साझा अक्षर

दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गाना, जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेलले जिते

 

दमक साउन१९ ।। झापाको दमकमा शुक्रबार आयोजित दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गानाले उचालेका छन् । जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेल साथै प्रि-जुनियरतर्फ प्राची सुनुवार र किशोर काफ्ले विजेता बनेका छन् ।

ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनिरतर्फ फर्स्ट रनरअपमा आरुषी ढुङ्गेल, सेकेन्ड रनरअपको उपाधि दिप्ती अधिकारी र नन्दनी उराव प्राप्त गरेका छन् ।

जुनियरतर्फ फर्स्ट रनरअपमा प्रिन्सेसतर्फ निसाम चेम्जोङ र प्रिन्सतर्फ सार्थक सुनाम विजयी बनेका छन् । त्यस्तै सेकेन्ड रनरअपमा सितोस्ना कार्की र मियाशा ओझाले प्रिन्सेसतर्फको उपाधि जितेका छन् भने प्रिन्सतर्फ एक्सन भण्डारी विजयी बनेका छन् ।

प्रि-जुनियरमा प्रिन्सेसतर्फ फर्स्ट रनरअप काब्या बज्राचार्य, प्रिन्सतर्फ राघव धितालले उपाधि हासिल गरेका छन् । सेकेन्ड रनरअपमा प्रिन्सेसतर्फ सूचना दाहाल र प्रिन्सतर्फ कृतिक काफ्ले विजयी बने ।

बेस्ट कल्चरल ड्रेस अवार्ड प्रिन्सतर्फ आरोग्य ढुङ्गेल, प्रिन्सेसतर्फ माङ्गेना फागो विजयी भएका छन् । त्यस्तै, अडियन्स चोइज अवार्ड आरध्या श्रेष्ठ, मियाशा ओझा, दिप्ती अधिकारी, साम्भावी पौडेल, सौरभी राई, माङ्गेना फागो र सार्थक सुनामले प्राप्त गरेको ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बताए । उनले बालबालिकामा रहेको प्रतिभा उजागर गर्दै उनीहरुको क्षमता विकासका लागि ग्लामरस नेपाललाई विगत दुई दशकदेखि कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

प्रतियोगितामा सोसियल मल्टी मिडिया अवार्ड सार्थक सुनामले उचालेका छन् । सबटाइटल अवार्डतर्फ जुनियर प्रिन्सेस मियाशा ओझाले ब्युटिफुल पर्सनालिटी, आराध्या श्रेष्ठले ब्युटिफुल फोटोजेनिक, आरोही अधिकारीले ब्युटिफुल स्माइल, नायुङ्मा राईले बेस्ट एक्सप्रेसन, सुहाना कोइरालाले मोस्ट ग्ल्यामरस, सम्भावी पौडेलले बेस्ट फमेन्स, सितोस्ना कार्कीले लिटिल कङ्गनालिटी, आरोही खतिवडाले ब्युटिफुल वाक, अनन्य पोखरेलले बेस्ट फन्डसिप, ग्रीष्मा कार्कीले मोस्ट हेल्दी, फुङ्निमा लिम्बू मोस्ट इन्टेलिजेन्ट, प्रतिमा गौतम लिटल कङ्गनालिटी, निसम चेम्जोङ ब्युटिफुल स्माइल, सुहाना धिमाल बेस्ट फोटोजेनिक, प्रिन्सु लिङ्थेम मोस्ट क्युट, सौरभी राई ब्युटिफुल हेयर, माङ्गेना फागो मोस्ट ट्यालेन्ट, बिग्नी धिमाल ब्युटिफुल हेयर अवार्ड जित्न सफल भए । जुनियर प्रिन्सतर्फ एक्सन भण्डारीले बेस्ट स्माइल, अनिमेश पोखरेलले मोस्ट हेन्डसम, कृतिक काफ्लेले मोस्ट डिसिप्लिन, आरोग्य ढुङ्गेलले मोस्ट कन्फिडेन्ट अवार्ड जित्न सफल भए ।

सबटाइटल अन्तर्गत नै प्रिजुनियर प्रिन्सतर्फ किशोर काफ्लेले बेस्ट स्माइल, कृतिक काफ्लेले बेस्ट फन्डसिप, राघव धितालले मोस्ट हेन्डस अवार्ड प्राप्त गरे भने प्रिन्सेसतर्फ प्राची सुनुवारले मोस्ट क्युट, अन्सु भट्टराईले मोस्ट हेल्दी, काभ्या बज्राचार्यले ब्युटिफुल चार्मिङ, सूचना दाहालले मोस्ट पपुलर अवार्ड जित्न सफल भएका छन् । प्रिन्स सिनियरतर्फ आदित्य ढुङ्गेलले बेस्ट लिडरसिप अवार्ड हासिल गरेका छन् । यसैगरी प्रिन्सेस सिनियरतर्फ प्रेक्षा रेग्मीले मोस्ट ट्यालेन्ट, दिप्ती अधिकारीले बेस्ट लिडरसिप, आरुषी ढुङ्गेलले बेस्ट डिसिप्लिन, प्रेक्षा चम्लागाईले ब्युटिफुल पर्सनालिटी अवार्ड पाएका छन् ।

प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा फेसन डिजाइनर आशा बानियाँ उप्रेती, मिस्ट कलेजकी प्रोफेसर अनु भण्डारी र रेडियोकर्मी तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष राजेन्द्र चम्लागाईं रहेका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका प्याब्सन झापा अध्यक्ष गौरीमान फागोले ग्ल्यामरलाई सकारात्मक रुपमा लिन आग्रह गरे ।

कार्यक्रममा राई जातिको साकेला नृत्य, अर्किड एकाडेमी दमकका विद्यार्थीले सामुहिक नृत्य प्रस्ततु गरेका थिए । दमकको गोर्खा डिपार्टमेन्टको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ र सुवास राईले गरेका थिए । कार्यक्रममा ३७ जना बालबालिकाको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *