Skip to main content

Bhajani Today

आर्थिक वर्ष २०८२/०८३ का स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

भजनी, कैलाली । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी भजनीमा सम्पन्न भएको छ।भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा भदौ २२ र २३ गते भजनी प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा गोष्ठी आयोजना गरिएको हो।गोष्ठीमा भजनी नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख वडा अध्यक्षहरू, विपद् शाखा प्रमुख, वडा नं. १ देखि ९ सम्मका स्वास्थ्य संस्थाका प्रमुख तथा नर्सिङ कर्मचारीहरू साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाभित्र सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि तथा प्रभावकारिताबारे समीक्षा गरिएको थियो। साथै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा छलफल तथा सुझाव आदान–प्रदान गरिएको थियो। नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिताले स्वास्थ्य क्षेत्रमा भएका कामको समीक्षा गर्दै आगामी योजनालाई थप व्यवस्थित बनाउन गोष्ठी महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *