कैलालीको कटानपुरमा नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखाले ब्रिटिश रेडक्रसको सहयोगमा जीविकोपार्जन र जैवीक विविधताका लागी समुदायको सशक्तिकरण सम्बन्धी (ECOLAB) परियोजनाले भजनी नगरपालिका वडा नं. ८ मा काम गर्दै आएको छ। परियोजनाले भजनी नगरपालिका वडा नं. २, कटानपुरको वनदेवी सामुदायिक वन नजिकको काढॅंा नदीको तटीय क्षेत्रमा १५० वटा बाँसका वृक्ष रोपण गरिएको छ।
उक्त वृक्षारोपण कार्यक्रमको उद्देश्य प्रकृतिको संरक्षण गर्नुका साथै स्थानीय बासिन्दाहरूको दीर्घ कालीन जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले वृक्षरोपण गरिएको हो। यस कार्यले वातावरण संरक्षणमा टेवा दिने मात्र नभई समुदायको आर्थिक सशक्तिकरणमा समेत योगदान पुर्याउने सामाजिक सहजकर्ता जेनिश शाहले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1