Skip to main content

Bhajani Today

२६औँ वार्षिक उत्सवमा बिरामीलाई फलफूलसँगै सामग्री वितरण

भजनी, कैलाली । सामुदायिक सहकारी संस्था लिमिटेड, टीकापुर–७, सत्तीले आफ्नो २६औँ वार्षिक उत्सवका अवसरमा बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै स्वास्थ्य संस्थाका लागि आवश्यक सामग्रीसमेत सहयोग गरेको छ।संस्थाले बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गर्नुका साथै ९ वटा डस्टबिन, १० वटा कुर्सी र ५ वटा बाटा प्रदान गरेको हो।

वार्षिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै गरिएको उक्त कार्यको प्रशंसा गर्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो कार्य अत्यन्तै राम्रो र प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि योगदान गर्नुपर्नेमा जोड दिनुभयो।

फलफूल तथा सामग्री वितरण कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहकारीले आगामी दिनमा पनि समुदायको हितमा यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *