टीकापुर / कैलालीको भजनीबाट लागुअाैषध सहित दुई जना लाई प्रहरीले पक्राउ गरेकाे छ ।शनिबार करिब राती ८ बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.१ गोदाम टोलबाट सोही ठाउँ बस्ने बर्ष २० को शुसील साउद र बर्ष २७ को बिरेन्द्र बिष्टलाई ४ ग्राम ५१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको र निज दुबैजना माथि ईलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।यसैगरी, शनिबार नै दिउसाे २:०० बजे धनगढी स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट जिल्ला बैतडी, पाटन न.पा.१ बस्ने बर्ष २५ की अस्मिता बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएकाे छ ।
