साझा अक्षर

पृथ्वीपुर छाेटी भन्सारद्वारा ३ महिनामा १४ लाख भन्दा बढी राजस्व संकलन

भजनी/कैलालीको भजनी नगरपालिका वडा न ५ स्थित पृथ्वीपुर छाेटी भन्सार कार्यालय लालबाेझीले चालू अार्थिक बर्षकाे ३ महिनामा करिब १४ लाख भन्दा बढी राजस्व संकलन गरेकाे छ । पृथ्बीपुर छाेटी भन्सार कार्यालयले अार्थिक बर्ष २०८१/८२ काे श्रावण महिनामा ३ लाख ५९ हजार ७ सय ५९ रुपैया , भाद्र महिनामा ३ लाख ५९ हजार ८ सय १० रुपैया र असाेज महिनामा ७ लाख ५४ हजार ९ सय १९ रुपैया गरि चालू अार्थिक वर्षकाे ३ महिनामा १४ लाख ७४ हजार ४ सय ८८ रुपैया राजस्व संकलन गर्न सफल भएकाे छाेटी भन्सार कार्यालयका सुब्बा पदम राज भट्टले जानकारी दिनु भएको छ ।

भजनी क्षेत्रमा विभिन्न स्थानमा खुल्ला सिमाना रहेकाे जहाँ घाट संचालन भईरहेका कारण अझै राजस्व चुहावट हुने गरेकाे स्थानियकाे भनाई रहेकाे छ ।पृथ्बीपुर छाेटी भन्सार कार्यालय लालबाेझीले घरायसी प्रयाेजनका लागि ल्याईने सामान र साना साईकल ब्यापारीले ल्याउने सामानबाट राजस्व संकलन गरिएकाे सुब्बा भट्टले जानकारी दिनु भयाे । पछिल्लाे समय सिमा नाकामा खटिएका प्रहरीले सिमा नाकामा कडाई गरेकाका कारण राजस्वमा बृदि भएकाे जानकारहरु बताउछन । केही बर्ष अगाडि यस भन्सारमा बार्षिक ३/४ लाख राजस्व संकलन हुने गरेकाे थियाे । भने हाल महिनामा नै ३/४ लाख रुपैया राजस्व उठने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *