Skip to main content

Bhajani Today

सूचना प्रबिधि

भजनीमा पढाई मेला

भजनीमा पढाई मेला

  कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल तथा यार्ड धनगढिको आर्थिक तथा प्रबिधिक सहयोग र गणेशमान आधारभुत विधालय भजनी वडा न ७ चर्रामा पढाइ मेला सम्पन्न भएको छ।  पढाई मेलाका गणेशमान आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश कठरियाको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका का नगरप्रमुख केवल चौधरीको प्रमुख अतिथि  भएको थियो । सो मेला कार्यक्रममा विशिष्ट अतिथिको रुपमा  उप- प्रमुख राजु तिरुवा र  प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने, अतिथिमा शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह , वडा न ७ का अध्यक्ष अमर कठरिया, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल, कल्पना चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक , वडा सदस्यहरु,…
Read More
दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

भजनी, पौष १० खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका वडा नं. १ गरी १६ जना छन्‌ । २०८१ मंसिर १६ न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका वडा नं. १, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो । मह विक्रेताले मरेका मौरी, मौरीको घार र मह अलग अलग भाँडामा राखेको अवस्थामा फेला परेका थिए । मरेका मौरी र सुकेको घार अलग अलग बाल्टीमा र मह प्लास्टिकका…
Read More
वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका बिद्यार्थीहरूले शुल्क बैंकमा धाउनु नपर्ने।

वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका बिद्यार्थीहरूले शुल्क बैंकमा धाउनु नपर्ने।

पुष ०७ ,दिपक संगम विश्वकर्मा /टीकापुर: कैलालीस्थित वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले अब शुल्क तिर्नका लागि बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।उक्त क्याम्पसका स्ववियु सभापति नवीन अधिकारीका अनुसार विद्यार्थीहरूको सुविधा र समस्यालाई मध्यनजर गर्दै शुल्क भुक्तानी प्रक्रियालाई सहज बनाउन गोलोबल बैंकसँग सम्झौता गरी नयाँ प्रणालीको थालनी गरिएको जनाएका छन्।    अधिकारीले बताएअनुसार, अब क्याम्पसभित्रै शुल्क तिर्ने व्यवस्था मिलाइएको छ, जसले विद्यार्थीहरूको समय र श्रम बचत हुने अपेक्षा गरिएको छ। गोलोबल बैंकसँग गरिएको सहकार्यले डिजिटल माध्यमबाट शुल्क भुक्तानीको व्यवस्थालाई पनि प्राथमिकता दिने योजना रहेको छ। उक्त नयाँ व्यवस्थाले विद्यार्थीहरूलाई सहजता प्रदान गर्नुका साथै क्याम्पसको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको…
Read More

विरेन्द्र विद्या मन्दिर क्याम्पसमा लागुपदार्थ सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न

[wpstatistics stat=usersonline]टीकापुर:विरेन्द्र विद्या मन्दिर क्याम्पसको सभाहलमा लागुपदार्थ दुरुपयोग विरुद्धको जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना क्याम्पस स्ववियु पहलमा गरिएको थियो, जसमा ईलाका प्रहरी कार्यालय टिकापुरको विशेष सहकार्य रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई लागुपदार्थको असर, रोकथामका उपायहरू, तथा समाजमा सकारात्मक भूमिका खेल्नुपर्ने विषयमा जानकारी प्रदान गरियो। प्रहरी कार्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई यस विषयमा विस्तृत रूपमा अवगत गराउँदै, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरे। क्याम्पस प्रशासनले कार्यक्रमको सफलताका लागि सहयोग पुर्‍याउने ईलाका प्रहरी कार्यालय टिकापुरलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, अनुशासनपूर्वक कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई पनि विशेष आभार प्रकट गरिएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सचेतना फैलाउन महत्त्वपूर्ण योगदान…
Read More

२७ वर्षपछि आजदेखि टीकापुर -काठमाडौँ नियमित उडान

कैलाली । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो। पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौंको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यस अवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई…
Read More
सयपत्री सामुदायिक वनको साधारण सभा सम्पन्न 

सयपत्री सामुदायिक वनको साधारण सभा सम्पन्न 

२०८१ मंसिर २९/कैलालीको भजनीमा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । भजनी नगरिपालिका वडा नं. ९ अम्बारीमा अवस्थीत यस सा.व.को सार्वजनिक सुनुवाईमा ३६ लाख ५३ हजार ३ सय २४ रुपैया बराबरको आय व्यय लेखा संयोजक शिव बहादुर विकले प्रस्तुत गरिएको थियो । अध्यक्ष पदम बहादुर थारुको सभापतित्व तथा बसन्ता वन संरक्षण समितिका सचिव विर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा उपभोक्ताहरुलाई सहुलियत रुपमा काठ तथा दाउरा वितरण, वनमा वृक्षारोपण, वन पैदावार संरक्षण, वन संरक्षण, पशुपन्छी चोरी सिकारी नियन्त्रणमा जोड दिनु पर्ने बक्ताहरुको भनाई रहेको थियो । स्थानिय…
Read More
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

भजनी / कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।विस २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठूलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ…
Read More
नेपाल वायुसेवा निगमको परीक्षण उडान सफल

नेपाल वायुसेवा निगमको परीक्षण उडान सफल

भजनी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे। नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा…
Read More
भजनीमा प्लास्टिक मालालाई बिक्री वितरणमा रोक

भजनीमा प्लास्टिक मालालाई बिक्री वितरणमा रोक

भजनी/तिहार नजिकिँदै जाँदा भजनी नगरपालिकाले यसवर्ष प्लास्टिकका माला बिक्रीवितरणमा रोक लगाउने तयारी गरेको छ ।बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फुल माला बिक्रीवितरणमा रोक लगाउने जानकारी दिएको हो । नगरपालिकालेस्वदेशी उत्पादन फूलका मालालाइ प्रोत्साहन गर्न र प्लाष्टिक जन्य सामाग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा रोक लगाउने नीतिअनुसार नगरपालिका अगाडि बढ्ने नगर प्रमुख केवल चौधरीद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।नगरपालिका भित्र रहेका व्यापार व्यावसायी तथा सम्पुर्ण नगरवासीहरुले आउँदै गरेको महान चाड शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला र पुष्प सामाग्री विक्रिवितरण तथा प्रयोग नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारी गराइएको भन्दै सूचनालाई अटेर…
Read More
जुवा खेल्दै गरेको अवस्थामा ६ जना पक्राउ

जुवा खेल्दै गरेको अवस्थामा ६ जना पक्राउ

भजनी/घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित एक पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल संञ्चालक ४८ वर्षिय कृष्ण बहादुर साउँद सहित ६ जना पक्राउ परेका हुन्।उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी तास सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
Read More

भजनीमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु

भजनी २० असोज /कैलालीको भजनीमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन छुटेकाहरुका लागि असोज २० गते देखि भजनी नगरपालिकाको सभाहलमा राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक विवरण दर्ता गर्ने कार्य सुरु भएको हो । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरे सँगै ईलाका प्रशासन कार्यालय टीकापुरमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड भएकोले भजनीका आम जनताको सुलव तथा सुविधाका लागि भजनीमै राष्ट्रिय परिचय पत्रको फारम भर्ने कार्य गरिएको नगर प्रमुख केवल चौधरीले बताउनु भयो पालिकाले राष्ट्रिय परिचय पत्र आवेदन फारम वडागत रुपले असोज २०देखी…
Read More
अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल पक्राउ

अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल पक्राउ

सात वटा मोटरसाइकल पक्राउ भजनी / कैलालीको टीकापुर क्षेत्रबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे छ । शसस्त्र प्रहरीकाे केन्द्रीय ब्युराेटाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट पक्राउ गरेकाे हाे । शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाकाे प्रतिबेदन अनुसार ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे सत्ति भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथाेकिले जानकारी दिएका छन । नेपाल भित्र्याउन लागेकाे कपडामा १३६ पिस सुट,२९ पिस पर्दा,७८ मिटर ब्लाउजकाे कपडा,४३ पिस साडी,१० पिस लाैलिया,लेहङ्गा कपडा ६० मिटर,मलमल…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More