Skip to main content

Bhajani Today

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

भजनी २९ साउन/सुदूरपश्चिम प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढी पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए।

दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका हुन्। नियुक्तिसँगै भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्।नवनियुक्त मुख्यमन्त्री भट्टसहित नयाँ सरकारमा सहभागी मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *