनपत्र समेत बुझेको छ। उक्त कार्यक्रम माँ शक्ति स्वारुपा देबि माता भजनी नगरपालिका वडा नं ५ का स्वामी गजेन्द्र भण्डारीको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज )रहनु भएको थियो। विशिष्ट अतिथि नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी, पुर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठोर, संविधानसभा सदस्य हरि श्रीपाइली, भजनी नगरपालिका नगरप्रमुख केवल चौधरी,उप प्रमुख राजु तिरूवा,प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने, वडा अध्यक्ष, निवर्तमान  नगर प्रमुख शेर बहादुर चौधरी,राजनीति दल प्रतिनिधि,युवा नेता, विश्व हिन्दू परिषद्का नगर अध्यक्ष हेमेन्द्र भारद्धाज ,शिक्षाप्रेमी,संरक्षणकर्मी, समाजसेवी तथा बुद्धिजिवी, भजनी महुन्याल बहुमुखी क्याम्पस व्यवस्थापक अध्यक्ष टंक प्रसाद जोशी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।कार्यक्रमको सहजीकरण वडा नं ३ का अध्यक्ष विक्रम चौधरी र वडा नं ५ का अध्यक्ष केशव बुढाले गर्नु भएको थियो।कार्यक्रम सञ्चालक वडा सदस्य राजेन्द्र प्रसाद खनालले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *