Skip to main content

Bhajani Today

बोगटानमा आगलागी हुँदा ४ लाखको क्षति

पुस २० , डोटी दिपक बहादुर विक/डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ घाटहाल्नाका भीमबहादुर बोहराको खरले छाएको घरमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार आगलागीबाट घरभित्रका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, काठ फर्निचर जलेर घर पूर्णरुपमा क्षति भएको छ। आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको उनले बताए। शनिबार आगलागी भएको घरमा पुगेर तत्काल पाल,खाध्यन्न सामग्री वितरण गरेको उक्त वडाका वडा अध्यक्ष भरत बमले बताए । तत्कालका लागि दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराएको उनले बताएका छन्। यसका साथै त्रिपाल, चामल,तेल लगाएका खाध्यान उपलब्ध गराएको अध्यक्ष बमले बताएका छन। यसका साथै पालिका र जिल्ला रेडक्रसबाट सहयोगको लागि अपिल गरेको अध्यक्ष बमले जानकारी गराएका छन्। उक्त घटनाबाट कुनै मानविकी क्षति भने भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *