साझा अक्षर

विप्लव निकट अखिल समाजवादी विद्यार्थी संगठनद्वाराक्षमता(अपांगता) विद्यार्थीहरूलाई शैक्षिकबवितरण

कैलालीको जोशीपुरमा विप्लव निकट अखिल समाजवादी विद्यार्थी संगठनद्वारा जोशीपुरमा २३ ओटा सामुदायिक बिद्यालयका ६७ जना फरक क्षमता(अपांगता) विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ।

वडा नं- १ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय बडहरियामा , जोशीपुर गाउँपालिका अध्यक्षको प्रमूख आतिथ्यमा २३ ओटै विद्यालयका प्रअ, शिक्षक प्रतिनिधि, फरक क्षमताका ६७ जना बिद्यार्थी तथा उनीहरूको अभिभावक, पत्रकारहरूको सहभागिता रहेकाे थियाे।

अखिल समाजवादी का केन्द्रिय सचिवालय सदस्य लोकेश जोशीको बिशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी, रघुनाथ आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त महतौ, जनप्रकाश माध्यमिक विद्यालय का प्रअ सुरेश थारु मुक्त कमैया प्राथमिक विद्यालयका प्रअ श्यामदेव कुश्मीले अखिल समाजवादी द्वारा आयोजना गरिएको बिशेष कार्यक्रमको सर्हाना गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *