साझा अक्षर

ताजा खबर

जेनजीको पक्षमा भजनीका युवाले गरे शोक सभा

जेनजीको पक्षमा भजनीका युवाले गरे शोक सभा

भजनी । सरकारले निशस्त्र युवा पुस्तामाथि गरेको क्रूर बर्बर दमनको विरुद्धमा तथा जेनजी पुस्ताले अघि बढाएको आन्दोलनको पक्षमा भजनीमा रहेका युवा तथा जेनजीले शोक सभा आयोजना गरेका छन् ।केहीबेर अघि भजनी बजारमा युवा तथा जेनजीको आयोजनामा शोक सभा सम्पन्न गरिएको युवा नेता सुरेन्द्र प्रसाद जैशी जानकारी दिए। शोक सभामा दीप प्रज्वलन गरेर शहिद भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गरिएको छ।
Read More
शिक्षकलाई जिम्मेवार बनाइ शैक्षिक गुणस्तर बढाउन तलब वृद्धि

शिक्षकलाई जिम्मेवार बनाइ शैक्षिक गुणस्तर बढाउन तलब वृद्धि

भजनी नगरपालिकाको नगरकार्यपालिकाको बैठकले नगरपालिका मातहत नियुक्त भएका शिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।कार्यपालिकाको असार १६ गते आज बसेको बैठकले नगर अनुदान तथा निजि श्रोत शिक्षकको तलबको २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । शैक्षिक विकासको लागि एकमुष्ट अनुदान प्राप्त बाल उद्यान आधारभूत बिद्यालय बसाहा र इभन बाबा आधारभूतमा कार्यरत शिक्षकलाइ नगर अनुदान शिक्षकमा समायोजन गरिएको गर्ने निर्णय पनि भएको बताइएको छ । त्यस्तै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी,विद्यालय सहयोगीलाई नगर पालिकाले प्रदान गर्ने अनुदानमा वृद्धि गरिएको, नगर अनुदान निजि श्रोत लगायत बालविकास सहजकर्ता , विद्यालय कर्मचारी, विद्यालय सहयोगी कर्मचारीलाई अभिभाकत्व ग्रहण गरी स्थानीय सरकारले तलब वृद्धि…
Read More

बोगटान फुड्सिल गाउँपालिकामा दुना-टपरी मेसिन खरिद र तालिम कार्यक्रम शुभारम्भ

दीपक संगम विश्वकर्मा/डोटीको बोगटान फुड्सिल गाउँपालिका, डोटीले महिलाहरूको सशक्तीकरण र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुना-टपरी मेसिन खरिद तथा तालिम कार्यक्रमको शुभारम्भ गरेको छ। यो कार्यक्रम गाउँपालिकाको आयोजनामा र महिला सञ्जालको सहकार्यमा सञ्चालन भइरहेको हो। कार्यक्रम मंसिर १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिस्ना बामले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो। विशेष अतिथिहरूमा वडा नं. १ का अध्यक्ष खेम घर्तीमगर, वडा नं. २ का अध्यक्ष भरत बम र स्वास्थ्य शाखा प्रमुख पारस बोहरा रहेका थिए। तालिमका लागि प्रशिक्षकको रूपमा भावना मगरले निर्देशन दिइरहनु भएको छ। यस तालिममा सहभागी महिलाहरूसँग दुना-टपरी बनाउनका लागि आधुनिक…
Read More
टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन

टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन

खक्रौला / कैलालीको टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामलाल डगौरा थारुले कम्पनी स्थापनाले नेपालको धार्मिक तथा साँस्कृतिक पर्यटनमा विकास भई नेपाल र भारतको आर्थिक र सामाजिक सम्बन्ध मजबुत हुने बताएका थिए ।यात्रुले सेवासुविधा भोग गर्न चाहने भएकाले यात्रु लाई सोही अनुसारको सेवा दिन कम्पनी लागि पर्नुपर्ने उनको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा जानकि गाउँ पालिकाका अध्यक्ष गणेश चौधरीले सिमानाकामा नेपालीहरु आवतजावत गर्दा बाटोमा विभिन्न सास्ती खेप्ने गरेको र सो सास्ती कम गर्न प्रा.लि. का संचालक अघि सरेर कम्पनी स्थापना गरेको देख्दा आफुलाई…
Read More
जानकी गाउँपालिकालाई “थारु लोक कलाको हव” बनाउने योजना प्रारम्भ

जानकी गाउँपालिकालाई “थारु लोक कलाको हव” बनाउने योजना प्रारम्भ

दुर्गाैली, पौष ११ – जानकी गाउँपालिकालाई "थारु लोक कलाको हव" बनाउने योजना अन्तर्गत आज एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा प्र.प्र.अ. सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रप्रसाद काफ्ले 'थुम्केली', प्राज्ञपरिषद्का सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, र सौरगंगा दर्शनधारीले पनि सहभागिता जनाए। कार्यक्रममा थारु समुदायको मौलिक संस्कृति, लोक कला र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै जानकी गाउँपालिकालाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने विषयमा गहन छलफल गरियो। सहभागीहरूले थारु कलाको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्‍याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। गाउँपालिका अध्यक्ष चौधरीले थारु कलाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय स्तरमा पर्यटन…
Read More

कैलालीमा सुन र चाँदीका गरगहनासहित दुईजना पक्राउ

भजनी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो…
Read More
लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

भजनी १० पौष/कैलालीका विभिन्न ठाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।जिल्लाको दक्षिणी सीमावर्ती भजनी नगरपालिका वडा नं. ३ सरदार चोकस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका १८ वर्षीय किशोर पक्राउ परेका हुन् । ती किशोरलाई ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३० वर्षीय श्रबण चौधरी पक्राउ परेका हुन् । चौधरीलाई ३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तिमा शैक्षिक सामाग्री वितरण

नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तिमा शैक्षिक सामाग्री वितरण

पुस ८ टीकापुर: नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री, निष्ठावान सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ति टीकापुरस्थित कैलाशेश्वर वेद विधा आश्रममा विशेष कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा आश्रमका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने सत्कार बुक्सका श्री बिरेन्द्र रावललाई विशेष धन्यवाद दिइएको छ। उक्त पुस्तक वितरण कैलाली जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति प्रकाश शाह बाट गरिएको हो। कार्यक्रममा सहभागीहरूले स्व. भट्टराईको योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरेका हुन। नेपाली कांग्रेसका यो महान् व्यक्तित्वले देश र लोकतन्त्रका लागि पुर्‍याएको योगदान सधैं प्रेरणादायी रहेको वक्ताहरूले बताए।
Read More
वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका बिद्यार्थीहरूले शुल्क बैंकमा धाउनु नपर्ने।

वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका बिद्यार्थीहरूले शुल्क बैंकमा धाउनु नपर्ने।

पुष ०७ ,दिपक संगम विश्वकर्मा /टीकापुर: कैलालीस्थित वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले अब शुल्क तिर्नका लागि बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।उक्त क्याम्पसका स्ववियु सभापति नवीन अधिकारीका अनुसार विद्यार्थीहरूको सुविधा र समस्यालाई मध्यनजर गर्दै शुल्क भुक्तानी प्रक्रियालाई सहज बनाउन गोलोबल बैंकसँग सम्झौता गरी नयाँ प्रणालीको थालनी गरिएको जनाएका छन्।    अधिकारीले बताएअनुसार, अब क्याम्पसभित्रै शुल्क तिर्ने व्यवस्था मिलाइएको छ, जसले विद्यार्थीहरूको समय र श्रम बचत हुने अपेक्षा गरिएको छ। गोलोबल बैंकसँग गरिएको सहकार्यले डिजिटल माध्यमबाट शुल्क भुक्तानीको व्यवस्थालाई पनि प्राथमिकता दिने योजना रहेको छ। उक्त नयाँ व्यवस्थाले विद्यार्थीहरूलाई सहजता प्रदान गर्नुका साथै क्याम्पसको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको…
Read More
दिव्य शाक्ति कृषक समूहको पाँचौँ साधारण सभा सम्पन्न

दिव्य शाक्ति कृषक समूहको पाँचौँ साधारण सभा सम्पन्न

कैलालीको भजनीमा रहेको दिव्य शाक्ति कृषक समूह भजनी न.पा.-८जनकपुरकाे पाँचौ साधारणसभा सम्पन्न भएको छ।समुहका अध्यक्ष खेम राज चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी न .पा.वडा न.८ काे वडा अध्यक्ष पंकज चाैधरी रहनु भएको थियो।उक्त साधारण सभा तथा सुनवाई विशिष्ट अतिथि वडा सदस्य लल्टु ड.थारू, वडा न.७ काे वडा सचिव जय प्रसाद ढुङगाना, अतिथिमा सुनाैलाे ग्रा.वि.सहकारी संस्था काे संस्थापक अध्यक्ष राम फल चाैधरी तथा कृषक समूहकाे सदस्य लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत् मन्तव्य राम फल चाैधरीले गर्नु भएको थियो। समुहको आर्थिक वर्ष २०८०/०८१काेषाध्यक्ष राम बहादुर चाैधरीले ६लाख ८३ हजार ६ सय बराबरकाे आय व्याय प्रस्तुत गरेको थियो ।कार्यक्रममा प्रमुख…
Read More
भजनी नगरपालिका द्वारा शिक्षा परियोजनालाई पृष्ठप‍ोषण

भजनी नगरपालिका द्वारा शिक्षा परियोजनालाई पृष्ठप‍ोषण

कैलालीको भजनीमा / वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल र यार्ड धनगढिको संयुक्त साझेदारिमा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजनाको भजनी नगरपालिका द्वारा अनुगमन तथा पृष्ठ पोषण गरिएको छ ।अनुगनमा भजनी नगरपालिका उप प्रमुख राजु तिरुवा, निमित्त प्रशासकिय प्रमुख सूर्यबहादुर सिंह, वडा नं ५ का अध्यक्ष केशब बहादुर बुढा, स्वास्थ्य प्रमुख कैलाश चौधरी, प्रशासन अधिकृत चन्द्र देव भट्ट, शिक्षा शाखा कर्मचारी देबराज अवस्थि, महिला तथा बालकालिका शाखा जौकला सार्की , गणेशमान आ बि प्र अ जादो लाल राय र यार्ड नेपालका फिल्ड अधिकृत पिताम्बर पौडेलको सयुक्त रुपमा परियोजनाले भजनी क्षेत्रमा गरेका कृयाकलापहरुको स्थलगत अनुगमन गरि शुझाब र पृष्ठपोषण गरेको छ । अनुगमनमा…
Read More
पुरैना सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई सम्पन्न

पुरैना सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई सम्पन्न

भजनी – भजनी नगरपालिका ७ चर्रा स्थित पुरैना सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई शुक्रबार धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सामुदायिक वन समितिका कार्यबाहक अध्यक्ष तथा संस्थाका उपाध्यक्ष फयाज खान ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा निवर्तमान नगर प्रमुख शेर बहादुर चौधरी रहनु भएको थियो।कार्यक्रमका विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय अधिकृत लाल वहादुर विश्वकर्म,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव डन्डी राज सुवेदी,CFCC अध्यक्ष खोज राम चौधरी रहनु भएको थियो साथै छिमेकी सामुदायिक वनका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी ,पत्रकार, तथा स्थानीय वन उपभोक्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि…
Read More
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ढोधपुरमा तटबन्धन कार्य सुरु

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ढोधपुरमा तटबन्धन कार्य सुरु

दीपक संगम विश्वकर्मा,कैलाली /बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ढोधपुर (डुङ्या) स्थित काडा नदीमा आजदेखि तटबन्धन कार्य सुरु भएको छ। १५० मिटरको दुरीमा हुने यो तटबन्धनले नदी कटान र बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। उक्त वडाका वडा अध्यक्ष जगत बहादुर शाहिका अनुसार तटबन्धन कार्यको सुरुवातसँगै स्थानीय बासिन्दाले सुरक्षा र संरक्षणको अनुभूति गर्ने आशा व्यक्त गरेका छन्। यो परियोजनाले स्थानीय समुदायको दिगो विकास र सुरक्षित वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कामलाई समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउन सम्बन्धित पक्षहरूले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै क्रममा स्थानीयवासी र सरोकारवालाहरूले कामको निरन्तर अनुगमन गरिरहेका…
Read More

बोगटान सहजपुर सडक खण्ड समयमा खाल्डाखुल्डी नपुर्दा नहुँदा यात्रुहरूलाई सास्ती

दीपक संगम विक /डोटी - बोगटान सहजपुर सडक खण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा स्थानीयवासी र यात्रुहरूलाई सास्ती भएको छ। सडकको अवस्था नाजुक भएका कारण यात्रा गर्न कठिन हुनुका साथै दैनिक जीवनयापनमा समस्या सिर्जना भएको छ।   निर्माणमा भइरहेको ढिलाइले सडकका कतिपय भागमा खाल्डाखुल्डी र हिलो जमेको छ। वर्षायाममा सडक जोखिमपूर्ण बन्ने र हिउँदमा धुलोका कारण स्थानीय जनजीवन प्रभावित हुने गरेको छ। सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएपछि यात्रुहरूलाई अनावश्यक खर्च र समय बर्बाद गर्नुपरेको छ।   स्थानीय बासिन्दा रामबहादुर बमले भने, "सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा हामीले दैनिक दुःख भोग्नु परेको छ। बिरामी लिएर अस्पताल लैजानु परे झन्…
Read More
जाल्पा ग्रामीण विद्युत सहकारी संस्थाको ८औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुनः जैशी चयन

जाल्पा ग्रामीण विद्युत सहकारी संस्थाको ८औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुनः जैशी चयन

कृष्णनगर ०३ पौष/कैलालीको भजनी नगरपालिका वडा नं ३र८ रहेको जाल्पा ग्रामीण विद्युत सहकारी संस्था लि TB १०/३५ को ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।साधारण सभामा जाल्पा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष तुला राम जैशीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि भजनी नगरपालिकाका कार्यबाहक नगर प्रमुख वडा नं ३का वडा अध्यक्ष विक्रम चौधरी रहनु भएको थियो। विशिष्ट अतिथि वडा नं ८का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो। कार्यक्रम मा स्वागत मन्तव्य संस्था का कार्य समिति सचिव रञ्जित लामाले गर्नु भएको थियो। आय व्याय प्रतिबेदन संस्थाका व्यवस्थापक सुरेन्द्र प्रसाद जैशीले प्रस्तुत गर्नु भएको थियो।आर्थिक वर्ष २०८०/२०८१मा ३४ लाख ४४ हजार…
Read More