साझा अक्षर

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ ।
दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् ।
साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए ।
विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी ,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई कार्यक्रम स्थल चरिकोटको सातोबाटो चोक पुगेका थिए ।

विश्वमा जलवायु परिवर्तनले वातावरणमा पु¥याएको असर र त्यसको न्यूनीकरणका विषयमा जनचेतनामुलक सन्देससहित विश्व साईकल यात्रा गर्न लागेको साईकल यात्री कार्कीले बताए ।
विश्वका १ सय ६५ भन्दा बढी देशमा साईकल यात्रा गर्ने तयारी गरेका कार्कीले सो यात्राका लागि करिव १० वर्ष लाग्ने अनुमान गरेका बताए ।
कार्की नेपालपछि थाइल्याण्ड, मलेसिया सिंगापुर र चिनको यात्रा गर्ने बताएका छन । कार्कीले यसअघि २०७७ र २०७८ सालमा मेची–महाकाली पैदल यात्रा तथा साईकल यात्रा मार्फत नेपालका ७७ वटै जिल्लाको भ्रमण गरेका थिए । यात्रा सुरु गर्नु अघि साइकल यात्री कार्कीलाई उनका बुबा कुमार कार्कीले आशीर्वादसहित विदाइ गरेका थिए । साईकल यात्री कार्कीले आफ्नो जन्मभूमि दोलखाको माटोलाई शिरले ढोगेर मातृभूमिको अगाध प्रेम दर्शाई यात्रा सुरू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *