Skip to main content

Bhajani Today

थारु संग्रहालयको उद्धघाटन

भजनी : थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली झल्काउने उद्देश्यले कैलालीको भजनीमा थारू संग्रहालय उद्घाटन गरिएको छ। भजनी नगरपालिका–२,रजवारामा सञ्चालनमा पहिलो थारू संग्रहालय उद्घाटन भएको हो। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी र उप प्रमुख राजु तिरुवाले संयुक्त रूपमा संग्रहालयको उद्घाटन गर्नु भएको हो । 

उद्घाटनका अवसरमा भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपानेले संग्रहालय व्यवस्थित र स्तरीय बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवाले कुनै पनि समुदायको मौलिकता हराउँदै जानु भनेको उक्त समुदायको पहिचान मात्र नासिनु होइन, समग्र देशको पहिचान कमजोर हुनु बताउनु भयो। संग्रहालय उद्धघाटन क्रममा नगर प्रमुख केवल चौधरीले यस संग्रहालयले भजनी चिनाउने एक पर्यटकीयको रूपमा स्थापना र यसलाई व्यवस्थित बनाउन नगर ,प्रदेश र संघीय सरकारसंग पहल गर्ने बताए। संविधान सभामा सदस्य वीरमान चौधरीले यस थारु संग्रहालयले भजनी नगरपालिकाको पर्यटकिय विकास योजना अन्तर्गत अग्रणी स्थलको रुपमा विकास गर्नु पर्ने बताए। थारु संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्नुज सोपको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष धमेन्द्र श्रेष्ठ,दुर्गा पुन र संजीव कुमार चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।स्वागत् मन्तव्य जुरी चौधरीले गर्नु भएको कार्यक्रमका सञ्चालक पत्रकार धमेन्द्र विष्टले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *