भजनी २० पौष/कैलालीको भजनी नगरपालिका वडा नं ३र८मा रहेको जन्तोदय ग्रामीण विद्युत सहकारी संस्था लि. TB 9को १६औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई सम्पन्न भएको छ।
जन्तोदय ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष हरि राम आचार्यको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि भजनी नगरपालिका वडा नं ३का वडा अध्यक्ष विक्रम चौधरी रहनु भएको थियो। विशिष्ट अतिथि वडा नं ८का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका शेयर सदस्य तथा उपभोक्ता सदस्य नुरुल जागाले गर्नु भएको थियो। आय व्याय प्रतिबेदन संस्थाका व्यवस्थापक चन्द लाल चौधरीले प्रस्तुत गर्नु भएको थियो।आर्थिक वर्ष २०८०/२०८१मा २८ लाख ८० हजार १सय ३ रुपैयाँ बराबर को कारोबार को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत अध्यक्ष गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले यो संस्था लाई पालिका बाट हुने सहयोग पुर्ण रुपले सहयोग गर्ने भनेर प्रतिबद्धता गर्नु भएको थियो। कार्यक्रममा वडा सदस्य, शिक्षक, गाउँका भलमन्सा,समाजसेवी, शेयर सदस्य , उपभोक्ता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा वडा अध्यक्ष पंकज चौधरी, शिक्षक चित्र बहादुर बस्नेत ,शिक्षक शंकर चौधरी र विजय डिसी लगाएतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रम सञ्चालक संस्थाका सचिव धिरज विकले गर्नु भएको थियो।