साझा अक्षर

अर्थ

सत्ती भन्सारद्वारा लक्ष्यभन्दा सवा दुई करोड बढी राजस्व संकलन

सत्ती भन्सारद्वारा लक्ष्यभन्दा सवा दुई करोड बढी राजस्व संकलन

टीकापुर कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले लक्ष्य भन्दा सवा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय प्रमुख टोपबहादुर भुसालका अनुसार आर्थिक वर्ष २०८१ र ०८२ मा १२ करोड ७ लाख ३२ हजार राजस्व लक्ष्य रहेकोमा १४ करोड ३७ लाख ८२ हजार राजस्व संकलन गर्न सफल भएको हो। जुन अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड ३० लाख ५० हजार रुपैयाँले बढी हो । टीकापुर नगरपालिका वडा नंं ९ सत्तीमा रहेको भन्सार कार्यालय आर्थिक वर्ष २०८१र०८२ को साउन महिनामा ७६ लाख ५० हजार, भदौ महिनामा एक करोड २८ लाख , असोज महिनामा एक करोड ३५ लाख ९० हजार, कार्तिक…
Read More
चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन

चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन

कैलालीको भजनीमा चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन गरिएको छ। दिगो विकास समाज भजनी तथा वर्ल्ड भिजन नेशनल नेपालको सहयोगमा भजनी नगरपालिका वडा नं ७ कार्यालय र हाट बजार व्यवस्थापन समितिको आयोजनामा चर्रा रैथाने कृषि हाट बजार उद्घाटन समारोह कार्यक्रम भएको छ। वडा नं ७ का अध्यक्ष अमर कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कैलाली निर्वाचन क्षेत्र नं ३ ' क' का प्रदेश सदस्य पूर्व प्रदेश मन्त्री घनश्याम चौधरी, विशिष्ठ अतिथिमा नगर प्रमुख केवल चौधरी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि अतिथिमा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गाउँका भलमन्सा, कृषक, संरक्षणकर्मी र ब्यापारी लगायत उपस्थिति रहेको थियो…
Read More
जन्तोदय ग्रामीण विद्युत सहकारी संस्था लि. TB 9को १६औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई सम्पन्न

जन्तोदय ग्रामीण विद्युत सहकारी संस्था लि. TB 9को १६औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई सम्पन्न

भजनी २० पौष/कैलालीको भजनी नगरपालिका वडा नं ३र८मा रहेको जन्तोदय ग्रामीण विद्युत सहकारी संस्था लि. TB 9को १६औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई सम्पन्न भएको छ। जन्तोदय ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष हरि राम आचार्यको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि भजनी नगरपालिका वडा नं ३का वडा अध्यक्ष विक्रम चौधरी रहनु भएको थियो। विशिष्ट अतिथि वडा नं ८का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका शेयर सदस्य तथा उपभोक्ता सदस्य नुरुल जागाले गर्नु भएको थियो। आय व्याय प्रतिबेदन संस्थाका व्यवस्थापक चन्द लाल चौधरीले प्रस्तुत गर्नु भएको थियो।आर्थिक वर्ष २०८०/२०८१मा २८ लाख ८० हजार १सय ३ रुपैयाँ…
Read More

कैलालीमा सुन र चाँदीका गरगहनासहित दुईजना पक्राउ

भजनी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो…
Read More
सत्ती भन्सारले मंसिरमा संकलन गर्यो १७२ प्रतिशत राजश्व

सत्ती भन्सारले मंसिरमा संकलन गर्यो १७२ प्रतिशत राजश्व

भन्सार प्रमुख सापकोटाका अनुसार भारतीय बजार तिकुनियाँ लगायत क्षेत्रबाट सत्ती भन्सार भएर कपडा, हार्डवेयरका सामान, विद्युतीय सामान, मेसिनरी पार्टपूर्जा आयात हुने गरेको छ । छोटी भन्सारका रुपमा रहेको सत्ती भन्सार आर्थिक वर्ष २०७५÷०७६ मा मुल भन्सारका रुपमा स्तरोन्नति भएको थियो । खुल्ला सीमाना, पर्याप्त कर्मचारीको अभाव जस्ता कारणले निर्धारित लक्ष्य भेट्याउन नसकिरहेको भन्सार कार्यालयले यस आर्थिक वर्षको शुरुवातबाट राजश्व उल्लेख्य मात्रामा वृद्धि गरिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० करोड राजश्व संकलन कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ७ करोड ५० लाख, आर्थिक वर्ष ०७८/०७९ मा १० करोड ६७ लाख, आर्थिक वर्ष ०७७/०७८ मा १५ करोड ८३ लाख, आर्थिक वर्ष…
Read More
कैलालीमा १ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

कैलालीमा १ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

कैलाली। भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिवार साँझ सशस्त्र प्रहरीले एक करोडभन्दा बढीको सुन, चाँदी, नगद र अन्य सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक, र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा बरामद सामग्री सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट विभिन्न बहुमूल्य वस्तु र नगद बरामद गरेको छ। ती सामग्रीमा समावेश छन्: सुन: ६२० ग्राम, अनुमानित मूल्य…
Read More
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

भजनी / कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।विस २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठूलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ…
Read More
सत्ती भन्सार कार्यालयद्वारा ३ महिनामा ३ कराेड भन्दा बढी राजस्व संकलन

सत्ती भन्सार कार्यालयद्वारा ३ महिनामा ३ कराेड भन्दा बढी राजस्व संकलन

टीकापुर ८कार्तिक   मान बहादुर ठकुल्ला/ कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्राैलाले चालू अार्थिक बर्षकाे ३ महिनामा करिब ३ कराेडभन्दा बढी राजस्व संकलन गरेकाे छ । सत्ती भन्सार कार्यालयले अार्थिक बर्ष २०८१/८२ काे श्रावण महिनामा ७६ लाख ५० हजार ५ सय १४ रुपैया , भाद्र महिनामा १ कराेड २८ लाख २ सय ७ रुपैया र असाेज महिनामा १ कराेड ३५ लाख ९० हजार रुपैया गरि चालू अार्थिक वर्षकाे ३ महिनामा ३ कराेड ४० लाख ४० हजार ७७ सय २१ रुपैया राजस्व संकलन गर्न सफल भएकाे सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरी सापकाेटाले जानकारी दिनु भएको छ ।…
Read More

पृथ्वीपुर छाेटी भन्सारद्वारा ३ महिनामा १४ लाख भन्दा बढी राजस्व संकलन

भजनी/कैलालीको भजनी नगरपालिका वडा न ५ स्थित पृथ्वीपुर छाेटी भन्सार कार्यालय लालबाेझीले चालू अार्थिक बर्षकाे ३ महिनामा करिब १४ लाख भन्दा बढी राजस्व संकलन गरेकाे छ । पृथ्बीपुर छाेटी भन्सार कार्यालयले अार्थिक बर्ष २०८१/८२ काे श्रावण महिनामा ३ लाख ५९ हजार ७ सय ५९ रुपैया , भाद्र महिनामा ३ लाख ५९ हजार ८ सय १० रुपैया र असाेज महिनामा ७ लाख ५४ हजार ९ सय १९ रुपैया गरि चालू अार्थिक वर्षकाे ३ महिनामा १४ लाख ७४ हजार ४ सय ८८ रुपैया राजस्व संकलन गर्न सफल भएकाे छाेटी भन्सार कार्यालयका सुब्बा पदम राज भट्टले जानकारी दिनु भएको छ । भजनी क्षेत्रमा…
Read More
विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट  नक्कली

विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

  बिर्तामोड साउन २०।। प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए । प्रभु बैंक लि. को झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने…
Read More
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

  काठमाडौं साउन २॥ बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधवार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ

बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ

  चितवन असार १९॥ बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका–७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६…
Read More
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

झापा असार १६॥ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागु हुनेछ ।
Read More
अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

    काठमाडौं ,  असार१६ ॥   नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा  सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्। महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए    
Read More