साझा अक्षर

टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन

खक्रौला / कैलालीको टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामलाल डगौरा थारुले कम्पनी स्थापनाले नेपालको धार्मिक तथा साँस्कृतिक पर्यटनमा विकास भई नेपाल र भारतको आर्थिक र सामाजिक सम्बन्ध मजबुत हुने बताएका थिए ।यात्रुले सेवासुविधा भोग गर्न चाहने भएकाले यात्रु लाई सोही अनुसारको सेवा दिन कम्पनी लागि पर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा जानकि गाउँ पालिकाका अध्यक्ष गणेश चौधरीले सिमानाकामा नेपालीहरु आवतजावत गर्दा बाटोमा विभिन्न सास्ती खेप्ने गरेको र सो सास्ती कम गर्न प्रा.लि. का संचालक अघि सरेर कम्पनी स्थापना गरेको देख्दा आफुलाई खुसी लागेको बताए ।कम्पनीका संचालक शुरेस खड्‌काले यात्रुका लागि सुरक्षित र आरामदायी यात्राको लागि कम्पनी संचालनमा ल्याउन पाउँदा आफुहरु खुसी भएको बताए । सिमानाकामा नेपाली र भारतीय यातायात मजदुर बिच केही समय अगाडि देखि कुटपिट हुँदा सो क्षेत्र बाट यातायात सेवा अवरुद्ध भएको छ । सो अवरुद्ध भएको यातायात सहज आवागमन सेवा कम्पनीको अगुवाइमा नेपाली र भारतीय सरोकारवाला बिच छलफल पछि सुचारू हुने कम्पनीले जनाएको छ ।

उनले टिकापुरको खक्रौला देखि भारतका दिल्ली, लखनउ, हैदरावाद, देहरादुन, अयोध्या, जयपुर, हरिद्वार सम्म हरेक दिन यात्रुलाइ सेवा प्रदान गरिने बताए । उद्घाटन कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला, सामाजिक अगुवा गोविन्द कोइरालाले मन्तव्य राखेका थिए ।

डायमण्ड सफारि प्रा.लि.का अध्यक्ष सर्पराज साउँदको अध्यक्षतामा भएको कार्यक्रममा भजनि नगरपालिका उपमेयर राजु तिरुवा, खक्रौला स्थित सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी, टिकापुर ९ का वडा अध्यक्ष लौटन चौधरि, जानकि गाउँ पालिका वडा नं ४ का अध्यक्ष सुरेन्द्र कठरिया, टिकापुर नगरपालिका कार्यपालिका सदस्य मञ्जु विक,प्रहरी चौकि सत्ति र कालाकुण्डाका प्रमुख, विओपि कालाकुण्डाका प्रमुख, टिकापुर र सत्ति ट्राफिक प्रहरी प्रमुख , व्यवसायी, नागरिक अगुवा संचारकर्मि सहभागी रहेका थिए।खक्रौला बाट भारतका विभिन्न शहरमा सुरक्षित र आरामदायी यात्रा सहित गन्तव्यमा पुगाउने लक्ष्य सहित कम्पनीको स्थापना भएको बताइएको छ ।कार्यक्रम सञ्चालक सञ्चारकर्मी भिम विकले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *