Skip to main content

Bhajani Today

भजनीमा पढाई मेला

  कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल तथा यार्ड धनगढिको आर्थिक तथा प्रबिधिक सहयोग र गणेशमान आधारभुत विधालय भजनी वडा न ७ चर्रामा पढाइ मेला सम्पन्न भएको छ।

 पढाई मेलाका गणेशमान आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश कठरियाको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका का नगरप्रमुख केवल चौधरीको प्रमुख अतिथि  भएको थियो । सो मेला कार्यक्रममा विशिष्ट अतिथिको रुपमा  उप- प्रमुख राजु तिरुवा र  प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने, अतिथिमा शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह , वडा न ७ का अध्यक्ष अमर कठरिया, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल, कल्पना चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक , वडा सदस्यहरु, तथा बाल क्लबका अध्यक्ष तथा पढाइ शिबिरका सहजकर्ताहरु,पत्रकारहरु लगाएत सामुदायिक अगुवाहरुको सहभागिता रहेको थियो।  उक्त पढाई मेलामा प्राथामिक कक्षाहरुमा पढाईको महत्त्व बारेमा अभिभावक र अन्य सरोकारवाला बिच जागरुक बढाउने र बालबालिकालाई आफ्नो सिकाई, काम-कला संस्कृति, घर र बिद्यालयमा पढाईको अवस्था प्रदर्शन गर्न मञ्च प्रदान गर्ने उदेश्य आयोजना गरिएको थियो । मेलामा पढाइ शिबिरका ४ र बिद्यालयका ६ वटा गरी जम्मा १० वटा स्टलहरु प्रदशनिमा राखिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुखले यस्ता कार्यक्रमले बालबालिका र बिद्यालयको शिकाईमा गुणात्मक फाईदा हुने हुने बताए। यार्डको कार्यक्रमले भजनीका बासिन्दालाई निकै फाईदा भएकोले धन्यवाद समेत दिए ।उक्त पढाई मेलामा नीलम कुमार न्यौपाने,अमर कठरिया, सुर्य बहादुर सिंह, लिला राम विक र पदम शाहीले शुभकामना मन्तव्य राखेका थिए।भगत सिंह बुढाले सञ्चालन गरेको उक्त कार्यक्रमको बिद्यालयका प्रधानाध्यापक जादोलाल रायले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *