भजनी ३० वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुदले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियो। त्यसैगरी शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी तथा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा…
कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल तथा यार्ड धनगढिको आर्थिक तथा प्रबिधिक सहयोग र गणेशमान आधारभुत विधालय भजनी वडा न ७ चर्रामा पढाइ मेला सम्पन्न भएको छ। पढाई मेलाका गणेशमान आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश कठरियाको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका का नगरप्रमुख केवल चौधरीको प्रमुख अतिथि भएको थियो । सो मेला कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उप- प्रमुख राजु तिरुवा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने, अतिथिमा शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह , वडा न ७ का अध्यक्ष अमर कठरिया, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल, कल्पना चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक , वडा सदस्यहरु,…
दीपक संगम विश्वकर्मा/दुर्गाैली:कैलाली जिल्ला जानकी गाउँपालिकाको वृहत् शैक्षिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो विचार प्रस्तुत गर्दै मा रञ्जिता चाैधरिले "विद्यार्थीहरूलाई केवल पाठ्यक्रममा सीमित गर्नुको सट्टा उनीहरूलाई नैतिकता, सिर्जनशीलता, र नेतृत्व क्षमतामा पनि अगाडि बढाउनुपर्छ।"बताएकी छन्। तेस्तै "समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि विद्यार्थीहरूले राम्रो शिक्षासँगै उत्कृष्ट चारित्रिक गुण पनि अवलम्बन गर्नुपर्छ। यसरी नै हामी भविष्यमा जिम्मेवार नागरिक र सफल व्यक्तिहरू उत्पादन गर्न सक्नेछौं।" यो कार्यक्रम विद्यार्थीहरूको बहुआयामिक विकासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो, जसमा स्थानिय शिक्षक र शैक्षिक संस्थाका प्रतिनिधिहरू बिद्यार्थीहरूको विभिन्न राजनीतिदलका प्रतिनिधिहरू,समाजसेवीहरूको सहभागी थिए। कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनात्मकता र नेतृत्वको क्षेत्रको महत्त्वबारे सोच्न प्रेरित गरेको थियो, जसले उनीहरूको…
भजनी २०कार्तिक । महुन्याल बहुमुखी क्याम्पसको छैठौं औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भजनी नगरपालिका–१ भजनीस्थित उक्त क्याम्पसले मंगलबार साधारण सभा गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि भजनी नगर प्रमुख केवल चौधरीले महुन्याल बहुमुखी क्याम्पस भजनीको शैक्षिक धरोहरको रुपमा रहेको बताए । उनले भजनी क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।उनले भने, ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । सामूदायिक विद्यालयप्रति आम नागरिकको विश्वास बढाउनुपर्छ । यसका लागि शिक्षक, व्यवस्थापन समिति तथा अभिभावक सबैले भूमिका महत्वपूर्ण हुन्छ ।’त्यस्तै…
भजनी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे। नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा…
नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ।
इलाम असार २१ ।। अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ। इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन प्रदान गरेको हो। कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताईन । आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
पे पाल, एक्स डट कम चलाउँदै आएका एलन मक्सले ट्विटरको लोगो पनि परिवर्तन गर्ने भएका छन् । पहिला ट्विटरको लोगो चरा थियो तर अब त्यसको लोगो एक्स हुने छ । त्यस्तै २९ सेप्टेम्बर पछि ट्विटको ठाउँमा पोस्ट र रिटिविट्को ठाउँमा रिपोष्ट गरेर नाम परिवर्तन भएको छ । एलन मस्कले सोसल मिडियाको क्षेत्रमा कैयौँ परिवर्तन ल्याउने पनि बताइरहेका छन् । स्मरण रहोस्, संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ४४ बिलियन डलरमा ट्वीट्लाई किनेका हुन् । यो सँगै मस्कले यसलाई आकाशमा उडिरहेको स्वतन्त्र चराको रूपमा विकास गर्न चाहन्छन् । अर्थात् सबैलाई आफ्ना विचारहरू व्यक्त गर्न अझ स्वतन्त्रता प्राप्त होस् ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…