कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको २८ औं उप शाखाको अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोक राज जोशीको आतिथ्यमा सम्पन्न भएको हो।
भने विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका निवर्तमान सभापति बासु विनडी रहनु भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा कैलालीका सभापति तथा प्रतिनिधि,आजिवन सदस्यहरु, राजनीतिदलका प्रतिनिधि,सञ्चारकर्मी र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।कार्यक्रमको प्रमुख अतिथिले औपचारिकरुपमा जिन हेनरी डुनाँको फोटोमा माला र ब्यानर पढेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा शुभकामना मन्तव्य धैली जैशी, धनसरा कोइराला,भीम बहादुर महर र नव राज मिश्रले गरेका थिए भने उपशाखाका सभापति रामनारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको हो।प्रमुख अतिथि लोक राज जोशीका भनाई अनुसार मानव सेवामा समर्पित रेडक्रसले विपद्को समयमा विशेष सहयोग गर्दै आएको उल्लेख गरेका थिए। नेपाल रेडक्रस सोसाईटी भजनी उप-शाखाको २८ औं वार्षिक अधिवेशनको सभा सम्पन्न हुन गईरहेकोमा उक्त सभाको सफलताको हार्दिक शुभकामना व्यक्त गरेका थिए।
उनले थपे यस अधिवेशनले उप-शाखालाई थप व्यवस्थित गर्दै उप-शाखाले विगत देखि नै गर्दै आईरहेको रेडक्रस सम्बन्धि विभिन्न गतिविधिहरुलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन एवं सम्पादन गर्ने कुरामा बिश्वास ब्यक्त गरे साथै अधिवेशनबाट सक्षम एवं सबल नेतृत्वको चयन हुने एवम् नेपाल रेडक्रस सोसाईटी, शाखाको रेडक्रस अभियानमा सदैव अग्रणी भूमिका रहदै आएकोले अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीको २८ औं उप शाखा सभाको अधिवेशन बाट सभापतिमा राम नारायण चौधरी,महिला उप सभापति शारदा मल्ल,सचिव राम प्रसाद शर्मा,कोषाध्यक्ष हरि प्रसाद देवकोटा,स-कोषाध्यक्ष कवि राज जैशी ,स-सचिव टेकेन्द्र शाह,महिला सदस्य लक्ष्मी बिनाडी,सदस्य खेम राज पाण्डेय,सदस्य खेम पनाडी ,सदस्य भेष राज तिमिल्सिना र सरस्वती चन्द लगाएतका नयाँ कार्यसमिति गठन गरि कार्यसमिति निर्बिरोध चयन भएको छ। उक्त अधिवेशन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बासु विनाडीले रेडक्रसले विशुद्ध रूपमा मानव सेवामा योगदान पुर्याउँदै आएको बताए । उनले विपद्को समयमा रेडक्रसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै विभिन्न किसिमका सहयोग प्रदान गर्दै पनि स्मरण गराए । साथै भजनी रेडक्रस सोसाइटी उप शाखा पूर्व सभापति तथा सचिवलाई दोस्सला ओढाएर सम्मान गरेको थियो।

कार्यक्रमले उपशाखाको सेवा र योगदानलाई अझ प्रभावकारी बनाउनका लागि नयाँ कार्यसमितिले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।अधिवेशनको स्वागत् मन्तव्य शारदा मल्लले गर्नु भएको थियो ।कार्यक्रम संचालन सचीव राम प्रसाद शर्माले गरेका थिए।