भजनी ३० वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुदले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियो। त्यसैगरी शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी तथा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा…
अमृत केसी/ कैलाली Youth of Tikapur को आयोजनामा सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भजनी नगरपालिकाले शानदार जित दर्ता गरेको छ। सोमबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा भजनी नगरपालिकाले लम्की चुहा नगरपालिकाको बागमारा स्पोर्ट क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।खेलको पहिलो हाफमै भजनीले निर्णायक अग्रता बनाएको थियो। खेलको दोस्रो औँ मिनेटमा भजनीकी स्ट्राइकर अमिता चौधरीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। अमिताले गरेको सोही एक गोल अन्ततः खेलको निर्णयकर्ता बन्यो। गोल खाएपछि बागमारा स्पोर्ट क्लबले खेलमा फर्किन लगातार प्रयास गरेको थियो। खेल अवधिभर लम्की चुहा नगरपालिकाको टोलीले भजनीमाथि दबाब सिर्जना गर्दै थुप्रै आक्रमण बुनेको थियो।…
खोटाङ साउन २८।।खोटाङकी एञ्जल राईले मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेकी छिन् । ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गरेकी छिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा एञ्जलले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पारेको आयोजक एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राईले जानकारी दिए। स्नातक उत्तिर्ण गरेकी एञ्जलले प्रभु बैङ्क, नेपाल आदिवासी जनजाति महासङ्घ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फस्ट…
बिर्तामोड साउन २१।। टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन गरिएको छ। आज झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिति संयोजक रोम घिमिरेको अध्यक्षता तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यतामा झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो। प्रतिष्ठान कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको कार्यक्रममा राजु गिरी सहसंयोजक गुमान सिंह तामाङ सदस्य सचिव कमला नेमाङ आर्थिक संयोजक चयन भएका छन्। त्यसैगरी जिल्ला सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी,…
दमक साउन१९ ।। झापाको दमकमा शुक्रबार आयोजित दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गानाले उचालेका छन् । जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेल साथै प्रि-जुनियरतर्फ प्राची सुनुवार र किशोर काफ्ले विजेता बनेका छन् । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनिरतर्फ फर्स्ट रनरअपमा आरुषी ढुङ्गेल, सेकेन्ड रनरअपको उपाधि दिप्ती अधिकारी र नन्दनी उराव प्राप्त गरेका छन् । जुनियरतर्फ फर्स्ट रनरअपमा प्रिन्सेसतर्फ निसाम चेम्जोङ र प्रिन्सतर्फ सार्थक सुनाम विजयी बनेका छन् । त्यस्तै सेकेन्ड रनरअपमा सितोस्ना कार्की र मियाशा ओझाले प्रिन्सेसतर्फको उपाधि जितेका छन् भने प्रिन्सतर्फ एक्सन भण्डारी विजयी बनेका छन् । प्रि-जुनियरमा…
काठमाडौँ , यस वर्षको मिस नेपाल वर्ल्ड – २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल वर्ल्ड –२०२४ घोषित भइन्। उनलाई २०२३ की मिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औँ संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले उपाधि जितेकी हुन्।
गायिका रिता कार्कीको स्वरमा रहेको “भक्ति भजन राधे राधे” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायिका रिता कार्कीले नै मुख्य अभिनय गर्नु भएको उक्त भजन भक्ति फाईनान्सियल ग्रुपको आधिकारिक युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो । ड्यालसको हस्र्ट निवासी ईन्स्युरेन्स व्यवसायी तथा समाज सेवी रिता कार्कीको भक्ति भजन राधे राधेको काठमाण्डौं छायाँकन गरिएक छ। उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान, भिडियो सम्पादन लक्ष्मण चौहान तथा सिनेमेटोग्राफर महेश महरा लगायत रहेका छन सार्बजनिक भएको छोटो समय मा नै 'भक्ती भजन राधे राधे' धेरै दर्सक स्रोताको मन मा बस्न सफल भएको छ आफुले हेरे पछी सेयर गरि सबै सम्म पुर्याइदिन्छ…
ईलाम असार १८।। ईलामोको रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम 'रोङ गट ट्यालेन्ट'मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच/पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन…
काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् । नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटा निर्णायकको रुपमा थिए ।
झापा । ३२ जेठ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिती गठन भएको छ ।इटहरीको श्रीकृष्ण प्रणामी मंदिरको सभाहलमा भएको कायक्रममा रोम घिमिरेको सम्योजकत्वमा तदर्थ समिती गठन गरेको हो ।तर्दथ समितीमा सह संयोजक रामकुमार राई, सदस्य सचिवमा सुसिल भट्टराई,आर्थिक संयोजकमा टिका बस्नेत र सदस्यहरुमा मेघराज कर्की (मोरङ )रुद्र श्रेष्ठ (सुनसरि) मिलन दुलाल (ओखलढुङ्गा) कमलीकान्त भेट्वाल (सङ्खुवासभा) दिपेश बन (भोजपुर) रत्न प्रसाद आचार्य (खोटाङ ) मिरा गिरी (उदयपुर) उत्सब बाराल (ताप्लेजुङ) तोया भट्टराई (ईलाम ) निश्चल आचार्य (पाँचथर) भोलामान गुरुङ (सङ्खुवासभा) रबी किरण मादेन (तेह्रथुम सकुन्तोला कार्की (झापा ) गरी १७ सदस्य तदर्थ समिती गठन गरिएको छ…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
ललितपुर । क्यान्सर विजेताहरुहरु लाई विभिन्न हौसला प्रदान गर्दै आइरहेको नेपाल क्यान्सर सर्ववाइवर सोसाइटीले तीज पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजका गीतमा छमछमी नाच्दै रमाइलो गर्दा पनि विभिन्न मानसिक तनावहरूबाट धेरै राहत हुने सोसाइटीकी अध्यक्ष प्रमिता खनाल बताउनुहुन्छ । ललितपुरको कुमारीस्थित बिरयानी अड्डामा १०० जना सर्ववाइवरहरुको सहभागितामा यस प्रकारको मनोरञ्जनात्मक कार्यक्रम भाद्र १८ गते सम्पन्न गरिएको आयोजकहरूले जानकारी गराउनुभएको छ ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…