Skip to main content

Bhajani Today

सत्ती भन्सारद्वारा लक्ष्यभन्दा सवा दुई करोड बढी राजस्व संकलन

टीकापुर कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले लक्ष्य भन्दा सवा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालय प्रमुख टोपबहादुर भुसालका अनुसार आर्थिक वर्ष २०८१ र ०८२ मा १२ करोड ७ लाख ३२ हजार राजस्व लक्ष्य रहेकोमा १४ करोड ३७ लाख ८२ हजार राजस्व संकलन गर्न सफल भएको हो। जुन अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड ३० लाख ५० हजार रुपैयाँले बढी हो ।

टीकापुर नगरपालिका वडा नंं ९ सत्तीमा रहेको भन्सार कार्यालय आर्थिक वर्ष २०८१र०८२ को साउन महिनामा ७६ लाख ५० हजार, भदौ महिनामा एक करोड २८ लाख , असोज महिनामा एक करोड ३५ लाख ९० हजार, कार्तिक महिनामा एक करोड ४३ लाख १५ हजार, मंसिर महिनामा एक करोड ६७ लाख दुई हजार पुस महिनामा एक करोड ६२ लाख ७४ लाख, माघ महिनामा ८७ लाख २० लाख , फागुन महिनामा ९५ लाख १२ हजार, चैत्र महिनामा ८१ लाख ६३ हजार, वैशाख ९७ लाख ९१ हजार, जेठ महिनामा ८९ लाख २१ हजार असार महिनामा एक करोड ७२ लाख ८८ हजार गरि १४ करोड ३७ लाख ८२ हजार राजस्व संकलन गरिएको भन्सार प्रमुख भुसालले जानकारी दिए ।

भन्सार कार्यालयले यो आवमा कपडा, हार्डवेयर, किराना सामान , मोटरपार्ट लगायतका सामग्रीबाट राजस्व संकलन गरेको भन्सार कार्यालयका नायव सुब्बा पदमराज भट्ट बताउँछन् । नाकाबाट आयात गरिएका सामग्री कैलालीको टीकापुर, लम्की, सुख्खडलगायतका बजार र बर्दियाका राजापुर, शान्तिबजार, सुर्खेत लगायतका बजारहरुमा जाने गरेका छ । सत्ती भन्सार कार्यालय छोटी भन्सारबाट स्तरोन्नति भएर मूल भन्सार कार्यालय भएको ६ वर्ष भई सक्दा पनि प्लान्ट क्वारेन्टाइन स्थापना हुन नसक्दा यस क्षेत्रबाट आयात निर्यात गर्ने ब्यापारीलाई सास्ती हुने गरेको व्यापारी सुरेश खड्काले गुनासो गरे ।

प्लान्ट क्वारेन्टाइनका लागि ब्यापारीले धनगढी र नेपालगन्ज धाउनु पर्ने बाध्यता रहेको उनले बताए । भन्सार कार्यालयमा आर्थिक बर्ष २०८१र०८२ मा ७७६ मुद्दा दर्ता भएको ७५१ वटा मुद्दा फर्च्यौट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *