खक्रौला / कैलालीको टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामलाल डगौरा थारुले कम्पनी स्थापनाले नेपालको धार्मिक तथा साँस्कृतिक पर्यटनमा विकास भई नेपाल र भारतको आर्थिक र सामाजिक सम्बन्ध मजबुत हुने बताएका थिए ।यात्रुले सेवासुविधा भोग गर्न चाहने भएकाले यात्रु लाई सोही अनुसारको सेवा दिन कम्पनी लागि पर्नुपर्ने उनको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा जानकि गाउँ पालिकाका अध्यक्ष गणेश चौधरीले सिमानाकामा नेपालीहरु आवतजावत गर्दा बाटोमा विभिन्न सास्ती खेप्ने गरेको र सो सास्ती कम गर्न प्रा.लि. का संचालक अघि सरेर कम्पनी स्थापना गरेको देख्दा आफुलाई…
भजनी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो…
कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा माओवादी केन्द्रको जानकी गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन समितिका अध्यक्ष पदम परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य क. हरि ज्ञवाली “अखण्ड” रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि क. हेमराज भट्टराई, तिलक परियार, सुरेन्द्र देवकर, र दिलराज शर्मा हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन निर्वाचन समिति सदस्य विरेन्द्र खड्काले गर्नुभएको थियो। सपथ ग्रहण कार्यक्रममा निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै, निर्वाचन समितिलाई पनि सम्मान र प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा निर्वाचित अध्यक्ष कृष्ण स्वडारी, निर्वाचन समिति अध्यक्ष पदम परियार, र प्रमुख अतिथि हरि ज्ञवालीले मन्तव्य राख्दै निर्वाचित पदाधिकारी…
भजनी/कैलालीको भजनीमा भजनी नगरपालिकामा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा जगत वि.क निर्वाचित ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भजनी नगरपालिकामा ३९ सदस्य नगरकमिटी चयन भएको छ ।अध्यक्षको लागि तिन जनाको उम्मेदवारीमा जगत व. वि.क निर्वाचित हुनुभएको छ। उपाध्यक्ष नृप व.साउँद, उपाध्यक्ष दुर्गा व. पुन, उपाध्यक्ष चन्द्रकला वि . क, सचिव गाेपिलाल चाैधरी, स-सचिव राजु पुनमगर, काेषाध्यक्ष भागवति चाैधरि गरि ३५ सदस्यीय सहित ४ जना मनोनीत गरि ३९ जनाको कमिटि हुने छ ।आईतवार भएको नगरअधिवेशन मार्फत केन्द्रिय सदस्य बिनिता देवि चौधरीको नेतृत्वमा भजनी नगरकमिटी सर्वसम्मत चयन भएको हो ।
भजनी १४ असोज चाडपर्वको नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ ।
बिर्तामोड साउन २९।।थाइल्याण्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापा अर्जुनधाराका विवेक गिरीले स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको प्रशिक्षक दिपेन दनुवारले जानकारी दिए । आइतबार नै सम्पन्न २९-३२ तौल समूहको प्रतिस्पर्धामा अर्जुनधाराका प्रिजन नेम्वाङले कास्य पदक जितेका छन् । प्रिजन नेम्वाङले ४५ वटा देशका खेलाडीलाई पराजित गर्दै उक्त पदक आफ्नो बनाएका हुन् । झापाको अर्जुनधाराबाट चार खेलाडीसहित ५ जना थाइल्याण्ड गएका थिए । प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक जितेका थिए । शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन…
अर्जुनधारा साउन २८।। युवा व्यवसायी समाज बिर्तामोडले पुर्वको पशुपतिनाथ , अर्जुनधारा जलेश्वर धाममा दर्शन गर्न आउने भक्तजनहरु लाई एक सय एक के.जि लड्डु (प्रसाद )बितरण गरेको छ बिर्तामोडका सफल युवा व्यवसायीहरूले साउनको अन्तिम सोमबार अर्जुनधारा जलेश्वर धाममा पूजा गर्न आएका भक्तजनका लागि प्रसाद र पानी वितरण गरेको समाजका सचिव प्रकाश बानियाँले बताए । समाजको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका पदाधिकारी र सदस्यहरु बसेर प्रसाद वितरण गरिएको थियो । दुर्घटना मा घाइते संस्थाका सदस्य रुद्र झाको शिघ्र स्वास्थ लाभको कामना गर्दै सो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुसन पराजुलीले जानकारी दिए। आगामी दिनमा पनि आफ्नो व्यापार व्यवसाय सँगसँगै समाजसेवालाई पनि अगाडि…
झापा साउन २८।। भारतको पश्चिम बङ्गाल बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन्। मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो। घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै भएको हो। ठक्कर…
खोटाङ साउन २८।।खोटाङकी एञ्जल राईले मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेकी छिन् । ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गरेकी छिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा एञ्जलले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पारेको आयोजक एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राईले जानकारी दिए। स्नातक उत्तिर्ण गरेकी एञ्जलले प्रभु बैङ्क, नेपाल आदिवासी जनजाति महासङ्घ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फस्ट…
झापा साउन २८। झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान ३ः५५ बजेको समयमा दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली ठाउँमा लुकाइछिपाई राखिएको मेडइन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको डीएसपी चन्दले बताए । बरामद गरिएको पेस्तोल, म्याग्जिन, स्कुटरसहित गजमेरलाई…
बिर्तामोड साउन २७ ।। झापाको बिर्तामोडमा गोमन सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो । घाइते उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । शरीरमा विष फैलिसकेकोले त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याउँदै गर्दा बिहान ९ः २५ बजे उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ साउन २७ ।। काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता भएका खेलाडीहरुलाई पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो। राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन्। यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने छन्। साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो। यस्तै…
इटहरी साउन २७ ।। सुनसरीको इटहरीमा एक शिशुको वीभत्स हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । ती बालिकाको हिजो दिउँसो हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जानकारी दिए । तीन वर्षअघि घरको छतबाट हाम फालेर लुइँटेलको ढाड पनि भाँचिएको अनुसन्धानबाट…
झापा साउन २७ ।। झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेका उनीहरुबाट चोरीका सामानसहित भरुवा बन्दुक र खुकुरी बरामद भएको हो । प्रहरी चौकी शनिश्चरेका होमप्रसाद खनालको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले छिरिङ तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको जनाएको छ । उनीहरुको साथबाट चाँदीको सिक्री–२ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्ज कार्ड १९ थान, चाँदीको औठी २ थान,…
झापा साउन २७ ।। झापाको अर्जुनधाराका दुई खेलाडीले थाइल्यान्डमा जारी सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् । शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेका हुन शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१–५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए । तामाङ अर्जुनधारा-९ र थापा वडा नम्बर ६ का हुन् । तामाङले पहिलो चरण र सेमिफाइनलमा थाइल्यान्डका खेलाडीलाई हराए भने फाइनलमा फिलिपिनो खेलाडीलाई रोकेर स्वर्ण हात पारेका हुन् । त्यस्तै, थापाले पहिलो चरणमा थाइल्यान्डका खेलाडी र सेमिफाइनलमा माल्दिभ्सका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका…