Skip to main content

Bhajani Today

सामुदायिक वनलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड

भजनी — सामुदायिक वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन र रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल, केन्द्रीय कार्यालय धनगढीको तेस्रो वार्षिक साधारण सभा तथा सामुदायिक वन दिवस–२०८३ को अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाको विशेषाधिकार समितिका सभापति माननीय तुलसी देवकोटाले सामुदायिक वनलाई केवल संरक्षणको विषयमा सीमित नराखी यसको दिगो उपयोगमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनुभयो।उनले वन संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सामुदायिक वनबाट रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने बताउनु भयो।

कार्यक्रममा राहुल बुढा, दीपक चौधरी, खोजराम चौधरी, विजय श्रेष्ठ, भोजराज पाठक, जनक पाध्याय, डा. रामविचारी ठाकुर र दीर्घनारायण कोइरालाले शुभकामना मन्तव्य राखेका थिए। उनीहरूले सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन तथा वातावरण संरक्षणमा उपभोक्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए। वन संरक्षणमा युवाको सहभागिता बढाउनुपर्नेमा समेत उनले जोड दिए।कार्यक्रममा सामुदायिक वनबाट प्राप्त स्रोत–साधनको दिगो उपयोग गर्दै वनजन्य उद्यम, पर्यटन, कृषि तथा अन्य आयमूलक गतिविधि सञ्चालन गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमको अध्यक्षता सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका सभापति दानबहादुर बिष्टले गरेका थिए। महासंघका सचिव डण्डीराज सुवेदीले सञ्चालन गरेको कार्यक्रममा मङ्गला जैशीले स्वागत मन्तव्य राखेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *